बेलायतमा हरेक वर्ष हुने गरेको नेपाली मेला आइतबार केम्टन पार्क रेसकोर्समा मनाइएको छ ।
तमुधिं समाज यूकेको आयोजना र लण्डनस्थित नेपाली राजदुतावासको सहयोगमा मनाइएको हो ।
नेपालको सभ्यता, भाषा,भेषभूषा संस्कृति झल्काउने खालका कार्यक्रमहरू भैरहेका छन् ।
नेपालीपन झल्किने झाँकी नृत्य आयोजना गरिएको छ भने नेपाली चाडपर्वमा प्रयोग हुने सामानका स्टलहरू राखिएको छ ।
झांकी नाचका लागि विभिन्न प्रतिस्पर्धात्मक कार्यक्रमहरु पनि संचालन भैरहेका छन् र जित्नेलाई पुरस्कारको समेत व्यवस्था गरिएको आयोजक समितिले जानकारी दिएको छ ।
कार्यक्रमका प्रमुख अतिथि राजदुत लोकदर्शन रेग्मीले मेलामा प्रदर्शन भएका वस्तुले बेलायत र नेपाल दुबै देशको साझा संस्कार झल्काइरहेको बताए । उनले यसले नेपाललाई मात्रै फाइदा नगरी दुई देश विचको व्यापारमा समेत सघाउने अपेक्षा व्यक्त गरे ।
कार्यक्रममा बोल्दै तमुधिं समाज युकेका अध्यक्ष हितकाजी गुरुङले नेपाली मेला तमुधिं युकेको मात्र नभई युकेबासी सम्पूर्ण नेपालीवासीको साझा उत्सव रहेको बताए । ‘ नेपाल चार जात छत्तीस वर्णको देशको कला संस्कृति हामीले मात्रै थाहा पाएर हुँदैन,बेलायतमा जन्मे हुर्केका सन्ततिले पनि बुझ्नुपर्छ भनेर यो मेला मनाउँदै आएका छौँ ,’ उनले भने,’ विदेशमा जहाँ बसेपनी आफ्नो संस्कृति र सभ्यता भुल्नु हुँदैन भन्ने पनि हामीले चाहेको हो ।’
मेला हेर्नका लागि सयौं नेपालीहरू भेला भएका छन् । सहभागीहरू आ आफ्नो संस्कृति झल्किने पहिरनमा उनीहरूले सजिएका छन् ।
शब्द/तस्बीर: फातिमा बानु
एनआरएनएका अधिकार कार्यान्वयनका लागि सरकार सकारात्मक छः मन्त्री इङ्नाम
अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा बिबिसीविरुद्ध १० अर्ब डलरको मुद्दा
एमालेको ११औँ राष्ट्रिय महाधिवेशन : नयाँ नेतृत्वका लागि ८० विद्युतीय उपकरणबाट मतदान गरिँदै, उम्मेदवारको अन्तिम नामावली सार्वजनिक
एनआरएनएको १२औँ अन्तर्राष्ट्रिय महाधिवेशन आगामी फेब्रुअरी तेस्रो साता
अष्ट्रेलिया सिड्नीमा गोलीकाण्ड, कम्तीमा ११ जनाको ज्यान गयो
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
क्यान्सरपीडित पत्रकार सेर्मालाई पाँचथर समाज सेवा यूकेबाट २ लाख ४८ हजार सहयोग
अस्ट्रेलियाको एडिलेड विश्वविद्यालयले दियो नेपाली युवा श्यामसुन्दर श्रेष्ठलाई ‘ब्राइट स्पार्क अवार्ड’
नेपाल सरकार र जेनजी प्रतिनिधिबीच १० बुँदे सहमति, के के छन् ?
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने