लण्डन । बेलायतले बीस वर्षपछि अफगानिस्तानबाट आफ्ना सैनिक फिर्ता लगेको छ । यसका साथै अफगानिस्तानबाट आफ्ना नागरिक उद्धार गर्ने कार्यलाई पनि समापन गरेको छ ।
अगष्ट १५ मा तालिवानले अफगानिस्तानको राजधानी काबुलमा कब्जा जमाएसँगै बेलायतले अफगानिस्तानबाट आफ्ना नागरिक तथा बेलायती सैनिकलाई सहयोग गर्ने अफगान नागरिकहरुलाई उद्धार कार्यलाई तीव्र बनाएको थियो ।
सो क्रममा करिब १५ हजार मानिसलाई उद्धार गरिएको बताइएको छ । जसमा ५ हजार बेलायती नागरिक र उनका परिवार, ८ हजार अफगान नागरिक र २ हजार २०० बालबालिका छन् ।
बेलायती प्रधानमन्त्री बोरिस जोनसनले बेलायती सैनिकहरुलाई पत्र लेख्दै आफ्नो भूमिकाका लागि उनीहरुले गौरव गर्नुपर्ने बताएका छन् ।
सेप्टेम्बर ११ को आतंकवादी हमला पछि सन् २००१ मा बेलायती सैनिक अन्तर्राष्ट्रिय सैनिक टोलीसँग अफगानिस्तान प्रवेश गरेको थियो । २० वर्षको अवधिमा ४५७ जना बेलायती सैनिकको ज्यान गएको थियो ।
बेलायती रक्षा मन्त्री बेन बालिसले करिब १०० देखि १५० बेलायती नागरिक अझै अफगानिस्तानमा रहेको बताएका छन् । जसमध्ये केही स्वेच्छाले अफगानिस्तानमा रहेको उनको दाबी छ । यस्तै बेलायत सरकारले उद्धार गर्न बनाएको मापदण्डभित्र परेका करिब ८०० देखि ११०० अफगान नागरिक पनि अफगानिस्तानमा रहेको उनले बताए ।
बेलायतले अफगानिस्तानमा रहेको दुताबास पनि बन्द गरेको छ । अफगानिस्तानका लागि अन्तिम बेलायती राजदुत सर लाउरियर ब्रिष्टोले दुताबास बन्द गर्नु परे पनि बाँकी रहेका बेलायतीहरुलाई गर्नुपर्ने कर्तव्य पूरा गर्ने बताएका छन् ।
अन्तर्राष्ट्रिय सैन्य टोलीको नेतृत्व गरेको अमेरिकाले पनि अगष्ट ३१मा आफ्ना सैनिक फिर्ता लाँदैछ ।
बेलायतमा कमलबहादुर गुरुङ फेरि काउन्सिलरमा निर्वाचित
बेलायत निवासी शान्ति लिम्बुको ‘थेम्सको लहरमा तमोरको स्पर्श’ कवितासंग्रह विमोचन
बेलायतमा स्थानीय निर्वाचन : सत्तारुढ दल लेबरलाई झड्का, नेपालीमुलका उम्मेदवार को को भए निर्वाचित ?
बेलायतमा नेपाली दम्पती नै काउन्सिलर निर्वाचित
पूर्वमन्त्री सुदन किराती हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीमा प्रवेश
स्याङ्जा समाज यूकेको संरक्षकमा मेजर कुमार गुरुङ र प्रमुख सल्लाहकारमा विजयबहादुर गुरुङ मनोनीत
बेल्जियममा श्रम संस्कृति पार्टीको प्रवास तदर्थ समिति गठन
डायमण्ड बु्द्धिष्ट सेन्टर यूकेद्वारा तमु लामा बौद्ध धर्म समाजलाई १६ लाख १३ हजार हस्तान्तरण
पत्रकारितामा एआई प्रयोगलाई रचनात्मक र मर्यादित बनाउनेबारे नेपाल पत्रकार महासंघ युकेको प्रशिक्षण
तेह्रथुम समाज यूकेको वार्षिक भेला २०२६ सम्पन्न