लण्डन । डायमन्ड बुद्धिस्ट सेन्टर यूके आफ्नो प्रारम्भिक कालमा कसैको मद्दतको लागि लालायीत थियो । तर सोँचेजस्तो हुनसकिरहेको थिएन । त्यसपछि भगवान बुद्धको अमृतवाणीलाई अनुसरण गरी आफ्नै क्षमतामा कामगर्नु अरुमाथि निर्भर नरहनु भन्ने कुरालाई आत्मसात गरेर अघि बढ्दै आएको थियो । यो थियो सन् २०१८ सालको कुरा । जतिबेला डायमन्ड बुद्धिस्ट सेन्टर यूकेले पहिलो च्यारिटी कार्यक्रम गरेको थियो । धेरै बाधा, अड्चनहरुको बावजूद अन्तगत्वा अहिले सफलता प्राप्त भएको छ ।
जसरी तीनवटा कुराहरु चन्द्रमा, सूर्य र सत्य धेरैबेर लुकाउन सकिदैन त्यस्तै यथार्थमा हाम्रो सपना पनि लुक्न सकेन । यो सत्यमा परिणत भयो । डायमन्ड बुद्धिस्ट सेन्टर यूकेको गुम्बा निर्माण अभियानमा डायमन्ड बुद्धिस्ट सेन्टर यूकेका अध्यक्ष सुमलकुमार गुरुङले यस संस्थालाई शुरुमा कम्पनी हाउसमा गैरमुनाफामूलक धार्मिक संस्थाको रुपमा दर्ता गरेका थिए । त्यसपछि च्यारिटी कमिसनमा दर्ता गरे । उनले निरन्तर ट्रस्टी र आजीवन सदस्य बनाउने काममा आफ्नो टिमको सहयोगबाट दिनरात खट्दै गए । कैयौंपटक लिलामी (अक्सन) बिक्रीका प्रोपर्टीहरुलाई आफ्नै पैसा डिपोजिट राखेर लिलाम बिक्रीमा किन्ने अथक मिहिनेत गरे । धेरै प्रयासपछि गत २८ जुलाई २०२१ को दिनमा अध्यक्ष सुमलकुमार गुरुङले बेलायतको राजधानी लण्डनको दक्षिणपूर्वी शहर वुलविचमा एउटा लिलामीमा राखिएको गिर्जाघर किन्न सफल भए । यसभन्दा अघि यस प्रयोजनका लागि उनले तीनवटा उपसमिति गठन गरेका थिए ।
त्यस अक्सन जितको ऐतिहासिक क्षणले चमत्कार नै गर्यो । आर्थिक सङ्कलन समितिका संयोजक संस्थाकी उपाध्यक्ष तथा आमा समूह प्रमुख मीना गुरुङ, उपसंयोजक चन्द्रदेवी गुरुङलगायत ईकाईका प्रतिनिधिहरु, सम्पूर्ण संस्थाका पदाधिकारीहरुको उर्जाले शौर्य प्रदर्शन गर्न थाल्यो । चारैतिरबाट गुम्बा निर्माण सहयोगका लागि अनुदानहरुको बाढी नै लाग्यो । १७ दिनभित्र संस्थालाई चाहिने आर्थिक सङ्कलन अभियान सफल बन्यो । यसै दौरान अध्यक्षले बेलायतको कानूनबमोजिम कागजी कार्वाई तथा आर्थिक सङ्कलन श्रोत खुलाउन दिनरात प्रमाणित दस्तावेजहरु जुटाउँदै आए । यस कार्यमा महासचिव योगेश गुरुङ र कोषाध्यक्ष सुर्जा गुरुङले अध्यक्षलाई ठूलो मद्दत पुर्याएका थिए । संस्थापक अध्यक्ष सुमलकुमार गुरुङको नेतृत्वमा पहिलोपटक बेलायतको राजधानी लण्डनमा पहिलो नेपाली गुम्बा निर्माण गर्न सफल भएको छ ।
अध्यक्ष सुमलकुमार गुरुङको यस अभियानलाई डायमन्ड बुद्धिस्ट सेन्टर यूकेका सम्पूर्ण ट्रस्टी र आजीवन सदस्यहरु, बेलायतका धार्मिक संस्थाहरु, धेरै संघसंस्थाहरुले आर्थिक सहयोग गरेका छन् । नेपालीहरुको ऐक्यवद्धताको नमुना र साथ सहयोग अविस्मरणीय रहेको छ । विदेशमा आएर यसरी आफैँ सङ्घर्ष गरेर जिउन बाध्य भएका नेपालीहरु आफ्नो मौलिक पहिचान कायम राख्दै एकजुट भएर आफ्नो धर्मसंस्कारको लागि जुटेको नमुना अहिले डायमन्ड बुद्धिस्ट सेन्टर यूके पर्याय बनेको छ ।
गुम्बाको सम्पूर्ण कागजातहरु पूरा भएपछि हिजो, २६ अगस्त २०२१को दिनमा प्रोपर्टीको सबै पैसा तिरेर समाजका कोषाध्यक्ष सुर्जा गुरुङले चाबी लिएका थिए । यस धार्मिक संस्थाका मूलगुरु खेनरिम्पोचे शिरलामा (थुप्तेन युशे)ज्यूको मार्ग निर्देशनमा आज पन्चमीको शुभ मुहुर्तमा गुरुको अष्टमंगल प्रार्थना वाचनबाट गुम्बाको मूलद्वार खोलेर संस्थाका पदाधिकारीहरु, सदस्यहरु र अन्य सबै श्रद्धालुहरुले प्रवेश गरेका थिए ।
अध्यक्षले चाबी खोलेर प्रवेश गर्दा पन्चकन्याबाट पुष्पजल सहितको अङ्खोरा अघि अघि पार्दै मूलगुरुको अष्टमङ्गल वाचनमा प्रवेश गरेको थियो । हलभित्र यस ऐतिहासिक कार्यक्रमलाई बत्ती प्रज्वलन, धूप बालेर चारैदिशा धजाहरु झुण्ड्याएर सम्पन्न गरेको थियो । यस कार्यक्रमलाई महासचिवले सन्चालन गरेका थिए भने आमा समूह प्रमुख उपाध्यक्ष मीना गुरुङले स्वागत मन्तव्य व्यक्त गरेकी थिइन् । अध्यक्षको सम्बोधन पछि उपस्थित संघसंस्थाका नेतृत्व वर्गको शुभकामना सन्देश राखिएको थियो । पन्चकन्यालाई दक्षिणा दिएर कार्यक्रमको रौनकतालाई थप दिव्यता दिएको थियो । अन्तमा उपस्थित सबैलाई मिठाई जलपान खुवाएर अध्यक्षले सबैलाई धन्यवाद दिँदै कार्यक्रम समापन गरेका थिए ।
रुकुम पश्चिम जिप दुर्घटना : मृत्यु हुनेको सङ्ख्या आठ पुग्यो, १० जना घाइते [अपडेट]
अन्धाधुन्ध एन्टिबायोटिकको प्रयोगले जनस्वास्थ्यमा गम्भीर असर
रुकुम पश्चिममा जिप दुर्घटना सात जनाको मृत्यु, १० जना घाइते
अमेरिकी स्टक एक्सचेञ्ज नास्डाकमा नेपालीको कम्पनीको कारोबार आरम्भ
बजार झरेका सन्तानलाई गाउँ फर्काउने बलबहादुर तिलिजा पुनको जुक्ती
नेपाली प्रतिभा प्रतिष्ठान बेलायतद्वारा ‘प्रतिभा सम्मान तथा पुरस्कार- २०२५’ घोषणा
आगलागी हुँदा बङ्गलादेशको प्रमुख विमानस्थलमा उडान अनिश्चितकालका लागि अवरूद्ध
राष्ट्रियसभाका अध्यक्ष दाहालद्वारा बेलायतसहित विभिन्न देशका संसदीय प्रतिनिधिमण्डलसँग भेटवार्ता
तस्बिरमा हेर्नुहोस्, क्वोंने गुरुङ समाज यूकेका चेलीबेटीको चौथो वार्षिक भाइटिका तथा देउसो-भैलो कार्यक्रम
पूर्वगोर्खा सैनिक बुढामगरद्वारा विश्वका छैटौं अग्ला शिखरको सफल आरोहण