लन्डन । काबुल विमानस्थल नजिकै भएको अव्यवस्थित भीड र भागदौडका कारण कम्तीमा सात जना अफगान नागरिकको मृत्यु भएको बेलायती रक्षा मन्त्रालयले आइतबार जनाएको छ ।
हजारौं मानिसले देश छोडेर भाग्ने प्रयास गर्दा विमानस्थल वरपर ठूलो भीड लाग्ने गरेको र अव्यवस्थाबीच सात अफगान नागरिकले ज्यान गुमाएका छन् ।
मन्त्रालयका प्रवक्ताले भने, “काबुलमा भीडमासात अफगान नागरिकहरूको ज्यान गएको छ । हामी पिडित परिवारप्रति हार्दिक समवेदना प्रकट गर्दछौँ ।”
संयुक्त राज्य अमेरिका र यसका सहयोगी राष्ट्रहरूले तालिबानले सत्ता कब्जामा लिएदेखि हप्तामा उद्धार उडानमा जान प्रयास गरिरहेका मानिसहरूको ठूलो संख्याको सामना गर्न संघर्ष गरिरहेका छन् ।
प्रवक्ताले भने, “काबुल, काबुल विमानस्थल र वरपरको अवस्था अत्यन्तैै चुनौतीपूर्ण रहेको छ तर यथासम्भव मानिसहरूको सुरक्षित व्यवस्थापन गर्न हामीले सक्दो प्रयास गरिरहेका छौं ।”
बेलायती रक्षा मन्त्री बेन वालेसले आइतबार बेलायत पत्रिका मेलसँग भन्नुभयो, “अगस्त ३१ को अमेरिकी समय सीमा अगाडि ‘कुनै पनि राष्ट्रले सबैलाई पूर्णतया बाहिर निकाल्न सक्दैन’।”
उहाँले थप्नुभयो, “सायद अमेरिकीहरूलाई लामो समयसम्म रहने अनुमति दिइनेछ र उनीहरूले त्यसो गरेमा उनीहरूलाई हाम्रो पूर्ण समर्थन हुनेछ ।”
पाँच वर्षपछि पाकिस्तानी ध्वजाबाहक विमानले पुन: थाल्यो बेलायतका लागि उडान
रुकुम पश्चिम जिप दुर्घटना : मृत्यु हुनेको सङ्ख्या आठ पुग्यो, १० जना घाइते [अपडेट]
अन्धाधुन्ध एन्टिबायोटिकको प्रयोगले जनस्वास्थ्यमा गम्भीर असर
रुकुम पश्चिममा जिप दुर्घटना सात जनाको मृत्यु, १० जना घाइते
अमेरिकी स्टक एक्सचेञ्ज नास्डाकमा नेपालीको कम्पनीको कारोबार आरम्भ
राष्ट्रियसभाका अध्यक्ष दाहालद्वारा बेलायतसहित विभिन्न देशका संसदीय प्रतिनिधिमण्डलसँग भेटवार्ता
तस्बिरमा हेर्नुहोस्, क्वोंने गुरुङ समाज यूकेका चेलीबेटीको चौथो वार्षिक भाइटिका तथा देउसो-भैलो कार्यक्रम
पूर्वगोर्खा सैनिक बुढामगरद्वारा विश्वका छैटौं अग्ला शिखरको सफल आरोहण
लन्डनमा आप्रवासन र सुरक्षाबारे पश्चिमी बाल्कन नेताहरूको शिखर बैठक
बेलायती प्रधानमन्त्रीद्वारा रुसका दुई प्रमुख तेल कम्पनीमा अमेरिकी प्रतिबन्धको स्वागत