लण्डन । गोरखा भूतपूर्व सैनिकहरुको समस्या समाधानका लागि दुई देशबीच वार्ताको मिति तय हुनुपर्ने माग गर्दै १३ दिनदेखि लण्डनमा आमरण अनसनरत गोरखाहरुको अनसन तोडिएको छ ।
बेलायतका भेट्रान मिनिस्टरले बेलायती राजदुतलाई गोरखा भूतपूर्व सैनिकहरुको समस्याका बारेमा डिसेम्बर महिनाभित्र वार्ता शुरु गर्ने पत्र पठाएपछि सो अनसन तोडिएको हो ।
गोरखाहरु अनसनरत स्थानमा बेलायतका भेट्रान मिनिस्टर लियो डोकोर्टी तथा बेलायतका लागि नेपाली राजदुत लोकदर्शन रेग्मी, उपनियोग प्रमुख श्रीमती रोशन खनाल पुगी अनसन बसिरहेका ज्ञानराज राई, पुष्पा राना घले र धनबहादुर गुरुङलाई जुस खुवाई अनसन तोडिएको थियो ।
नेपाली दुताबास लण्डनका उपनियोग प्रमुख श्रीमती रोशन खनालका अनुसार गोरखाहरुको समस्या समाधानका लागि प्राविधिक समितिले सन् २०१८ मा बुझाएको प्रतिवेदनका आधारमा दुई देशका सरकारी पक्ष र गोरखाहरुबीच वार्ता हुने छ । सो वार्ताको तयारीका लागि सेप्टेम्बर ८ मा नेपाली दुताबास लण्डनमा बैठक हुनेछ ।
गोरखा सत्याग्रह संयुक्त संघर्ष समितिका प्रमुख संयोजक कृष्णबहादुर राईले आफूहरुको माग पूरा भएका कारण अनसन तोडेको बताए । उनले गोरखाहरुको माग पूरा गराउनका लागि प्रयास गरिदिएकोमा नेपाली दुताबास लण्डन, मिडियाकर्मीहरु, गोरखाहरु र सबैलाई धन्यवाद दिए ।
अनसनमा बसेकी पुष्पा राणा घलेले विजय मनाउने समय अझै आइनसकेको बताए । उनले आफूहरुको अनसन तोडिएको र अब वार्ताको ढोका खुलेको बताए ।
अनसनमा बसेका अर्का गोरखा ज्ञानराज राईले यो सबै नेपालीहरुको जित भएको हो ।
एनपिएल दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सलाई
नेकपा एमालेको ११औँ महाधिवेशन भव्य समारोहबीच भक्तपुरमा उद्घाटन
नेपालमा थप चार मन्त्री नियुक्त
बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुन्छ : बीसीसी
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने
बेलायतको प्रोपर्टी मार्केटमा हुँदै गरेको परिवर्तनमा बारेमा निशुल्क वेभिनार
हङकङको आगलागीमा बितिन् एनआरएनए युकेका पूर्व अध्यक्ष अशोक श्रेष्ठकी पत्नी
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा अनियमितता प्रकरण : ५ जना पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा