लण्डन । गोरखाहरुको समस्याबारे नेपाल तथा बेलायत सरकारबीच तत्काल वार्ताको माग राख्दै आमरण अनसनमा बसिरहेका धनबहादुर गुरुङ अचानक स्वास्थ्य समस्याका कारण स्थानीय अस्पतालमा उपचार गराई अनसनमा फर्केका छन् ।
बुधबार बिहान फेसबुकमा स्टाटस लेख्दै गुरुङले सोमबार बेलुकी उच्च रक्तचाप तथा मुटुको धडकन धीमा भइ पछि सेन्ट थोमस अस्पतालमा भर्ना भएको र उपचारपश्चात बिहान १ बजेर १० मिनेटमा अनसनमै फर्केको बताएका छन् । उनले अहिले आफ्नो स्वास्थ्य अवस्था सामान्य रहेको बताएका छन् ।
पूर्व गोरखा सैनिक गुरुङ १२ दिनदेखि बेलायती प्रधानमन्त्रीको कार्यालय टेन डाउनिङ स्ट्रिट अघि आमरण अनसन बसिरहेका छन् । उनीसँगै ज्ञानराज राई र पुष्पा राणा घले पनि आमरण अनसनमा छन् ।
सोमबार बेलुका गुरुङको स्वास्थ्य बिग्रिएपछि अनसनस्थलमै एम्बुलेन्स बोलाइ उपचार गरिएको थियो । उनलाई ह्वीलचेयरमा राखेर एम्बुलेन्स चढाउँदै गरेको तस्वीर सार्वजनिक भएपछि उनी तथा अनसनरत गोरखाहरुको स्वास्थ्यका बारेमा चिन्ता बढेको थियो ।
एनपिएल दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सलाई
नेकपा एमालेको ११औँ महाधिवेशन भव्य समारोहबीच भक्तपुरमा उद्घाटन
नेपालमा थप चार मन्त्री नियुक्त
बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुन्छ : बीसीसी
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने
बेलायतको प्रोपर्टी मार्केटमा हुँदै गरेको परिवर्तनमा बारेमा निशुल्क वेभिनार
हङकङको आगलागीमा बितिन् एनआरएनए युकेका पूर्व अध्यक्ष अशोक श्रेष्ठकी पत्नी
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा अनियमितता प्रकरण : ५ जना पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा