लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) युकेको नयाँ कार्यसमितिको सोमबार सम्पन्न बैठकले विभिन्न निर्णयहरु गरेको छ ।
अध्यक्ष प्रेम गाहामगरको अध्यक्षतामा अल्डरसटस्थित द पालेसमा बसेको बैठकले शेरबहादुर सुनुवारलाई प्रमुख संरक्षकका रुपमा नियुक्त गर्ने निर्णय गरेको छ । सोको घोषणा भने पहिले नै गरिसकिएको थियो ।
साथै बैठक सन्चालन सम्बन्धी नियमावली तथा आचारसंहिता बनाउने निर्णय गरिएको छ । जसका लागि उपाध्यक्ष नारायण कँडेल संयोजक तथा उपाध्यक्ष रामचन्द्र पोखरेल र महासचिव खुशी लिम्बु सदस्य रहेको कार्यदल बनाइएको छ ।
निवर्तमान कार्यसमितिबाट ६ सेप्टेम्बरभित्र बरबुझारथ गर्न २० अगष्टभित्र अनुरोध पत्र पठाउने र यसमा व्यावसायिक व्यक्ति तथा संस्थाको सहयोग लिइने भएको छ ।
बैठकले प्रवक्तामा भरतमणि चोङवाङलाई तथा श्याम लुईटेल र आवेश राईलाई सदस्य पदमा नियुक्त गरेको छ । साथै क्षेत्रीय, वर्गीय, जातिय प्रतिनिधित्व हुने गरी २५ देखि ३१ जना सल्लाहकार चयन गर्ने र उनीहरुको नाम अर्को बैठकमा पेश गर्ने निर्णय गरेको छ ।
यसैगरी बैठकले महिला विभाग विमला लिम्बु, युवा विभाग तीर्थबहादुर मल्ल अनिल र चेतन राना, आर्थिक विभाग विष्णु खरेल, प्रकाशन तथा प्रसार भरतमणि चोङवाङ, च्यारिटी विभाग गोविन्द खरेल, खेलकुद प्रेम गाहा, व्यापार लगानी प्रवर्धन ज्ञानेन्द्र आले, संघसंस्था समन्वय सुनिलबाबु खड्का र श्याम लुईटेल, धर्म सम्बन्धी ईन्दिरा (सपना) खनियाँ, नागरिकता निरन्तरता मोहन कार्की, भाषा विभाग नारायण कँडेल र सुरेश परियार, कला तथा सँस्कृति शकुन्तला गुरुङ, दैवीप्रकोप तथा आपतकालिन सहयोग बालकृष्ण दाहाल र सुमन शर्मा, गोरखा विभाग प्रेम गाहा, चम्पा थापामगर र भरतमणि चोङवाङ, नेपाल हाउस प्रेम गाहा, सदस्यता रामचन्द्र पोखरेल, एक एनसिसी एक प्रोजेक्ट खुशी लिम्बु, नेपाली खाना प्रबर्धन विष्णु चालिसे र भानुभक्त घिमिरे, अनलाइन सदस्यता आवेश राईलाई जिम्मा दिइएको छ ।
कार्यालय सन्चालनका लागि कार्यसमितिका हरेक सदस्यबाट हरेक महिना २० पाउण्ड डाइरेक्ट डेविट गर्ने निर्णय गरिएको छ । सोको संयोजनको जिम्मा कोषाध्यक्षलाई दिइएको छ ।
पाँच वर्षपछि पाकिस्तानी ध्वजाबाहक विमानले पुन: थाल्यो बेलायतका लागि उडान
रुकुम पश्चिम जिप दुर्घटना : मृत्यु हुनेको सङ्ख्या आठ पुग्यो, १० जना घाइते [अपडेट]
अन्धाधुन्ध एन्टिबायोटिकको प्रयोगले जनस्वास्थ्यमा गम्भीर असर
रुकुम पश्चिममा जिप दुर्घटना सात जनाको मृत्यु, १० जना घाइते
अमेरिकी स्टक एक्सचेञ्ज नास्डाकमा नेपालीको कम्पनीको कारोबार आरम्भ
राष्ट्रियसभाका अध्यक्ष दाहालद्वारा बेलायतसहित विभिन्न देशका संसदीय प्रतिनिधिमण्डलसँग भेटवार्ता
तस्बिरमा हेर्नुहोस्, क्वोंने गुरुङ समाज यूकेका चेलीबेटीको चौथो वार्षिक भाइटिका तथा देउसो-भैलो कार्यक्रम
पूर्वगोर्खा सैनिक बुढामगरद्वारा विश्वका छैटौं अग्ला शिखरको सफल आरोहण
लन्डनमा आप्रवासन र सुरक्षाबारे पश्चिमी बाल्कन नेताहरूको शिखर बैठक
बेलायती प्रधानमन्त्रीद्वारा रुसका दुई प्रमुख तेल कम्पनीमा अमेरिकी प्रतिबन्धको स्वागत