लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) युकेको नयाँ कार्यसमितिको सोमबार सम्पन्न बैठकले विभिन्न निर्णयहरु गरेको छ ।
अध्यक्ष प्रेम गाहामगरको अध्यक्षतामा अल्डरसटस्थित द पालेसमा बसेको बैठकले शेरबहादुर सुनुवारलाई प्रमुख संरक्षकका रुपमा नियुक्त गर्ने निर्णय गरेको छ । सोको घोषणा भने पहिले नै गरिसकिएको थियो ।
साथै बैठक सन्चालन सम्बन्धी नियमावली तथा आचारसंहिता बनाउने निर्णय गरिएको छ । जसका लागि उपाध्यक्ष नारायण कँडेल संयोजक तथा उपाध्यक्ष रामचन्द्र पोखरेल र महासचिव खुशी लिम्बु सदस्य रहेको कार्यदल बनाइएको छ ।
निवर्तमान कार्यसमितिबाट ६ सेप्टेम्बरभित्र बरबुझारथ गर्न २० अगष्टभित्र अनुरोध पत्र पठाउने र यसमा व्यावसायिक व्यक्ति तथा संस्थाको सहयोग लिइने भएको छ ।
बैठकले प्रवक्तामा भरतमणि चोङवाङलाई तथा श्याम लुईटेल र आवेश राईलाई सदस्य पदमा नियुक्त गरेको छ । साथै क्षेत्रीय, वर्गीय, जातिय प्रतिनिधित्व हुने गरी २५ देखि ३१ जना सल्लाहकार चयन गर्ने र उनीहरुको नाम अर्को बैठकमा पेश गर्ने निर्णय गरेको छ ।
यसैगरी बैठकले महिला विभाग विमला लिम्बु, युवा विभाग तीर्थबहादुर मल्ल अनिल र चेतन राना, आर्थिक विभाग विष्णु खरेल, प्रकाशन तथा प्रसार भरतमणि चोङवाङ, च्यारिटी विभाग गोविन्द खरेल, खेलकुद प्रेम गाहा, व्यापार लगानी प्रवर्धन ज्ञानेन्द्र आले, संघसंस्था समन्वय सुनिलबाबु खड्का र श्याम लुईटेल, धर्म सम्बन्धी ईन्दिरा (सपना) खनियाँ, नागरिकता निरन्तरता मोहन कार्की, भाषा विभाग नारायण कँडेल र सुरेश परियार, कला तथा सँस्कृति शकुन्तला गुरुङ, दैवीप्रकोप तथा आपतकालिन सहयोग बालकृष्ण दाहाल र सुमन शर्मा, गोरखा विभाग प्रेम गाहा, चम्पा थापामगर र भरतमणि चोङवाङ, नेपाल हाउस प्रेम गाहा, सदस्यता रामचन्द्र पोखरेल, एक एनसिसी एक प्रोजेक्ट खुशी लिम्बु, नेपाली खाना प्रबर्धन विष्णु चालिसे र भानुभक्त घिमिरे, अनलाइन सदस्यता आवेश राईलाई जिम्मा दिइएको छ ।
कार्यालय सन्चालनका लागि कार्यसमितिका हरेक सदस्यबाट हरेक महिना २० पाउण्ड डाइरेक्ट डेविट गर्ने निर्णय गरिएको छ । सोको संयोजनको जिम्मा कोषाध्यक्षलाई दिइएको छ ।
बेलायतमा कमलबहादुर गुरुङ फेरि काउन्सिलरमा निर्वाचित
बेलायत निवासी शान्ति लिम्बुको ‘थेम्सको लहरमा तमोरको स्पर्श’ कवितासंग्रह विमोचन
बेलायतमा स्थानीय निर्वाचन : सत्तारुढ दल लेबरलाई झड्का, नेपालीमुलका उम्मेदवार को को भए निर्वाचित ?
बेलायतमा नेपाली दम्पती नै काउन्सिलर निर्वाचित
पूर्वमन्त्री सुदन किराती हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीमा प्रवेश
स्याङ्जा समाज यूकेको संरक्षकमा मेजर कुमार गुरुङ र प्रमुख सल्लाहकारमा विजयबहादुर गुरुङ मनोनीत
बेल्जियममा श्रम संस्कृति पार्टीको प्रवास तदर्थ समिति गठन
डायमण्ड बु्द्धिष्ट सेन्टर यूकेद्वारा तमु लामा बौद्ध धर्म समाजलाई १६ लाख १३ हजार हस्तान्तरण
पत्रकारितामा एआई प्रयोगलाई रचनात्मक र मर्यादित बनाउनेबारे नेपाल पत्रकार महासंघ युकेको प्रशिक्षण
तेह्रथुम समाज यूकेको वार्षिक भेला २०२६ सम्पन्न