लण्डन । समान पेन्सनका लागि आमरण अनसनरत तीन गोरखा सैनिकहरुप्रति ऐक्यवद्धता जनाउँदै आइतबार बेलायती प्रधानमन्त्री बोरिस जोन्सनको कार्यालय टेन डाउनिङ स्ट्रीटबाहिर आज सयौँ गोरखाहरुले प्रदर्शन गरेका छन् ।
नौ दिनदेखि आमरण अनसनमा बसेका पूर्व सैनिकहरु ज्ञानराज राई र धनबहादुर गुरुङ तथा पुष्पा घले राणाप्रति समर्थन जनाउन बेलायतका विभिन्न स्थानबाट पूर्व गोरखाहरु र गैरगोरखा नेपालीहरु सो प्रदर्शनमा सहभागी भएका थिए । गोरखाहरु मेडलहरु लगाएर प्रदर्शनमा भाग लिएका थिए भने उनीहरुका छोराछोरीहरुको समेत कार्यक्रममा उल्लेख्य सहभागिता रहेको थियो । यस्तै कतिपय साँस्कृतिक झाँकीसहित सरिक भएका थिए ।
प्रदर्शनपछि आयोजित कोणसभालाई सम्बोधन गर्दै गोरखा सत्याग्रह संयुक्त संघर्ष समितिका मुख्य संयोजक कृष्णबहादुर राईले अनसन तोडाउनका लागि बेलायत सरकारबाट वार्ताको प्रस्तावहरु आइरहेको जानकारी दिँदै भने, ”जबसम्म वार्ताको मिति र उच्चस्तरीय वार्ता टोली गठन गरिएको पत्र प्राप्त हुँदैन तबसम्म हाम्रो अनसन जारी रहन्छ । ”
बेलायतले नेपाललाई हेपेका कारण गोरखाहरुको समस्या समाधान हुन नसकेको आरोप लगाए । कुटनीतिक पहलबाट गोरखाहरुको समस्या समाधान होला भनेर पर्खदापर्खदै धेरे पूर्व गोरखाहरुले ज्यान गुमाइसकेको उनले बताए । अझै पनि कुटनीतिक बाटो पर्खने हो भने धेरै गोरखाहरुले समाधान नपाउँदै ज्यान गुमाउने उनले थपे ।
सत्याग्रहका सचिव सइन्द्र थापा र प्रवक्ता यमबहादुर गुरुङले सन्चालन गरेको कोणसभालाई सत्याग्रहका संयोजक सूर्य नेम्वाङ, गोरखाका छोराछोरीहरुले पनि सम्बोधन गरेका थिए ।
करिब १ हजारको संख्यामा उपस्थित जुलुशले हामीलाई न्याय चाहियो, आयो गोरखाली, गोरखाहरुलाई समान अधिकार, गोरखा लाइभ्स म्याटर, लगायतका नारा लगाएका थिए ।
Video : Nwang Gyatso Sherpa
नेपाली कांग्रेस सभापति थापाद्वारा राजीनामा
लन्डनमा ए स्टार नेपाल बास्केटबल लिगको पाँचौँ संस्करण सुरु
यस्ता छन् एनआरएनएको नयाँ कार्यसमितिको पहिलो बैठकका निर्णयहरु
एनआरएनए आईसीसीको नयाँ कार्यसमितिमा बेलायतबाट अध्यक्ष र प्रवक्तासहित १० जना निर्वाचित
द्वन्द्वका कारण विस्थापन र भोकमरी दुबै बढ्दै : संयुक्त राष्ट्र
भूतपूर्व गोर्खा समस्याबारे लन्डनमा सोमबार फेरि त्रिपक्षीय वार्ता हुने
युद्ध अन्त्यका लागि इरानका तीन शर्त
नेपाल आदिवासी जनजाति महासंघको ११औँ महाधिवेशन चैत ५ र ६ मा हुने
बेलायती मन्त्री सीमा मल्होत्रासँग नेपाली कार्यवाहक राजदूत विपिन दुवाडीको भेटवार्ता
‘स्ट्रेट अफ हर्मुज’बारे अर्को हप्ता लन्डनस्थित आइएमओको मुख्यालयमा ‘विशेष सत्र’