लण्डन । समान पेन्सनका लागि आमरण अनसनरत तीन गोरखा सैनिकहरुप्रति ऐक्यवद्धता जनाउँदै आइतबार बेलायती प्रधानमन्त्री बोरिस जोन्सनको कार्यालय टेन डाउनिङ स्ट्रीटबाहिर आज सयौँ गोरखाहरुले प्रदर्शन गरेका छन् ।
नौ दिनदेखि आमरण अनसनमा बसेका पूर्व सैनिकहरु ज्ञानराज राई र धनबहादुर गुरुङ तथा पुष्पा घले राणाप्रति समर्थन जनाउन बेलायतका विभिन्न स्थानबाट पूर्व गोरखाहरु र गैरगोरखा नेपालीहरु सो प्रदर्शनमा सहभागी भएका थिए । गोरखाहरु मेडलहरु लगाएर प्रदर्शनमा भाग लिएका थिए भने उनीहरुका छोराछोरीहरुको समेत कार्यक्रममा उल्लेख्य सहभागिता रहेको थियो । यस्तै कतिपय साँस्कृतिक झाँकीसहित सरिक भएका थिए ।
प्रदर्शनपछि आयोजित कोणसभालाई सम्बोधन गर्दै गोरखा सत्याग्रह संयुक्त संघर्ष समितिका मुख्य संयोजक कृष्णबहादुर राईले अनसन तोडाउनका लागि बेलायत सरकारबाट वार्ताको प्रस्तावहरु आइरहेको जानकारी दिँदै भने, ”जबसम्म वार्ताको मिति र उच्चस्तरीय वार्ता टोली गठन गरिएको पत्र प्राप्त हुँदैन तबसम्म हाम्रो अनसन जारी रहन्छ । ”
बेलायतले नेपाललाई हेपेका कारण गोरखाहरुको समस्या समाधान हुन नसकेको आरोप लगाए । कुटनीतिक पहलबाट गोरखाहरुको समस्या समाधान होला भनेर पर्खदापर्खदै धेरे पूर्व गोरखाहरुले ज्यान गुमाइसकेको उनले बताए । अझै पनि कुटनीतिक बाटो पर्खने हो भने धेरै गोरखाहरुले समाधान नपाउँदै ज्यान गुमाउने उनले थपे ।
सत्याग्रहका सचिव सइन्द्र थापा र प्रवक्ता यमबहादुर गुरुङले सन्चालन गरेको कोणसभालाई सत्याग्रहका संयोजक सूर्य नेम्वाङ, गोरखाका छोराछोरीहरुले पनि सम्बोधन गरेका थिए ।
करिब १ हजारको संख्यामा उपस्थित जुलुशले हामीलाई न्याय चाहियो, आयो गोरखाली, गोरखाहरुलाई समान अधिकार, गोरखा लाइभ्स म्याटर, लगायतका नारा लगाएका थिए ।
Video : Nwang Gyatso Sherpa
एनपिएल दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सलाई
नेकपा एमालेको ११औँ महाधिवेशन भव्य समारोहबीच भक्तपुरमा उद्घाटन
नेपालमा थप चार मन्त्री नियुक्त
बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुन्छ : बीसीसी
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने
बेलायतको प्रोपर्टी मार्केटमा हुँदै गरेको परिवर्तनमा बारेमा निशुल्क वेभिनार
हङकङको आगलागीमा बितिन् एनआरएनए युकेका पूर्व अध्यक्ष अशोक श्रेष्ठकी पत्नी
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा अनियमितता प्रकरण : ५ जना पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा