लण्डन । बेलायती सांसदहरुले बेलायती प्रधानमन्त्री बोरिस जोनसनलाई पत्र लेख्दै आमरण अनसनमा बसेका गोरखा भूतपूर्व सैनिकहरुलाई भेट्न आग्रह गरेका छन् ।
बेलायती संसदमा गठित सर्वदलीय समितिमा रहेका सांसदहरु बीरेन्द्र शर्मा, लर्ड बिलिमोरिया, सीमा मल्होत्रा, नभेन्दु मल्लिक, आलान डोरान्स, डान जार्भिस, लर्ड शेख र निक स्मिथले आज प्रधानमन्त्री जोन्सनलाई पत्र लेख्दै सो आग्रह गरेका हुन् ।
पत्रमा उनीहरुले प्रधानमन्त्री जोनसनलाई अनसनकारी गोरखाहरुको गुनासो सुन्न र छलफल गर्न सुझाव दिएका हुन् । गोरखाहरुसितको वार्ताले आमरण अनसनमा बसेका गोरखाहरुको ज्यान बचाउन सक्ने र गोरखाहरुको समस्याप्रति सरकार गम्भीर छ भन्ने सन्देश जाने उनीहरुले बताएका छन् ।
सर्वदलीय संसदीय समितिले पहिलेदेखि नै गोरखा समस्याको निस्पक्ष समाधान हुनुपर्छ भन्दै आएको बताउँदै उनीहरुले पत्रमा गोरखाहरुले सम्मान महसुस गर्ने र उनीहरुको सेवाको कदर हुने किसिमको समाधान चाहिएको बताएका छन् ।
आजै संसदीय समितिका अध्यक्ष बीरेन्द्र शर्मा गोरखाहरु अनसन बसेको स्थलमा पुगी उनीहरुको अवस्था र मागका बारेमा जानकारी लिएका थिए ।
विगत सात दिनदेखि गोरखा समस्या समाधानका लागि नेपाल र बेलायत सरकारबीच उच्च स्तरीय वार्ता टोली गठन भई वार्ताको मिति तोकिनुपर्ने माग राखी ज्ञानराज राई, धनबहादुर गुरुङ र पुष्पा राना घले आमरण अनसनमा बसेका छन् ।
एनपिएल दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सलाई
नेकपा एमालेको ११औँ महाधिवेशन भव्य समारोहबीच भक्तपुरमा उद्घाटन
नेपालमा थप चार मन्त्री नियुक्त
बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुन्छ : बीसीसी
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने
बेलायतको प्रोपर्टी मार्केटमा हुँदै गरेको परिवर्तनमा बारेमा निशुल्क वेभिनार
हङकङको आगलागीमा बितिन् एनआरएनए युकेका पूर्व अध्यक्ष अशोक श्रेष्ठकी पत्नी
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा अनियमितता प्रकरण : ५ जना पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा