लण्डन । एनआरएनए युकेका अध्यक्षका उम्मेदवारहरुले हस्ताक्षर गर्न नमानेको कारण निर्वाचनको मतपरिणाम घोषणा हुन ढिलाई भएको निर्वाचन समितिले प्रष्ट गरेको छ ।
प्रमुख निर्वाचन आयुक्त महेन्द्रराज कँडेलले शुक्रबार बिहान एक स्टाटस लेख्दै मतपरिणाम सार्वजनिक गर्न अघि अध्यक्षका प्रत्याशीहरुको हस्ताक्षर आवश्यक भएको र अध्यक्षका तीन प्रत्याशीहरुमध्ये दुई जनाले हस्ताक्षर नगरेका कारण विहीबार मतपरिणाम घोषणा गर्न नसकिएको बताएका छन् ।
अध्यक्षका प्रत्याशीहरुलाई विहीबार निर्वाचन समितिको कार्यालयमा बोलाई साँझ ८ बजेसम्म छलफल र बहस चलाए पनि हस्ताक्षर हुन नसकेको उनले स्टाटसमा बताएका छन् । ”हिजो हामीले अध्यक्ष पदका तीन जना प्रत्यासी उम्मेदवारहरुलाई निर्वाचन समिति कार्यालयमा बोलाई बेलुकी ८ बजेसम्म लामो छलफल र बहस चलाएको समेत जानकारी गराइन्छ। तर वहाँहरू हस्ताक्षर गर्न सहमत हुनुभएन । अन्तत यसकारण मतपरिणाम सार्वजनिक गर्ने प्रक्रिया अगाडी बढ्न नसकेको जानकारी गराउँछौँ” उनले भनेका छन् ।
उनका अनुसार उम्मेदवारहरुले एनआरएनए युकेको निर्वाचन गराउने कम्पनी च्वाईस भोटिङको अनुरोधअनुसार मतपरिणाम सार्वजनिक गर्दा अनलाइन चुनावी प्रक्रिया र त्यसको नतिजा हामीलाई स्वीकार्य छ भनि सहमतिपत्रमा हस्ताक्षर गर्नुपर्ने हुन्छ । उक्त सहमति पत्रमा हालसम्म एकजनाको मात्रै हस्ताक्षर प्राप्त भएको छ ।
सो पत्रमा अध्यक्षका प्रत्याशी दीपक श्रेष्ठले मात्र हस्ताक्षर गरेको र बाँकी दुई जनाले नगरेको बुझिएको छ ।
निर्वाचन समितिले अनलाइन भोटिङ सकिएपछि मतपरिणाम सार्वजनिक गर्नुपूर्व सम्बन्धित मुख्य व्यक्तिहरुलाई यो सहमति माग्नु बेलायती चुनावी प्रणालीमा स्वाभाविक मानिने र यस्तो सहमतिमा हस्ताक्षर प्राप्त नभएका कारण चुनावको नतिजा नै रोकिएको जनाएको छ ।
समितिले एनआरएनएका अभियन्ताहरुसँग यो असहज परिस्थितिबाट निकासा दिलाउन प्रत्यासी उम्मेदवारहरुबीच सहमति जुटाउन लागि सहयोग गरिदिन अनुरोध गरेको छ ।
समितिले मतपरिणाम समयमा नै घोषणा नहुनुमा निर्वाचन समिति र च्वोइस भोटिङको कुनै पनि भूमिका नरहेको प्रष्ट्याएको छ ।
एनपिएल दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सलाई
नेकपा एमालेको ११औँ महाधिवेशन भव्य समारोहबीच भक्तपुरमा उद्घाटन
नेपालमा थप चार मन्त्री नियुक्त
बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुन्छ : बीसीसी
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने
बेलायतको प्रोपर्टी मार्केटमा हुँदै गरेको परिवर्तनमा बारेमा निशुल्क वेभिनार
हङकङको आगलागीमा बितिन् एनआरएनए युकेका पूर्व अध्यक्ष अशोक श्रेष्ठकी पत्नी
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा अनियमितता प्रकरण : ५ जना पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा