लण्डन । बेलायतले भारत, कतार, बहराइन र युएइलाई यात्राको रेड लिष्टबाट हटाइ एम्बर लिष्टमा राखेको छ ।
नेपाल भने अझै पनि यात्राको रेड लिष्टमै रहेको छ ।
नयाँ सूचीका कारण अब एम्बर सूचीमा रहेका मुलुकहरुबाट बेलायत आउने यात्रुहरुले सरकारले तोकेको होटलहरुमा अनिवार्य क्वारेन्टाइनमा बस्न पर्ने छैन । त्यसको सट्टामा घरमै आइसोलेसनमा बस्नु पर्नेछ ।
नयाँ सूची आइतबार बिहान ४ बजेदेखि लागू हुनेछ ।
उता सरकारले होटल क्वारेन्टाइनमा बस्दाको शुल्क भने अझै बढाएको छ । यसअघि नै महंगो भनी आलोचना हुँदै आएको होटल क्वारेन्टाइनको शुल्क अब एक्लो यात्रुले २ हजार २८५ पाउण्ड र अर्का बयस्क यात्रु थपिएमा १ हजार ४५० पाउण्ड थप शुल्क तिर्नुपर्नेछ । यसअघि सो शुल्क १ हजार ७५० र ६५० थियो । नयाँ शुल्क अगष्ट १२ देखि लागू हुनेछ । ५ देखि १२ वर्षसम्मका बालबालिकाले ३२५ पाउण्ड तिर्नुपर्नेछ भने पाँच वर्षमुनीका बालबालिकाका लागि कुनै शुल्क तिर्नुपर्ने छैन ।
बेलायतमा कमलबहादुर गुरुङ फेरि काउन्सिलरमा निर्वाचित
बेलायत निवासी शान्ति लिम्बुको ‘थेम्सको लहरमा तमोरको स्पर्श’ कवितासंग्रह विमोचन
बेलायतमा स्थानीय निर्वाचन : सत्तारुढ दल लेबरलाई झड्का, नेपालीमुलका उम्मेदवार को को भए निर्वाचित ?
बेलायतमा नेपाली दम्पती नै काउन्सिलर निर्वाचित
पूर्वमन्त्री सुदन किराती हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीमा प्रवेश
स्याङ्जा समाज यूकेको संरक्षकमा मेजर कुमार गुरुङ र प्रमुख सल्लाहकारमा विजयबहादुर गुरुङ मनोनीत
बेल्जियममा श्रम संस्कृति पार्टीको प्रवास तदर्थ समिति गठन
डायमण्ड बु्द्धिष्ट सेन्टर यूकेद्वारा तमु लामा बौद्ध धर्म समाजलाई १६ लाख १३ हजार हस्तान्तरण
तेह्रथुम समाज यूकेको वार्षिक भेला २०२६ सम्पन्न
पत्रकारितामा एआई प्रयोगलाई रचनात्मक र मर्यादित बनाउनेबारे नेपाल पत्रकार महासंघ युकेको प्रशिक्षण