लण्डन । बेलायतले भारत, कतार, बहराइन र युएइलाई यात्राको रेड लिष्टबाट हटाइ एम्बर लिष्टमा राखेको छ ।
नेपाल भने अझै पनि यात्राको रेड लिष्टमै रहेको छ ।
नयाँ सूचीका कारण अब एम्बर सूचीमा रहेका मुलुकहरुबाट बेलायत आउने यात्रुहरुले सरकारले तोकेको होटलहरुमा अनिवार्य क्वारेन्टाइनमा बस्न पर्ने छैन । त्यसको सट्टामा घरमै आइसोलेसनमा बस्नु पर्नेछ ।
नयाँ सूची आइतबार बिहान ४ बजेदेखि लागू हुनेछ ।
उता सरकारले होटल क्वारेन्टाइनमा बस्दाको शुल्क भने अझै बढाएको छ । यसअघि नै महंगो भनी आलोचना हुँदै आएको होटल क्वारेन्टाइनको शुल्क अब एक्लो यात्रुले २ हजार २८५ पाउण्ड र अर्का बयस्क यात्रु थपिएमा १ हजार ४५० पाउण्ड थप शुल्क तिर्नुपर्नेछ । यसअघि सो शुल्क १ हजार ७५० र ६५० थियो । नयाँ शुल्क अगष्ट १२ देखि लागू हुनेछ । ५ देखि १२ वर्षसम्मका बालबालिकाले ३२५ पाउण्ड तिर्नुपर्नेछ भने पाँच वर्षमुनीका बालबालिकाका लागि कुनै शुल्क तिर्नुपर्ने छैन ।
एनपिएल दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सलाई
नेकपा एमालेको ११औँ महाधिवेशन भव्य समारोहबीच भक्तपुरमा उद्घाटन
नेपालमा थप चार मन्त्री नियुक्त
बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुन्छ : बीसीसी
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने
बेलायतको प्रोपर्टी मार्केटमा हुँदै गरेको परिवर्तनमा बारेमा निशुल्क वेभिनार
हङकङको आगलागीमा बितिन् एनआरएनए युकेका पूर्व अध्यक्ष अशोक श्रेष्ठकी पत्नी
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा अनियमितता प्रकरण : ५ जना पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा