लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) युकेकाे हिजो (मंगलबार) सम्पन्न मतदानको परिणाम भोलि साँझ घोषणा हुने भएको छ ।
निर्वाचन समितिका प्रमुख आयुक्त महेन्द्रराज कँडेलका अनुसार मत परिणाम घोषणा भोलि हुने छ ।
अनलाइन मतदान भए पनि मत परिणाम घोषणा हुन समय लागेकोमा आलोचना हुँदै आएको छ । निर्वाचन समितिले मतदान प्रक्रिया पारदर्शी भए नभएको सम्पूर्ण प्रक्रियाको बारेमा स्वतन्त्र निकायको प्रत्यक्ष सहभागिता र अनुगमनमा वैधानिक पर्यवेक्षण भइरहेको जनाएको छ ।
ती सम्पूर्ण प्रक्रिया पूरा गर्नका लागि लाग्ने समयलाई दृष्टिगत गरेर नै करार सम्झौता गरिएको र समितिले यसअघि प्रकाशन गरेको निर्वाचन तालिकाअनुसार नै नतीजा घोषणा हुने कँडेलले जानकारी दिए ।
अनलाइन भोट गर्ने जिम्मा पाएको च्वाइस भोटिङले भोलि साँझ ५ बजे अन्तिम परिणाम निर्वाचन समितिलाई हस्तान्तरण गर्ने योजना छ ।
उनले सर्वसाधारणलाई धैर्यधारण गर्न पनि अनुरोध गरेका छन् ।
एनआरएनए युकेको निर्वाचनमा अध्यक्ष पदका लागि दीपक श्रेष्ठ, प्रेम गाहा मगर र रोजिना प्रधान राई उम्मेदवार छन् । उनीहरुसँगै करिब पाँच दर्जन विभिन्न पदमा उम्मेदवार छन् ।
विदेशबाट मतदान अधिकारबारे तयार पारिएको प्रतिवेदन सार्वजनिक
सहकारी ठगी मुद्दा : रास्वपा सभापति लामिछानेलाई रिहा गर्न अदालतको आदेश
नेकपा एमालेको अध्यक्षमा ओली र महासचिवमा पोखरेल निर्वाचित
नेकपा एमालेको ११ औं महाधिवेशन : धमाधम मतगणना, कसलाई कति मत ?
६ वर्षे एमबीबीएसको पूर्ण छात्रवृत्तिका लागि एनआरएनएद्वारा आवेदन आह्वान