लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) युकेकाे हिजो (मंगलबार) सम्पन्न मतदानको परिणाम भोलि साँझ घोषणा हुने भएको छ ।
निर्वाचन समितिका प्रमुख आयुक्त महेन्द्रराज कँडेलका अनुसार मत परिणाम घोषणा भोलि हुने छ ।
अनलाइन मतदान भए पनि मत परिणाम घोषणा हुन समय लागेकोमा आलोचना हुँदै आएको छ । निर्वाचन समितिले मतदान प्रक्रिया पारदर्शी भए नभएको सम्पूर्ण प्रक्रियाको बारेमा स्वतन्त्र निकायको प्रत्यक्ष सहभागिता र अनुगमनमा वैधानिक पर्यवेक्षण भइरहेको जनाएको छ ।
ती सम्पूर्ण प्रक्रिया पूरा गर्नका लागि लाग्ने समयलाई दृष्टिगत गरेर नै करार सम्झौता गरिएको र समितिले यसअघि प्रकाशन गरेको निर्वाचन तालिकाअनुसार नै नतीजा घोषणा हुने कँडेलले जानकारी दिए ।
अनलाइन भोट गर्ने जिम्मा पाएको च्वाइस भोटिङले भोलि साँझ ५ बजे अन्तिम परिणाम निर्वाचन समितिलाई हस्तान्तरण गर्ने योजना छ ।
उनले सर्वसाधारणलाई धैर्यधारण गर्न पनि अनुरोध गरेका छन् ।
एनआरएनए युकेको निर्वाचनमा अध्यक्ष पदका लागि दीपक श्रेष्ठ, प्रेम गाहा मगर र रोजिना प्रधान राई उम्मेदवार छन् । उनीहरुसँगै करिब पाँच दर्जन विभिन्न पदमा उम्मेदवार छन् ।
बेलायतमा कमलबहादुर गुरुङ फेरि काउन्सिलरमा निर्वाचित
बेलायत निवासी शान्ति लिम्बुको ‘थेम्सको लहरमा तमोरको स्पर्श’ कवितासंग्रह विमोचन
बेलायतमा स्थानीय निर्वाचन : सत्तारुढ दल लेबरलाई झड्का, नेपालीमुलका उम्मेदवार को को भए निर्वाचित ?
बेलायतमा नेपाली दम्पती नै काउन्सिलर निर्वाचित
पूर्वमन्त्री सुदन किराती हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीमा प्रवेश
स्याङ्जा समाज यूकेको संरक्षकमा मेजर कुमार गुरुङ र प्रमुख सल्लाहकारमा विजयबहादुर गुरुङ मनोनीत
बेल्जियममा श्रम संस्कृति पार्टीको प्रवास तदर्थ समिति गठन
डायमण्ड बु्द्धिष्ट सेन्टर यूकेद्वारा तमु लामा बौद्ध धर्म समाजलाई १६ लाख १३ हजार हस्तान्तरण
पत्रकारितामा एआई प्रयोगलाई रचनात्मक र मर्यादित बनाउनेबारे नेपाल पत्रकार महासंघ युकेको प्रशिक्षण
तेह्रथुम समाज यूकेको वार्षिक भेला २०२६ सम्पन्न