लन्डन । गैर आवासीय नेपाली संघ युकेको सोमबार दिउंसो १२ बजे शुरु भएको मतदान अहिलेसम्म विना कुनै प्राविधिक कठिनाइ चलिरहेको निर्वाचन समितिले जनाएको छ।
मतदान मंगलबार दिउंसो १२ बजे सकिने भएकाले मतदान गर्न बांकी मतदाताहरुलाई जति सक्दो चांडो मतदान गर्न समितिले अपिल गरेको छ।
प्रमुख निर्वाचन आयुक्त महेन्द्रराज कँडेलले निर्वाचन गराउन जिम्मा दिइएको ब्रिटिश कम्पनी च्वाइस भोटिंगले सबै मतदाताहरुलाई इमेल पठाइसकेको र अब आफ्नो तर्फ़बाट इमेल पठाउन बाँकी नरहेको बताएको जानकारी दिए।
“कुनै मतदाताको इमेल एक्टिभ नभएको हुन सक्छ, इमेल जंक मेलमा गएर बसेको पनि हुन सक्छ, तुरुन्त चेक गर्न म अनुरोध गर्दछु,” कँडेलले भने। केही मतदाताको सदस्यता बनाउदा नै इमेल फरक पर्न गएकाले इमेल नपाएको गुनासो आएको पनि उनले बताए।
“हामीले सबै गुनासोहरुको तत्काल जवाफ दिने प्रयास गरिरहेका छौं,” उनले भने। यदि कुनै मतदाताले मतदान गराउन जिम्मा दिइएको ब्रिटीश कम्पनी च्वाइस भोटिंगबाट अहिलेसम्म पनि इमेल नपाएको भए [email protected] वा निर्वाचन समितिको फोन नम्बर 07976260155 र 07760184482 मा खबर गर्न निर्वाचन समितिले अनुरोध गरेको छ।
निर्वाचन समितिले ३०० भन्दा बढी मतदाताहरुको इमेल बाउन्स व्याक भएको भन्दै उनीहरुको विवरण आफ्नो वेब साइट www.nrnaukelection.com मा सार्वजनिक गरेको छ।
एनआरएनए युकेमा यस पटक ११,००० बढी मतदाताहरु रहेका छन्। पहिलो पटक अनलाइन माध्यमबाट चुनाव भइरहेको छ।
मतदान मंगलबार दिउंसो सकिए पनि अन्तिम नतिजा बिहीबार मात्रै प्रकाशन गरिने निर्वाचन समितिले जनाएको छ।
कम्बोडियाबाट २० नेपालीको उद्धार
नेपाली कांग्रेस सभापति थापाद्वारा राजीनामा
लन्डनमा ए स्टार नेपाल बास्केटबल लिगको पाँचौँ संस्करण सुरु
यस्ता छन् एनआरएनएको नयाँ कार्यसमितिको पहिलो बैठकका निर्णयहरु
एनआरएनए आईसीसीको नयाँ कार्यसमितिमा बेलायतबाट अध्यक्ष र प्रवक्तासहित १० जना निर्वाचित
भूतपूर्व गोर्खा समस्याबारे लन्डनमा सोमबार फेरि त्रिपक्षीय वार्ता हुने
युद्ध अन्त्यका लागि इरानका तीन शर्त
नेपाल आदिवासी जनजाति महासंघको ११औँ महाधिवेशन चैत ५ र ६ मा हुने
बेलायती मन्त्री सीमा मल्होत्रासँग नेपाली कार्यवाहक राजदूत विपिन दुवाडीको भेटवार्ता
‘स्ट्रेट अफ हर्मुज’बारे अर्को हप्ता लन्डनस्थित आइएमओको मुख्यालयमा ‘विशेष सत्र’