लण्डन । गैर आवासीय नेपाली संघ, एनसीसी यूकेको नयाँ कार्यसमिति चयन गर्न आज (२ अगस्ट) निर्वाचन हुँदै छ । सोमबार मध्यान्ह बाह्र बजेबाट शुरु हुने निर्वाचन मंगलबार मध्यान्ह बाह्र बजेसम्म जारी रहने निर्वाचन समितिले जनाएको छ।
पूर्व निर्धारित कार्यतालिका अनुसार गत शनिबार, ३१ जुलाईमा नै निर्वाचन हुनुपर्ने थियो । तर, निर्वाचन हुनु भन्दा केही घण्टा अगाडि मात्रै निर्वाचन समितिले निर्वाचन स्थगित गर्दै दुई दिन पर सारेको थियो ।
निर्वाचन समितिका सदस्य पशुपति पोखरेलले निर्वाचन ठीक १२ बजे शुरु हुने जानकारी दिए । उनले निर्वाचनका सबै तयारी पूरा भएको बताए ।
यसैबीच समावेशी समूहको तर्फ़बाट अध्यक्ष पदका उम्मेदवार प्रेम गाहा मगरले बेलायतवासी एनआरएनएका सबै पन्जीकृत मतदाताहरुलाई कसैको दबाब र प्रभावमा नपरी निर्धक्क भएर उत्साहपूर्वक मतदान गर्न आह्वान गरेका छन्। सोमबार बिहान एक अपील प्रकाशित गर्दै गाहामगरले ‘संस्थालाई शुद्धिकरण र बेलायतस्थित नेपाली समाजलाई एकीकरण’ गर्ने उद्देश्यले आफुहरु चुनावमा भाग लिइ रहेकाले आफु र आफ्नो टिमलाई मतदान गरी विजयी बनाउन अपिल गरे।
बेलायतस्थित भूतपूर्व गोर्खा सैनिक बाबा आमा, युवा, विद्यार्थी, महिला, व्यवसायी लगायत सम्पूर्ण नेपाली समुदायको समस्या र चाहनाका बारे म अवगत छु। यो संस्था र बेलायतस्थित नेपाली समाजको हितको लागि मैले चौबिसै घण्टा काम गर्ने छु,” एनआरएनए युकेमा दुइ पटक उपाध्यक्ष भै सकेका गाहा मगरले भने। “तपाइंहरु सबैको आशिर्वाद पाउनेमा हामी विश्वस्त छौं। “
उनले आफूले अगाडी सारेका सात बुंदे एजेन्डालाई कार्यान्वयन गर्न म्यान्डेट दिन पनि सबै मतदाताहरुलाई अपिल गरेका छन्।
यस्तै अध्यक्षका अर्का उम्मेदवार दीपक श्रेष्ठले पनि आज हुने निर्वाचनमा सरिक हुन र आफूलाई मतदान गर्न अनुरोध गरेका छन् । ”यहाँको एक अमूल्य मतले हाम्रो यस अभियानमा एनआरएन युकेको संस्थागत विकास र जनसमुदायको सेवामा अर्थपूर्ण सहयोग पुग्नेमा हामी विश्वास दिलाउन चाहन्छौँ” श्रेष्ठले भनेका छन् ।
एनआरएनए बेलायतमा पहिलोपटक अनलाइनबाट निर्वाचन हुँदैछ । यस निर्वाचनमा ११ हजार ३६३ मतदाता रहेका छन्
एनपिएल दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सलाई
नेकपा एमालेको ११औँ महाधिवेशन भव्य समारोहबीच भक्तपुरमा उद्घाटन
नेपालमा थप चार मन्त्री नियुक्त
बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुन्छ : बीसीसी
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने
बेलायतको प्रोपर्टी मार्केटमा हुँदै गरेको परिवर्तनमा बारेमा निशुल्क वेभिनार
हङकङको आगलागीमा बितिन् एनआरएनए युकेका पूर्व अध्यक्ष अशोक श्रेष्ठकी पत्नी
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा अनियमितता प्रकरण : ५ जना पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा