लण्डन । एनआरएनए युकेको निर्वाचन दुई दिनपछि सारिएकोमा गम्भीर चासो व्यक्त गर्दै एनआरएनए युकेका संस्थापकहरुले प्रमुख निर्वाचन आयुक्त महेन्द्र कँडेललाई राजिनामा दिन सुझाव दिएका छन् ।
एनआरएनए युकेका संस्थापक अध्यक्ष महन्त श्रेष्ठ, एनआरएनए युकेका संस्थापक संयोजक प्रा. कुल बहादुर लुइँटेल, संस्थापक उपाध्यक्ष अशोक श्रेष्ठ, संस्थापक उपाध्यक्ष विजय थापा, संस्थापक सचिव डा. कृष्ण उपाध्याय, संस्थापक कोषाध्यक्ष शंकर भण्डारी, संस्थापक सदस्यहरु कृष्ण भट्ट, विपिन निरौला र शान्तविनोद लामिछानेले आज एक पत्र लेख्दै कँडेललाई नैतिक जिम्मेवारी लिई राजिनामा दिन सुझाएका हुन् ।
”ब्रिटिश कम्पनीले तोकिएको समयमै चुनाव गराउन सक्छु भन्दाभन्दै पनि चुनाव पर सार्ने गरिंदा बेलायतस्थित नेपाली समाजमा भ्रम, आशंका र संस्थाप्रति नै अविश्वास पैदा भएको छ। त्यसैले यस्तो स्थिति उत्पन्न हुनुमा तपाईंको व्यवहार नै प्रमुख जिम्मेवार देखिएकाले यो सम्पूर्ण प्रकरणको नैतिक जिम्मेवारी लिइ मार्ग प्रशस्त गरि दिनु हुन हामी सुझाव दिन चाहन्छौं”, पत्रमा भनिएको छ ।
पत्र जस्ताको तस्तै
विषय: एनआरएनए युकेको निर्वाचन बारे
श्री महेन्द्र राज कडेल ज्यू,
निर्वाचन प्रमुख संयोजक
एनआरएनए युके निर्वाचन समिति २०२१
मिती: 31 July 2021
उक्त विषयमा एनआरएनए युकेको शुक्रबार राती १२ बजेबाट मतदान गर्ने गरी निर्वाचन कार्यक्रम सार्वजनिक गरिएको तर त्यसको केहि घण्टा अघि आकस्मिक रुपमा मतदान कार्यक्रम रोकिएको प्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ। बेलायतस्थित नेपाली समाजको एक जिम्मेवार सदस्य तथा एनआरएनए युकेको स्थापना काल देखि नै संस्थाको हित र गरिमा बढाउन चासो राख्दै आएका कारण तपाईंलाई निम्न सुझाव दिन चाहन्छौं।
१. एनआरएनए युके कार्य समितिले तपाईंलाई निर्वाचन प्रमुख संयोजक तोके पछि पनि महिनौं सम्म तपाईंले समिति विस्तार गर्नु भएन। पछि एक पक्षीयरुपमा समिति गठन गर्नु भएको भन्ने आरोप लाग्यो। त्यस्तै अनलाइन निर्वाचनको लागि समयमै चुनाव गराउने कम्पनि (भेंडर) संग सम्झौता गर्नु पर्नेमा महत्वपूर्ण समय खेर फाली अन्तिम समयमा आएर एउटा ब्रिटिश कम्पनी, ChoiceVoting , संग गत मंगलबार (जुलाई २७ तारिख) मा मात्रै सम्झौता गरिएको विवरण सार्वजनिक भयो। चुनाव हुनु केवल ४ दिन अघि मात्रै भेन्डरसंग सम्झौता गर्ने तपाईंको निर्णयले तपाईंको असक्षमता प्रदर्शन गरेको छ भन्ने कि नभन्ने?
२. तपाईं संयोजक नियुक्त भए देखिका तपाईंका व्यवहार अपारदर्शी र एउटा खास उम्मेदवार वा पक्षलाई फाइदा पुराउने खालका छन् भन्ने आरोप लागेको छ। तपाईं के भन्नु हुन्छ ?
३. ३१ जुलाई २०२१ मा मतदान गर्ने भनी कार्यक्रम प्रकाशित गर्ने तर विना कुनै भरपर्दो कारण ब्रिटिश कम्पनीले तोकिएको समयमै चुनाव गराउन सक्छु भन्दाभन्दै पनि चुनाव पर सार्ने गरिंदा बेलायतस्थित नेपाली समाजमा भ्रम, आशंका र संस्थाप्रति नै अविश्वास पैदा भएको छ। त्यसैले यस्तो स्थिति उत्पन्न हुनुमा तपाईंको व्यवहार नै प्रमुख जिम्मेवार देखिएकाले यो सम्पूर्ण प्रकरणको नैतिक जिम्मेवारी लिइ मार्ग प्रशस्त गरि दिनु हुन हामी सुझाव दिन चाहन्छौं ।
साथै हामी एनआरएनए युके संरक्षक परिषद्, केन्द्रिय पर्यवेक्षक लगायत वर्तमान कार्य समितिले सक्षम, नयाँ चुनाव संयोजक चयन गरि जति सक्दो चांडो चुनाव कार्यक्रम शुरु गर्न पनि हामी सुझाव दिन्छौं।
महन्त श्रेष्ठ, संस्थापक अध्यक्ष, एनआरएनए युके
प्रा. कुल बहादुर लुइँटेल, संस्थापक संयोजक, एनआरएनए युके
अशोक श्रेष्ठ, संस्थापक उपाध्यक्ष
विजय थापा, संस्थापक उपाध्यक्ष
कृष्ण उपाध्याय, संस्थापक सचिव
शंकर भण्डारी, संस्थापक कोषाध्यक्ष
संस्थापक सदस्यहरु:
कृष्ण भट्ट
बिपिन निरौला
शान्त विनोद लामिछाने
एनपिएल दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सलाई
नेकपा एमालेको ११औँ महाधिवेशन भव्य समारोहबीच भक्तपुरमा उद्घाटन
नेपालमा थप चार मन्त्री नियुक्त
बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुन्छ : बीसीसी
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने
बेलायतको प्रोपर्टी मार्केटमा हुँदै गरेको परिवर्तनमा बारेमा निशुल्क वेभिनार
हङकङको आगलागीमा बितिन् एनआरएनए युकेका पूर्व अध्यक्ष अशोक श्रेष्ठकी पत्नी
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा अनियमितता प्रकरण : ५ जना पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा