लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) युकेको राष्ट्रिय समन्वय समिति तथा इङल्याण्ड र स्कटल्याण्ड राज्य समितिका लागि आज राति मतदान शुरु हुने मतदान सरेको छ ।
निर्वाचन समितिको संयोजक महेन्द्रराज कँडेलले शुक्रबार साँझ एक सूचना प्रकाशित गर्दै नयाँ प्रविधिबाट मतदान गराउन लागिएको र मतदातालाई प्राविधिक प्रक्रिया बुझाउन समय नपुगेका कारण मतदान पर सारिएको बताएका छन् ।
अब नयाँ निर्वाचन हुने समय अगष्ट २ दिउँसो १२ बजेबाट शुरु भई मंगलबार १२ बजेसम्म तोकिएको छ । मतदानको परिणाम बिहीबार साँझ ५ बजे घोषणा हुनेछ ।
निर्वाचन समितिले मतदानको समय सार्नाले परेको असुविधाप्रति क्षमायाचना गरेको छ ।
गैरआवासीय नेपाली अभियानको शुरुवात भएको मुलुक बेलायतमा यसवर्ष पहिलोपटक अनलाइनबाट मतदान हुन लागेको छ । अनलाइन मतदान गर्नका लागि निर्वाचन समितिले बेलायतको च्वाइस भोटिङ सिस्टमलाई जिम्मा दिएको छ ।
प्रमुख निर्वाचन आयुक्त महेन्द्र कँडेलका अनुसार मतदाताले फाराम भर्दा दिएको इमेल ठेगानामा भोट दिनका लागि लिङ्क पठाइनेछ । सो लिङ्कलाई क्लीक गरेपछि मतपत्र खुल्नेछ र त्यसपछि विभिन्न पदहरुमा उम्मेदवारी दिएका उम्मेदवारहरुलाई छानी भोट दिन पाइनेछ । उनले अनलाइन भोटिङ प्रणाली परम्परागत भोटिङ प्रणालीभन्दा सस्तो भएको दाबी गरे । उनले सो सिस्टमका लागि १३ हजार पाउण्ड जति तिर्न परेको प्रष्ट पारे ।
मतदान गर्दा एउटा आइपी ठेगाना वा डिभाइसबाट पाँचवटा मात्र भोट दिन सकिने बताइएको छ । तर उनले अनलाइनमा सबै कार्यको रेकर्ड रहने भएकाले बदनियत राखी कुनै कार्य नगर्न उनले सबैलाई सचेत पारेका छन् ।
करिब ११ हजार मतदाता रहेको बेलायतमा मतदातालाई आफ्नो पक्षमा पार्न उम्मेदवारहरु अन्तिम अभियानमा छन् ।
बेलायत राष्ट्रिय समितिमा अध्यक्ष पदका लागि रोजिना प्रधान राई, प्रेम गाहामगर र दीपक श्रेष्ठ उम्मेदवार बनेका छन् भने इङल्याण्ड राज्यका लागि अध्यक्षमा डा मीन रानाभाट र लालबहादुर गुरुङ, स्कटल्याण्ड राज्य समितिका लागि दीवाकर पाण्डे र काशीराम भण्डारी निर्वाचनको मैदानमा छन् ।
‘हान्टाभाइरस’ प्रभावित पानीजहाज स्पेन पुग्दै, स्थानीयलाई नआत्तिन आग्रह
बेलायतमा कमलबहादुर गुरुङ फेरि काउन्सिलरमा निर्वाचित
बेलायत निवासी शान्ति लिम्बुको ‘थेम्सको लहरमा तमोरको स्पर्श’ कवितासंग्रह विमोचन
बेलायतमा स्थानीय निर्वाचन : सत्तारुढ दल लेबरलाई झड्का, नेपालीमुलका उम्मेदवार को को भए निर्वाचित ?
बेलायतमा नेपाली दम्पती नै काउन्सिलर निर्वाचित
बेल्जियममा श्रम संस्कृति पार्टीको प्रवास तदर्थ समिति गठन
स्याङ्जा समाज यूकेको संरक्षकमा मेजर कुमार गुरुङ र प्रमुख सल्लाहकारमा विजयबहादुर गुरुङ मनोनीत
डायमण्ड बु्द्धिष्ट सेन्टर यूकेद्वारा तमु लामा बौद्ध धर्म समाजलाई १६ लाख १३ हजार हस्तान्तरण
तेह्रथुम समाज यूकेको वार्षिक भेला २०२६ सम्पन्न
पत्रकारितामा एआई प्रयोगलाई रचनात्मक र मर्यादित बनाउनेबारे नेपाल पत्रकार महासंघ युकेको प्रशिक्षण