लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) युकेको यही शनिबार (जुलाई ३१) मा हुने निर्वाचनमा कसरी अनलाइन मतदान गर्ने भन्ने बारेमा निर्वाचन समितिले भिडियो डेमो सार्वजनिक गरेको छ ।
निर्वाचन समितिले मतदान प्रक्रियाका बारेमा बिहीबार नेपाली र अंग्रेजीमा भिडियो सामग्री उपलब्ध गराएको हो ।
सोअनुसार मतदाताले इमेल प्राप्त गर्नेछन् । भोट दिन तयार भएपछि मतदाताले सो लिङ्कमा क्लीक गर्नुपर्नेछ । त्यसमा क्लीक गरेपछि धेरै मानिसहरुले एकैपटक मतदान गरिरहेका कारण केही समय पर्खन पर्ने पनि हुन सक्छ । त्यसपछि भोटिङ प्लाटफर्ममा लगिने छ । जहाँ बायाँतर्फ पद र दायाँतर्फ उम्मेदवारको नाम हुनेछ । उम्मेदवारको नामसँगै घोषणा पत्र पनि हुनेछ ।
उम्मेदवारको नामसँगै हरियो रंगमा उम्मेदवार छान्ने अप्सन हुनेछ । यसरी छानिएका उम्मेदवारलाई हटाउन मन लागेमा उम्मेदवारको नामसँगै दायाँ पट्टिको रातोमा क्लीक गर्न सकिनेछ । त्यसपछि पनि भोट गर्नुपूर्व मन परिवर्तन भएमा ‘क्यान्सिल’ गर्न पाइनेछ तर ‘भोट’ मा थिचिसकेपछि भने पाइने छैन ।
यही प्रक्रिया अरु पदका उम्मेदवारमा गर्नु पर्नेछ । सबैलाई भोट दिएपछि साइन आउट गर्न भनिएको छ ।
थप जानकारीका लागि तलको भिडियो हेर्नुहोला। भिडियो स्रोत निर्वाचन समिति
‘हान्टाभाइरस’ प्रभावित पानीजहाज स्पेन पुग्दै, स्थानीयलाई नआत्तिन आग्रह
बेलायतमा कमलबहादुर गुरुङ फेरि काउन्सिलरमा निर्वाचित
बेलायत निवासी शान्ति लिम्बुको ‘थेम्सको लहरमा तमोरको स्पर्श’ कवितासंग्रह विमोचन
बेलायतमा स्थानीय निर्वाचन : सत्तारुढ दल लेबरलाई झड्का, नेपालीमुलका उम्मेदवार को को भए निर्वाचित ?
बेलायतमा नेपाली दम्पती नै काउन्सिलर निर्वाचित
स्याङ्जा समाज यूकेको संरक्षकमा मेजर कुमार गुरुङ र प्रमुख सल्लाहकारमा विजयबहादुर गुरुङ मनोनीत
बेल्जियममा श्रम संस्कृति पार्टीको प्रवास तदर्थ समिति गठन
डायमण्ड बु्द्धिष्ट सेन्टर यूकेद्वारा तमु लामा बौद्ध धर्म समाजलाई १६ लाख १३ हजार हस्तान्तरण
पत्रकारितामा एआई प्रयोगलाई रचनात्मक र मर्यादित बनाउनेबारे नेपाल पत्रकार महासंघ युकेको प्रशिक्षण
तेह्रथुम समाज यूकेको वार्षिक भेला २०२६ सम्पन्न