लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) युकेको यही शनिबार (जुलाई ३१) मा हुने निर्वाचनमा कसरी अनलाइन मतदान गर्ने भन्ने बारेमा निर्वाचन समितिले भिडियो डेमो सार्वजनिक गरेको छ ।
निर्वाचन समितिले मतदान प्रक्रियाका बारेमा बिहीबार नेपाली र अंग्रेजीमा भिडियो सामग्री उपलब्ध गराएको हो ।
सोअनुसार मतदाताले इमेल प्राप्त गर्नेछन् । भोट दिन तयार भएपछि मतदाताले सो लिङ्कमा क्लीक गर्नुपर्नेछ । त्यसमा क्लीक गरेपछि धेरै मानिसहरुले एकैपटक मतदान गरिरहेका कारण केही समय पर्खन पर्ने पनि हुन सक्छ । त्यसपछि भोटिङ प्लाटफर्ममा लगिने छ । जहाँ बायाँतर्फ पद र दायाँतर्फ उम्मेदवारको नाम हुनेछ । उम्मेदवारको नामसँगै घोषणा पत्र पनि हुनेछ ।
उम्मेदवारको नामसँगै हरियो रंगमा उम्मेदवार छान्ने अप्सन हुनेछ । यसरी छानिएका उम्मेदवारलाई हटाउन मन लागेमा उम्मेदवारको नामसँगै दायाँ पट्टिको रातोमा क्लीक गर्न सकिनेछ । त्यसपछि पनि भोट गर्नुपूर्व मन परिवर्तन भएमा ‘क्यान्सिल’ गर्न पाइनेछ तर ‘भोट’ मा थिचिसकेपछि भने पाइने छैन ।
यही प्रक्रिया अरु पदका उम्मेदवारमा गर्नु पर्नेछ । सबैलाई भोट दिएपछि साइन आउट गर्न भनिएको छ ।
थप जानकारीका लागि तलको भिडियो हेर्नुहोला। भिडियो स्रोत निर्वाचन समिति
अष्ट्रेलिया सिड्नीमा गोलीकाण्ड, कम्तीमा ११ जनाको ज्यान गयो
यस्तो चयन हुनेछ एमालेको केन्द्रीय कमिटीको संरचना
बेलायतका घरधनीहरूलाई नयाँ नियमबारे जानकारी राख्न आग्रह
एनपिएल दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सलाई
नेकपा एमालेको ११औँ महाधिवेशन भव्य समारोहबीच भक्तपुरमा उद्घाटन
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
नेपाल सरकार र जेनजी प्रतिनिधिबीच १० बुँदे सहमति, के के छन् ?
नेपाली प्रतिभा प्रतिष्ठान बेलायतद्वारा किराती र चौधरीलाई सम्मान तथा पुरस्कार
अस्ट्रेलियाको एडिलेड विश्वविद्यालयले दियो नेपाली युवा श्यामसुन्दर श्रेष्ठलाई ‘ब्राइट स्पार्क अवार्ड’