लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) बेलायतको निर्वाचन घोषित मिति जुलाई ३१ मै हुनेभएको छ ।
प्रमुख निर्वाचन आयुक्त महेन्द्रराज कँडेलले बुधबार एक पत्रकार सम्मेलन गर्दै सोको जानकारी दिएका हुन् । यसअघि आइतबार सम्पन्न अधिवेसनमा प्रमुख निर्वाचन आयुक्त कँडेलले प्राविधिक कारणले निर्वाचन एक साता सर्न पनि सक्ने संकेत गरेका थिए ।
कँडेलले अनलाइनबाट निर्वाचन गराउन च्वाइस भोटिङ नामक बेलायती कम्पनीसित मंगलबार सम्झौता भइसकेको र अब पूर्व घोषित मितिमै चुनाव गर्नमा कुनै समस्या नभएको प्रष्ट पारे । ‘अब तोकिएको मितिमै निर्वाचन हुन्छ यसमा तपाईहरु ढुक्क हुनुहोस् । स्वतन्त्र र निस्पक्ष निर्वाचनका लागि देखेको, जानेको, सुनेको सबै कार्य गर्नेछौँ’ उनले भने । तर बेलायतमा पहिलोपटक अनलाइनबाट निर्वाचन हुन लागेकाले केही गल्तीहरु हुन सक्नेतर्फ उनले सचेत पारे ।
अमेरिकी तथा स्पेनी कम्पनीहरुबाट सस्तोमा बोलपत्र आएको भए पनि उनीहरुमा त्यति विश्वास नभएकाले ब्रिटिश कम्पनी छनौट गरिएको उनले बताए । उनका अनुसार निर्वाचन गराउने कम्पनीका लागि करिब १३ देखि १४ हजार पाउण्ड खर्च हुन सक्नेछ ।
अनलाइनबाट निर्वाचन गरिए पनि निर्वाचन परिणाम आउन भने ढिलाइ हुन सक्ने संकेत उनले गरे । बेलायतको कानुन पालना गर्ने भएकाले सो कम्पनीले सोमबार मात्र प्रारम्भिक नतीजा दिनसक्ने र अन्तिम नतीजा मंगलबार मात्र आउन सक्ने बताएको पनि उनले प्रष्ट पारे । ‘हामीले अनलाइन भोटको नतीजा आउन पनि किन यति लामो समय लाग्ने भनेर जिज्ञासा राखेका छौँ र सकेसम्म चाँडो मतपरिणाम ल्याउन प्रयासरत छौँ’ उनले भने ।
मतदान कसरी सम्पन्न हुन्छ भन्ने बारेमा निर्वाचन समितिले निर्वाचन सम्बन्धी सूचना तुरुन्तै प्रकाशन गर्ने जानकारी पनि उनले दिए । निर्वाचन कसरी सम्पन्न हुन्छ भन्ने बारेमा मतदाताहरुलाई सचेत बनाउन सहयोग गर्न उनले उम्मेदवारहरु र मिडियालाई अनुरोध गरे ।
एनआरएनए केन्द्रको सदस्यता प्रणालीबाट निर्वाचन गराउन सबै उम्मेदवारहरुको विश्वास नभएकाले तेस्रो पार्टीलाई मतदान गराउनका लागि सम्झौता गर्नु परेको उनले बताए ।
यसपटकको मतदानमा प्रविधिले मतदाताको अनुहार पहिचान गरेर एकजना मतदाताको मत अर्को मतदाताले हाल्न नपाउने व्यवस्था भने यसपटकको निर्वाचनमा हुन नसक्ने उनले बताए । अनुहार पहिचान गर्नसक्ने पक्का गर्न सदस्य बनाउँदा नै त्यस्तो व्यवस्था गर्नुपर्ने सुझाव पनि उनले दिए ।
एउटा डिभाइस वा एउटा आइपी ठेगानाबाट पाँच जनाले मत दिन पाउने कँडेलले स्पष्ट पारे ।
एनआरएनए युकेमा हाल ११ हजार ३६३ मतदाता रहेका छन् । उनीहरुले स्कटल्याण्ड र इङल्याण्ड राज्य समितिहरु र बेलायत राष्ट्रिय समितिका लागि मतदान गर्नेछन् ।
पत्रकार सम्मेलनको संचालन निर्वाचन समितिका सदस्यसचिव कर्णबहादुर शाहीले गरेका थिए ।
अष्ट्रेलिया सिड्नीमा गोलीकाण्ड, कम्तीमा ११ जनाको ज्यान गयो
यस्तो चयन हुनेछ एमालेको केन्द्रीय कमिटीको संरचना
बेलायतका घरधनीहरूलाई नयाँ नियमबारे जानकारी राख्न आग्रह
एनपिएल दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सलाई
नेकपा एमालेको ११औँ महाधिवेशन भव्य समारोहबीच भक्तपुरमा उद्घाटन
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
नेपाल सरकार र जेनजी प्रतिनिधिबीच १० बुँदे सहमति, के के छन् ?
नेपाली प्रतिभा प्रतिष्ठान बेलायतद्वारा किराती र चौधरीलाई सम्मान तथा पुरस्कार
अस्ट्रेलियाको एडिलेड विश्वविद्यालयले दियो नेपाली युवा श्यामसुन्दर श्रेष्ठलाई ‘ब्राइट स्पार्क अवार्ड’