लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएन) को अधिवेसन रातभर चलेको छ ।
हिजो आइतबार दिउँसाे ११ बजेदेखि भर्चुअलरुपमा शुरु भएको दशौं अधिवेसन सोमबार बिहान साढे ५ बजे सम्पन्न भएको छ ।
अधिवेसनकाे उद्घाटन सत्रमा बेलायतका लागि नेपाली राजदुत लोकदर्शन रेग्मी, गैरआवासीय नेपाली संघ (एनआरएन) अन्तर्राष्ट्रिय समन्वय समितिका अध्यक्ष कुमार पन्त, उपाध्यक्ष डा बद्री केसी, महासचिव डा हेमराज शर्मा, प्रवक्ता डिबी क्षेत्री, युवा संयोजक हिमाल गुरुङ, सल्लाहकारहरु कुल आचार्य, विश्वआदर्श पण्डित, युके एनसिसीका पूर्व अध्यक्षहरु योगकुमार फगामी, महेन्द्र कँडेल, सूर्य गुरुङ, युरोप संयोजक नारायण आचार्य, सहसंयोजक कृष्ण तिमिल्सिना, आइसिसी सदस्य रामशरण सिंखडा, गोरखा टास्क फोर्सका संयोजक लेफ्टिनेण्ट रिटायर्ड चन्द्र गुरुङ, प्रवासी नेपाली मन्च युकेका अध्यक्ष भक्त गुरुङ लगायतले शुभकामना व्यक्त गरेका थिए ।
एनआरएनए युकेका अध्यक्ष पुनम गुरुङको अध्यक्षतामा भएको सो सत्रको संचालन महासचिव फडिन्द्र भट्टराईले गरेका थिए ।
उद्घाटन सत्रमा कीर्तिमानी आरोही निर्मल पुर्जालाई सम्मान गरिएको थियो । यसैगरी संघको मुखपत्र ‘एनआरएन भ्वाइस’ को पनि आवरण सार्वजनिक गरिएको थियो ।
सो समारोह करिब साढे चार घण्टा चलेको थियो ।
अधिवेसनको दोस्रो सत्र करिब साढे ४ बजे शुरु भएको थियो । सो सत्रमा महासचिव फडिन्द्र भट्टराईले सांगठानिक प्रतिवेदन र कोषाध्यक्ष ईन्जिनियर तेजेन्द्र रोकामगरले आर्थिक प्रतिवेदन पेश गरेका थिए । प्रतिवेदनमाथिको छलफलका क्रममा विषयहरु तानिँदै गएपछि छलफल लम्बिएको थियो । लामो छलफलपश्चात दुवै प्रतिवेदन पारित भएको थियो । सोही सत्रमा बेलायतभित्रका चारवटा अन्य राज्यसमितिहरुले पनि प्रतिवेदन प्रस्तुत गरेका थिए ।
सोमबार बिहान करिब साढे ५ बजे छलफल सकिँदा पनि उल्लेख्य संख्यामा सहभागीहरुले भाग लिएको महासचिव फडिन्द्र भट्टराईले जानकारी दिए । ‘रातभर पनि सहभागीहरुले उत्तिकै सक्रियतापूर्वक छलफलमा भाग लिनुभयो’ उनले भने ।
यसभन्दा अघि एनआरएनए युकेको अधिवेसन भौतिक उपस्थितिमा हुने गरेको थियो तथापि यति लामो समयसम्म कहिल्यै चलेको थिएन । कोरोना महामारीका कारण भौतिक उपस्थिति असम्भव भएपछि पहिलोपटक एनआरएनए युकेको अधिवेसन र निर्वाचन अनलाइनमार्फत हुन लागेको छ ।
‘हान्टाभाइरस’ प्रभावित पानीजहाज स्पेन पुग्दै, स्थानीयलाई नआत्तिन आग्रह
बेलायतमा कमलबहादुर गुरुङ फेरि काउन्सिलरमा निर्वाचित
बेलायत निवासी शान्ति लिम्बुको ‘थेम्सको लहरमा तमोरको स्पर्श’ कवितासंग्रह विमोचन
बेलायतमा स्थानीय निर्वाचन : सत्तारुढ दल लेबरलाई झड्का, नेपालीमुलका उम्मेदवार को को भए निर्वाचित ?
बेलायतमा नेपाली दम्पती नै काउन्सिलर निर्वाचित
बेल्जियममा श्रम संस्कृति पार्टीको प्रवास तदर्थ समिति गठन
स्याङ्जा समाज यूकेको संरक्षकमा मेजर कुमार गुरुङ र प्रमुख सल्लाहकारमा विजयबहादुर गुरुङ मनोनीत
डायमण्ड बु्द्धिष्ट सेन्टर यूकेद्वारा तमु लामा बौद्ध धर्म समाजलाई १६ लाख १३ हजार हस्तान्तरण
तेह्रथुम समाज यूकेको वार्षिक भेला २०२६ सम्पन्न
पत्रकारितामा एआई प्रयोगलाई रचनात्मक र मर्यादित बनाउनेबारे नेपाल पत्रकार महासंघ युकेको प्रशिक्षण