लण्डन । डार्टफोर्ड नेपाली समाजको अध्यक्षमा लेखनाथ खरेल निर्वाचित भएका छन् ।
समाजको शनिबार सम्पन्न भर्चुअल अधिवेसनले खरेलको अध्यक्षतामा सर्वसम्मतिले नयाँ कार्यसमिति चयन गरेको हो ।
नवनिर्वाचित कार्यसमितिको उपाध्यक्षमा रुद्र कोइराला, महिला उपाध्यक्षमा विना पाण्डे घिमिरे, सचिवमा हरिबहादुर हड्खले, कोषाध्यक्षमा पारिजात बन्जाडे पाठक रहेका छन् । सदस्यहरुमा तारा भट्ट, शारदाप्रसाद कालाखेती, अस्मिता पाण्डे, मीरा घले, हरि पन्थ र सुनिता थापा रहेका छन् ।
कार्यसमितिको महासचिव र तीन सदस्य कार्यसमिति चयन गर्नेछ ।
नवनिर्वाचित कार्यसमितिलाई निर्वाचन समितिका संयोजक चण्डिका भट्टले सपथ गराएका थिए ।
नयाँ कार्यसमिति चयनका लागि चण्डिका भट्टको संयोजकत्वमा राजेश पाठक, दीपक थापा, वेद भट्टराई र नरेश खपाङ्गीमगर रहेको निर्वाचन समिति गठन गरिएको थियो ।
नवनिर्वाचित समितिका अध्यक्ष खरेलले सबैलाई समेटेर समाजलाई अगाडी बढाउने प्रतिवद्धता व्यक्त गरेका थिए । पूर्व कार्यसमितिले गरेका राम्रा कार्यहरुलाई निरन्तरता दिने र विगतका गल्तीहरुबाट पाठ सिक्दै अगाडी बढ्ने पनि उनले बताए ।
यसअघि पहिलो सत्र समाजका अध्यक्ष गजेन्द्र कटुवालको अध्यक्षता र महासचिव लेखनाथ खरेलको संचालनमा भएको थियो । सो सत्रमा उपाध्यक्ष आशा फेरालीले स्वागत मन्तब्य व्यक्त गर्नुभएको थियो । सो सत्रमा कोषाध्यक्ष हरिबहादुर हड्खलेले आर्थिक प्रतिवेदन र महासचिव लेखनाथ खरेलले सांगठानिक प्रतिवेदन पेश गरेका थिए ।
कार्यक्रममा सचिव धन क्षेत्रीले धन्यवाद ज्ञापन गरेका थिए ।
‘हान्टाभाइरस’ प्रभावित पानीजहाज स्पेन पुग्दै, स्थानीयलाई नआत्तिन आग्रह
बेलायतमा कमलबहादुर गुरुङ फेरि काउन्सिलरमा निर्वाचित
बेलायत निवासी शान्ति लिम्बुको ‘थेम्सको लहरमा तमोरको स्पर्श’ कवितासंग्रह विमोचन
बेलायतमा स्थानीय निर्वाचन : सत्तारुढ दल लेबरलाई झड्का, नेपालीमुलका उम्मेदवार को को भए निर्वाचित ?
बेलायतमा नेपाली दम्पती नै काउन्सिलर निर्वाचित
स्याङ्जा समाज यूकेको संरक्षकमा मेजर कुमार गुरुङ र प्रमुख सल्लाहकारमा विजयबहादुर गुरुङ मनोनीत
बेल्जियममा श्रम संस्कृति पार्टीको प्रवास तदर्थ समिति गठन
डायमण्ड बु्द्धिष्ट सेन्टर यूकेद्वारा तमु लामा बौद्ध धर्म समाजलाई १६ लाख १३ हजार हस्तान्तरण
पत्रकारितामा एआई प्रयोगलाई रचनात्मक र मर्यादित बनाउनेबारे नेपाल पत्रकार महासंघ युकेको प्रशिक्षण
तेह्रथुम समाज यूकेको वार्षिक भेला २०२६ सम्पन्न