लण्डन । प्राय व्यापारी र राजनीतिकर्मीहरुको दबदबा एनआरएनए अभियानमा रहने गरेको छ । सोही कारणले पेशाकर्मीहरु र सर्वसाधारणले सो अभियानप्रति वितृष्णा देखाउने गरेको पनि यदाकदा सुन्न पाइन्छ । यस्तै परिवेशका बीच एनआरएनए युकेको यही जुलाई ३१ मा सम्पन्न हुन गइरहेको निर्वाचनमा केही प्रोफेसनल्सहरुले उम्मेदवारी दिएका छन् ।
एनआरएनए युकेको उपाध्यक्ष पदमा उम्मेदवारी दिएका तेजेन्द्र रोकामगर पेशाले सिभिल ईन्जिनियर हुन् । उनी नेपाल ईन्जिनियर्स एसोसिएसन युके केन्द्रका संस्थापक अध्यक्ष पनि हुन् । उनकै नेतृत्वमा नेपाल ईन्जिनियर्स एसोसिएसनले बेलायतमा शाखा खोलेको थियो । उनी हाल जोसेफ गालाघर लिमिटेडमा सिनियर साइट इन्जिनियरका रुपमा कार्यरत छन् । उनी वर्तमान कार्यसमितिमा कोषाध्यक्ष छन् ।
उपाध्यक्ष पदका उम्मेदवार पवन शर्मा पेशाले चार्टर्ड अकाउण्टेण्ट हुन् । उनको बेलायतमा विभिन्न व्यवसायमा लगानी पनि छ । उपाध्यक्षका अर्का उम्मेदवार गोविन्द खरेल पेशाले डाटा साइन्टिष्ट हुन् । उनी ला वागन भन्ने संस्थामा आवद्ध छन् ।
महिला उपाध्यक्षमा उम्मेदवारी दिएकी प्रसुना कँडेल पेशाले नर्स हुन् । उनी बेलायतको राष्ट्रिय स्वास्थ्य सेवा (एनएचएस) मा कार्यरत छिन् । नेपाल नर्सेज एसोसिएन युकेकी पूर्व अध्यक्ष रहिसकेकी छिन् । वर्तमान कार्यसमितिमा उनले महिला संयोजक रहेर जिम्मेवारी बहन गरिसकेकी छिन् ।
महासचिवका उम्मेदवार डा. मुकुन्द बाँस्तोला अर्थशास्त्री हुन् । उनले कार्डिफ मेट विश्वविद्यालयबाट अर्थशास्त्र विषयमा विद्यावारिधी गरेका छन् । उनी हाल जोन्सन केयर ग्रुपमा परामर्शदाताका रुपमा कार्यरत छन् ।
इङल्याण्ड राज्यसमितिका अध्यक्षका उम्मेदवार डा. मीन रानाभाट शिक्षाविद् हुन् । उनले युनिभर्सिटी कलेज लण्डनबाट शिक्षा, विकास र अर्थशास्त्र विषयमा विद्यावारिधि गरेका छन् । उनी सो विश्वविद्यालयमा विद्यार्थी युनियनका अध्यक्ष पनि चुनिएका थिए । उनी अहिले स्वतन्त्र अनुसन्धाता हुन् ।
स्कटल्याण्ड राज्य समन्वय समितिका सहसचिवमा उम्मेदवार प्रकाश अर्याल वैज्ञानिक पनि हुन् । उनले विज्ञान विषयमा विद्यावारिधी गरेका छन् ।
अन्तर्राष्ट्रिय समन्वय समितिमा निर्विरोध भइसकेका दिनेश घिमिरे मोर्गेज एडभाइजर हुन् भने राजेन्द्र पुडासैनी र एलएन पाण्डे क्रमश: नर्स र चार्टर्ड अकाउण्टेण्ट हुन् ।
इङल्याण्ड राज्यसमितिका कोषाध्यक्षमा उम्मेदवारी दिएका राजु बोहोरा नेप्लिज सेफ्स एसोसिएसन युकेका प्रवक्ता हुन् भने राष्ट्रिय समन्वय समितिका सदस्यका उम्मेदवार मोहन ओली सोही संस्थाका प्रवक्ता हुन् ।
यसअघिका कार्यसमितिहरुमा पनि सचिन श्रेष्ठ चार्टर्ड अकाण्टेण्ट, राजकुमार त्रिपाठी ईन्जिनियर, सुनिल साह र दिलिप यादव चिकित्सक, डा. प्रेम आले पीएचडी, डा कृष्ण उपाध्याय, डा कुल लुइँटेल, स्वर्गीय डा चन्द्र लक्सम्बा लगायतका पेशाकर्मीहरु एनआरएनए युकेमा निर्वाचित भई काम गरेका थिए । प्रोफेसर सूर्य सुवेदी लामो समय यस संस्थाको संरक्षक थिए ।
‘हान्टाभाइरस’ प्रभावित पानीजहाज स्पेन पुग्दै, स्थानीयलाई नआत्तिन आग्रह
बेलायतमा कमलबहादुर गुरुङ फेरि काउन्सिलरमा निर्वाचित
बेलायत निवासी शान्ति लिम्बुको ‘थेम्सको लहरमा तमोरको स्पर्श’ कवितासंग्रह विमोचन
बेलायतमा स्थानीय निर्वाचन : सत्तारुढ दल लेबरलाई झड्का, नेपालीमुलका उम्मेदवार को को भए निर्वाचित ?
बेलायतमा नेपाली दम्पती नै काउन्सिलर निर्वाचित
स्याङ्जा समाज यूकेको संरक्षकमा मेजर कुमार गुरुङ र प्रमुख सल्लाहकारमा विजयबहादुर गुरुङ मनोनीत
बेल्जियममा श्रम संस्कृति पार्टीको प्रवास तदर्थ समिति गठन
डायमण्ड बु्द्धिष्ट सेन्टर यूकेद्वारा तमु लामा बौद्ध धर्म समाजलाई १६ लाख १३ हजार हस्तान्तरण
तेह्रथुम समाज यूकेको वार्षिक भेला २०२६ सम्पन्न
पत्रकारितामा एआई प्रयोगलाई रचनात्मक र मर्यादित बनाउनेबारे नेपाल पत्रकार महासंघ युकेको प्रशिक्षण