लण्डन । इङल्याण्डमा आजदेखि कोरोना भाइरसको संक्रमण फैलन नदिन अपनाइएका सबै नियन्त्रणकारी कदमहरुको अन्त्य गरिएको छ ।
कोरोना भाइरसका कारण इङल्याण्डमा विगत ४८२ दिनदेखि कहिले पूर्ण लकडाउन त कहिले आंशिक रुपमा विभिन्न नियन्त्रणकारी नियमहरु लगाइँदै आइएको थियो ।
आजदेखि भने सामाजिक दुरीको पालना गरिरहनु पर्ने कानुनी बाध्यता रहने छैन । त्यस्तै नाइट क्लव लगायत सबै किसिमका व्यवसायहरुलाई निर्वाधरुपमा सन्चालन गर्न अनुमति दिइएको छ । यसैगरी कहिले घरभित्र ६ जना मात्र त कहिले सार्वजनिक स्थलमा ३० जना मात्र भेट्न पाइने बन्धन पनि अब रहेन । अब जति जना पनि भेट्न पाइने छ । सकेसम्म घरबाटै काम गर्नु भन्ने सरकारको सल्लाह पनि अब हटेको छ ।
यस्नै वैवाहिक समारोह तथा अन्तिम सँस्कारमा सीमित व्यक्तिले मात्र सहभागिता जनाउन पाइने नियम पनि अब हटेको छ । यस्तै खेलकुदजन्य गतिविधिमा सीमित मात्र दर्शक राख्न पाइने प्रावधान पनि खारेज भएको छ । कन्सर्ट, थियटर आदिमा पनि अब निर्बाध रुपमा प्रवेश गर्न पाइनेछ ।
मास्क लगाउनै पर्ने बाध्यता पनि अब सकिएको छ तर सार्वजनिक यातायात सन्चालकहरुले भने आफ्ना यात्रुहरुलाई मास्क लगाउन पर्ने नियम बनाउन पाउने छन् । त्यही नियमलाई पालना गर्नै लण्डनको ट्रान्सफर फर लण्डन, ट्याक्सीमा यात्रु ओसारपसार गर्ने उबर लगायतले यात्रुहरुलाई मास्क लगाउन अनिवार्य गरेका छन् ।
इङल्याण्डबाट बाह्य मुलुकमा यात्रा गर्नका लागि बनाइएको ट्राफिक लाइट व्यवस्था भने अझै जारी छ । तर दुवै डोज खोप लगाएका र १८ वर्ष मुनीकाले पहेँलो सूचीमा रहेको मुलुकबाट फर्कँदा आइसोलेसनमा बस्न नपर्ने भएको छ ।
बेलायतका अन्य राज्यहरुको भने लकडाउन अन्त्य गर्ने अलग्गै कार्यक्रम छ ।
लकडाउन हट्यो, संक्रमण घटेन
सरकारले इङल्याण्डमा आजबाट लकडाउन पूर्णरुपमा हटाए पनि कोरोना महामारीका सङ्क्रमितहरु भने बढिरहेका छन् ।
बेलायतका प्रधानमन्त्री र अर्थमन्त्री कोभिड संक्रमितसित सम्पर्कमा रहेका कारण अहिले आइसोलेसनमा छन् भने स्वास्थ्य मन्त्रीलाई कोभिड संक्रमण भएको छ ।
गएको २४ घन्टाभित्र ४८ हजारभन्दा बढी सङ्क्रमित देखिएका प्राप्त समाचारमा जनाइएको छ । यो समेतगरी बेलायतमा अहिलेसम्म सङ्क्रमित हुने व्यक्तिको संख्या ५४ लाख ३३ हजार पुगेको । साथै गएको २४ घन्टाभित्र यस संक्रमणबाट २५ जनाको निधन भएको छ । यो समेतगरी बेलायतमा कोरोनाको सङ्क्रमणबाट निधन हुने व्यक्तिको संख्या १ लाख २८ हजार भन्दा बढी पुगेको बताइएको छ ।
बेलायतमा पछिल्लो समयमा यसको संक्रमण बढेको तथ्याँकले देखाएको छ । बेलायतमा पछिल्लो समयमा ‘डेल्टा भेरियन्ट’ को संक्रमण फैलिएको बताइएको छ । यो भेरियन्ट पहिलाको तुलनामा बढी सङ्क्रामक रहेकोले विज्ञहरुले बताएका छन् ।
बेलायतमा ८८ प्रतिशत वयस्कले कोरोना भाइरसका विरुद्धको खोपको पहिलो मात्रा लगाएका छन् भने अरु ६८ प्रतिशतले दोस्रो मात्रा नै लिएका बताइएको छ ।
अष्ट्रेलिया सिड्नीमा गोलीकाण्ड, कम्तीमा ११ जनाको ज्यान गयो
यस्तो चयन हुनेछ एमालेको केन्द्रीय कमिटीको संरचना
बेलायतका घरधनीहरूलाई नयाँ नियमबारे जानकारी राख्न आग्रह
एनपिएल दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सलाई
नेकपा एमालेको ११औँ महाधिवेशन भव्य समारोहबीच भक्तपुरमा उद्घाटन
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
नेपाल सरकार र जेनजी प्रतिनिधिबीच १० बुँदे सहमति, के के छन् ?
नेपाली प्रतिभा प्रतिष्ठान बेलायतद्वारा किराती र चौधरीलाई सम्मान तथा पुरस्कार
अस्ट्रेलियाको एडिलेड विश्वविद्यालयले दियो नेपाली युवा श्यामसुन्दर श्रेष्ठलाई ‘ब्राइट स्पार्क अवार्ड’