एनआरएनए युकेको अध्यक्षमा उम्मेदवारी दिने रोजिना प्रधान राईको घोषणा

लण्डन । गैरआवासीय नेपाली संघ यूकेको यही जुलाई ३१ मा हुन गइरहेको निर्वाचनमा अध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा वर्तमान उपाध्यक्ष रोजिना प्रधान राईले गरेकी छिन् ।
शुक्रबार साँझ भर्चुअलरुपमा आयोजित एक कार्यक्रमबीच उनले ओैपचारिक रुपमा आफ्नो उम्मेदवारी घोषणा गरेकी हुन् । सो अवसरमा उनले एनआरएनए युकेलाई नेतृत्व गरेर आफूले गर्न चाहेका योजनाका फेहरिस्त पनि प्रस्तुत गरेकी थिइन् । ‘प्रविधी मैत्री, पारिदर्शिता र एकता, रोजिना राईको प्रतिवद्धता’ नारासहित चुनावी मैदानमा उत्रिएकी उनले विदेशमा सिकेको ज्ञान, सीप र प्रविधि नेपाल भित्र्याउन सीप बैँकको स्थापना गर्ने, समानताका लागि संघर्षरत भूतपूर्व ब्रिटिस गोर्खाहरुको मागलाई सम्बोधन गराउनको लागि आवश्यक पहल गर्ने विषयलाई प्रमुख अजेण्डा बनाएकी छिन् । यस्तै एनआरएनएको आफ्नै भवन निर्माण, साना तथा ठूला लगानी प्रबर्धन, बेलायतमा रहेका नेपालीहरुका लागि आपतकालिन कोषको स्थापना, नेपाली नागरिकताको निरन्तरता, गैरआवासीय नेपाली संघ यूकेलाई प्रविधीमैत्री बनाउने, नेपालमा लगानी लैजानका लागि एक परिवार एक उद्यमी अभियान चलाउने, एनआरएनए युकेलाई पारदर्शी बनाउने लगायतको प्रतिवद्धता उनले गरेकी छन् ।
बेलायतस्थित नेपाली समुदायका अगुवाहरु, एनआरएनए अभियन्ताहरु, गोरखा आन्दोलनका अग्रजहरु लगायतले सो अवसरमा उनलाई शुभकामना दिएका थिए ।
राई एनआरएनए युकेको वर्तमान उपाध्यक्ष हुन् । उनले आफ्नै पहलमा रोजहिरा फाउण्डेसनमार्फत पनि सामाजिक कार्य गर्दै आएकी छिन् ।
डा मुकुन्द बाँस्तोलाले कार्यक्रम संचालन तथा सहजीकरण गरेका थिए ।
घोषणा पत्रको पूर्णपाठहेर्न यहाँ क्लिक गर्नुहोला ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री