बेलायतको अफिस फर न्याशनल स्ट्याटिटिक्सका अनुसार मे महिनामा बेलायतको अर्थतन्त्र शुन्य दशमलब ८ प्रतिशतले वृद्धि भएको पाइएको छ । सरकारले पव तथा रेस्टुरेन्टहरु खोल्न र परिसरमा सेवा गर्न दिएकाले सो महिनामा अर्थतन्त्र सुधार भएको अफिसको विश्लेषण छ ।
तथापि मे महिनाको वृद्धि अप्रिल महिनाको तुलनामा झीनो मात्र छ । अप्रिल महिनामा बेलायतको अर्थतन्त्र २ प्रतिशतले बढेको थियो ।
अफिसका अनुसार बेलायतको अर्थतन्त्र पूर्व महामारीको तहभन्दा अझै ३ प्रतिशतले तल छ ।
अर्थशास्त्रीहरुले भने वृद्धितर ढिलो हुनु अनपेक्षित रहेको बताएका छन् । क्यापिटल इकोनोमिक्सका अर्थशास्त्री पल डेल्सले यति छिटै अर्थतन्त्र तङग्रिने दर ढिला होला भन्ने सोचेको थिएन भनेका छन् ।
ओएनएसका अर्थशास्त्री जोनाथन आथोले पव रेस्टुरेन्ट र होटलहरु मे महिनाको वृद्धिको कारक रहेको बताएका छन् ।
६ वर्षे एमबीबीएसको पूर्ण छात्रवृत्तिका लागि एनआरएनएद्वारा आवेदन आह्वान
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
बेलायत पठाउने भन्दै ५२ लाख ठगी गर्ने पोखराका बराइली पक्राउ
एनआरएनएका अधिकार कार्यान्वयनका लागि सरकार सकारात्मक छः मन्त्री इङ्नाम
अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा बिबिसीविरुद्ध १० अर्ब डलरको मुद्दा
अस्ट्रेलियाको एडिलेड विश्वविद्यालयले दियो नेपाली युवा श्यामसुन्दर श्रेष्ठलाई ‘ब्राइट स्पार्क अवार्ड’
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने
नेपाल सरकार र जेनजी प्रतिनिधिबीचको सम्झौता मन्त्रिपरिषद् बैठकबाट अनुमोदन
बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुन्छ : बीसीसी
नेपालमा थप चार मन्त्री नियुक्त