लण्डन । गोरखा सैनिकहरुलाई आकर्षक लगानीको लोभ देखाएर ठगी गर्ने क्यापिटल वर्ल्ड मार्केटस (सिडब्ल्यूएम) का प्रबन्धक एन्थोनी कोन्स्टान्टिनोमाथि सिटी अफ लण्डन प्रहरीले ५० मिलियन पाउण्ड ठगीको मुद्दा लगाएको छ ।
सो कम्पनीले गोरखाहरुलाई मासिक ५ प्रतिशत नाफा दिने आशा देखाएर ५० मिलियन पाउण्ड लगानी जुटाएको थियो ।
३९ वर्षीय कोन्स्टान्टिनोले लण्डनको हेरोन टावरमा कार्यालय राखी सिडब्ल्यूएम नामक फोरेक्स कम्पनी चलाएका थिए । सो कम्पनी चेल्सी फुटबल क्लव, रग्वी खेलतर्फ विगान वारियर्स र लण्डन बोट रेसको स्पोन्सर समेत रहेको थियो । तर उक्त कम्पनीको क्रियाकलाप शंकास्पद लागेपछि सिटी अफ लण्डन प्रहरीले सन् २०१५ मार्चमा सो फर्ममा छापा मारेको थियो ।
कोन्स्टान्टिनो अहिले प्रहरी कस्टडीमा रहेको र सो मुद्दाको यसै महिनाको अन्त्यमा हुने सुनुवाईसम्म थुनामै रहने बताइएको छ ।
उनले चलाएको पोन्जी स्किममा ४५० जना गोरखा लगायतका नेपालीहरुको लगानी रहेको पाइएको प्रहरीले जनाएको छ । उनीहरुको मात्र २ मिलियन पाउण्डभन्दा बढी लगानी डुबेको प्रहरीले जनाएको छ । यसअघि सन् २०१६ को शुरुवातमै सिटी अफ लण्डन प्रहरीले ठगीमा परेका गोरखाहरुलाई सम्पर्कमा आउन सार्वजनिक रुपमा अनुरोध गरेको थियो । ‘गोरखा र उनीहरुका साथीभाइ परिवारमा यो योजना डढेलो जस्तै फैलिएको थियो’ प्रहरीलाई उद्धृत गर्दै फाइनान्सियल टाइम्सले लेखेको छ ।
क्राउन पोसिक्यूसन सर्भिसका अनुसार कोन्स्टान्टिनोमाथि सात वटा अभियोग लगाइएको छ । जसमा गलत परिचय दिएर ठगी गरेको, मनी लाउण्डरिङ लगायतका छन् ।
गत जुनमा वेष्टमिनिष्टर म्याजिष्ट्रेट कोर्टमा उपस्थित हुँदा कोन्स्टान्टिनोले सबै अभियोगहरु अस्वीकार गरेका थिए । ती मुद्दाहरुमाथि यसै महिनाको अन्तयमा साउदक क्राउन कोर्टमा सुनुवाई हुनेछ ।
प्रहरीले १३ जनालाई गिरफ्तार गरेको भए पनि कोन्स्टान्टिनोमाथि मात्र मुद्दा चलाएको छ ।
‘हान्टाभाइरस’ प्रभावित पानीजहाज स्पेन पुग्दै, स्थानीयलाई नआत्तिन आग्रह
बेलायतमा कमलबहादुर गुरुङ फेरि काउन्सिलरमा निर्वाचित
बेलायत निवासी शान्ति लिम्बुको ‘थेम्सको लहरमा तमोरको स्पर्श’ कवितासंग्रह विमोचन
बेलायतमा स्थानीय निर्वाचन : सत्तारुढ दल लेबरलाई झड्का, नेपालीमुलका उम्मेदवार को को भए निर्वाचित ?
बेलायतमा नेपाली दम्पती नै काउन्सिलर निर्वाचित
स्याङ्जा समाज यूकेको संरक्षकमा मेजर कुमार गुरुङ र प्रमुख सल्लाहकारमा विजयबहादुर गुरुङ मनोनीत
बेल्जियममा श्रम संस्कृति पार्टीको प्रवास तदर्थ समिति गठन
डायमण्ड बु्द्धिष्ट सेन्टर यूकेद्वारा तमु लामा बौद्ध धर्म समाजलाई १६ लाख १३ हजार हस्तान्तरण
पत्रकारितामा एआई प्रयोगलाई रचनात्मक र मर्यादित बनाउनेबारे नेपाल पत्रकार महासंघ युकेको प्रशिक्षण
तेह्रथुम समाज यूकेको वार्षिक भेला २०२६ सम्पन्न