लण्डन । गोरखा सैनिकहरुलाई आकर्षक लगानीको लोभ देखाएर ठगी गर्ने क्यापिटल वर्ल्ड मार्केटस (सिडब्ल्यूएम) का प्रबन्धक एन्थोनी कोन्स्टान्टिनोमाथि सिटी अफ लण्डन प्रहरीले ५० मिलियन पाउण्ड ठगीको मुद्दा लगाएको छ ।
सो कम्पनीले गोरखाहरुलाई मासिक ५ प्रतिशत नाफा दिने आशा देखाएर ५० मिलियन पाउण्ड लगानी जुटाएको थियो ।
३९ वर्षीय कोन्स्टान्टिनोले लण्डनको हेरोन टावरमा कार्यालय राखी सिडब्ल्यूएम नामक फोरेक्स कम्पनी चलाएका थिए । सो कम्पनी चेल्सी फुटबल क्लव, रग्वी खेलतर्फ विगान वारियर्स र लण्डन बोट रेसको स्पोन्सर समेत रहेको थियो । तर उक्त कम्पनीको क्रियाकलाप शंकास्पद लागेपछि सिटी अफ लण्डन प्रहरीले सन् २०१५ मार्चमा सो फर्ममा छापा मारेको थियो ।
कोन्स्टान्टिनो अहिले प्रहरी कस्टडीमा रहेको र सो मुद्दाको यसै महिनाको अन्त्यमा हुने सुनुवाईसम्म थुनामै रहने बताइएको छ ।
उनले चलाएको पोन्जी स्किममा ४५० जना गोरखा लगायतका नेपालीहरुको लगानी रहेको पाइएको प्रहरीले जनाएको छ । उनीहरुको मात्र २ मिलियन पाउण्डभन्दा बढी लगानी डुबेको प्रहरीले जनाएको छ । यसअघि सन् २०१६ को शुरुवातमै सिटी अफ लण्डन प्रहरीले ठगीमा परेका गोरखाहरुलाई सम्पर्कमा आउन सार्वजनिक रुपमा अनुरोध गरेको थियो । ‘गोरखा र उनीहरुका साथीभाइ परिवारमा यो योजना डढेलो जस्तै फैलिएको थियो’ प्रहरीलाई उद्धृत गर्दै फाइनान्सियल टाइम्सले लेखेको छ ।
क्राउन पोसिक्यूसन सर्भिसका अनुसार कोन्स्टान्टिनोमाथि सात वटा अभियोग लगाइएको छ । जसमा गलत परिचय दिएर ठगी गरेको, मनी लाउण्डरिङ लगायतका छन् ।
गत जुनमा वेष्टमिनिष्टर म्याजिष्ट्रेट कोर्टमा उपस्थित हुँदा कोन्स्टान्टिनोले सबै अभियोगहरु अस्वीकार गरेका थिए । ती मुद्दाहरुमाथि यसै महिनाको अन्तयमा साउदक क्राउन कोर्टमा सुनुवाई हुनेछ ।
प्रहरीले १३ जनालाई गिरफ्तार गरेको भए पनि कोन्स्टान्टिनोमाथि मात्र मुद्दा चलाएको छ ।
नेपाल सरकारले अब दुई कार्यदिनभित्रै राहदानी उपलब्ध गराउने
यात्रुलाई अमर्यादित व्यवहार गर्ने ट्याक्सी र चालकलाई पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा प्रवेशमा रोक
नेपाली दूतावास लन्डनमा पहिलो पटक ध्यान शिविर आयोजना, करिब ४० जना सहभागी
आइसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोट:खेल तालिका सार्वजनिक
अमेरिकामा भएको नेपाली गायन र नृत्य प्रतियोगितामा आर्या र खुसी विजयी
नेकपा एमालेको अध्यक्षमा ओली र महासचिवमा पोखरेल निर्वाचित
नेकपा एमालेको ११ औं महाधिवेशन : धमाधम मतगणना, कसलाई कति मत ?
दुर्घटनामा मृत्यु भएका युबिन तामाङको बेलायतमै अन्त्येष्टि
सहकारी ठगी मुद्दा : रास्वपा सभापति लामिछानेलाई रिहा गर्न अदालतको आदेश
बेलायतको अल्डरसटमा नेपाली दूतावासको घुम्ती शिविर, राहदानी र कन्सुलर सेवा एकै ठाउँमा