लण्डन । मेडवे काउन्सिलका काउन्सिलर पूर्व गोरखा सैनिक टासी भुटियाको निधन भएको छ ।
तीन पटकसम्म काउन्सिलरमा निर्वाचित भुटियाको मंगलबार निधन भएको उनका सहकर्मी काउन्सिलर ग्लोरिया ओपराले जानकारी दिएको केन्ट अनलाइनले जनाएको छ ।
सन् २००९ देखि बेलायतको स्थानीय राजनीतिमा प्रवेश गरेका भुटिया १२ वर्षसम्म कन्जरभेटिभ पार्टीबाट काउन्सिलर रहेका थिए । पछिल्लोपटक सन् २०१९ मा उनी प्रिन्सेस पार्क वार्डबाट निर्वाचित भएका थिए ।
गोरखा ब्रिगेडमा सेवा गरेका भुटिया सन् १९८० देखि चाथाम मेडवेमा बसोबासरत थिए । उनी काउन्सिलरका साथसाथै बीएई सिस्टममा कार्यरत थिए । स्थानिय चाथाम च्यारिटीका ट्रष्टी भुटिया गोरखा नेपाली कम्युनिटीको सल्लाहकार रहेका थिए ।
उनका श्रीमती, तीन सन्तान र दुई नातिनातिना रहेका छन् ।
एनआरएनएको १२औँ अन्तर्राष्ट्रिय महाधिवेशन आगामी फेब्रुअरी तेस्रो साता
अष्ट्रेलिया सिड्नीमा गोलीकाण्ड, कम्तीमा ११ जनाको ज्यान गयो
यस्तो चयन हुनेछ एमालेको केन्द्रीय कमिटीको संरचना
बेलायतका घरधनीहरूलाई नयाँ नियमबारे जानकारी राख्न आग्रह
एनपिएल दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सलाई
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
अस्ट्रेलियाको एडिलेड विश्वविद्यालयले दियो नेपाली युवा श्यामसुन्दर श्रेष्ठलाई ‘ब्राइट स्पार्क अवार्ड’
नेपाल सरकार र जेनजी प्रतिनिधिबीच १० बुँदे सहमति, के के छन् ?
नेपाली प्रतिभा प्रतिष्ठान बेलायतद्वारा किराती र चौधरीलाई सम्मान तथा पुरस्कार