लण्डन । मेडवे काउन्सिलका काउन्सिलर पूर्व गोरखा सैनिक टासी भुटियाको निधन भएको छ ।
तीन पटकसम्म काउन्सिलरमा निर्वाचित भुटियाको मंगलबार निधन भएको उनका सहकर्मी काउन्सिलर ग्लोरिया ओपराले जानकारी दिएको केन्ट अनलाइनले जनाएको छ ।
सन् २००९ देखि बेलायतको स्थानीय राजनीतिमा प्रवेश गरेका भुटिया १२ वर्षसम्म कन्जरभेटिभ पार्टीबाट काउन्सिलर रहेका थिए । पछिल्लोपटक सन् २०१९ मा उनी प्रिन्सेस पार्क वार्डबाट निर्वाचित भएका थिए ।
गोरखा ब्रिगेडमा सेवा गरेका भुटिया सन् १९८० देखि चाथाम मेडवेमा बसोबासरत थिए । उनी काउन्सिलरका साथसाथै बीएई सिस्टममा कार्यरत थिए । स्थानिय चाथाम च्यारिटीका ट्रष्टी भुटिया गोरखा नेपाली कम्युनिटीको सल्लाहकार रहेका थिए ।
उनका श्रीमती, तीन सन्तान र दुई नातिनातिना रहेका छन् ।
एनआरएनए यूकेले मे २५ मा जानकारीसभा तथा अन्तरक्रिया कार्यक्रम गर्ने
‘हान्टाभाइरस’ प्रभावित पानीजहाज स्पेन पुग्दै, स्थानीयलाई नआत्तिन आग्रह
बेलायतमा कमलबहादुर गुरुङ फेरि काउन्सिलरमा निर्वाचित
बेलायत निवासी शान्ति लिम्बुको ‘थेम्सको लहरमा तमोरको स्पर्श’ कवितासंग्रह विमोचन
बेलायतमा स्थानीय निर्वाचन : सत्तारुढ दल लेबरलाई झड्का, नेपालीमुलका उम्मेदवार को को भए निर्वाचित ?
बेल्जियममा श्रम संस्कृति पार्टीको प्रवास तदर्थ समिति गठन
स्याङ्जा समाज यूकेको संरक्षकमा मेजर कुमार गुरुङ र प्रमुख सल्लाहकारमा विजयबहादुर गुरुङ मनोनीत
डायमण्ड बु्द्धिष्ट सेन्टर यूकेद्वारा तमु लामा बौद्ध धर्म समाजलाई १६ लाख १३ हजार हस्तान्तरण
तेह्रथुम समाज यूकेको वार्षिक भेला २०२६ सम्पन्न
पत्रकारितामा एआई प्रयोगलाई रचनात्मक र मर्यादित बनाउनेबारे नेपाल पत्रकार महासंघ युकेको प्रशिक्षण