लण्डन । बीबीसी मास्टरसेफ २०२० का उपविजेता सन्तोष साहको नेपाली खानाका बारेमा कुकबुक बजारमा आउने भएको छ ।
‘अइला’ नाम दिइएको सो पुस्तक डीके पब्लिकेसनले बजारमा ल्याउन लागेको हो । पुस्तक फेब्रुअरी २०२२ मा बजारमा आउने अपेक्षा गरिएको छ ।
साहले सो पुस्तक बजारमा आउने जानकारी गराउन पाउँदा ओैधी हर्ष लागेको बताएका छन् ।
पुस्तकमा नेपाली खानाको रेसिपी उपलब्ध हुनेछ । सो रेसिपी अनुभवी र सिकारु सबैलाई उपयोग हुने आशा गरिएको छ । नेपालका खानेकुराहरु लोकप्रिय हुँदाहुँदै पनि छिमेकी देशहरुका खानाका कारण ओझेलमा परेकाले सो पुस्तक ल्याउनु परेको साहले बताएका छन् ।
सो पुस्तकमा खानाको रेसिपीका साथसाथै साहले आफ्नै अनुभव र खानाको इतिहासका बारेमा पनि लेखेका छन् ।
२४० पेजको सो पुस्तक अंग्रेजी भाषामा हुनेछ । अमाजोन लगायतका प्लाटफर्ममा पनि सो पुस्तक उपलब्ध हुनेछ ।
सिराहाका साह विगत केही वर्षदेखि लण्डनमा छन् । उनी बीबीसी मास्टरसेफ प्रोफेसनल्सको फाइनलसम्म पुगेका थिए । उनले प्रतियोगितामा मौलिक नेपाली खाना पकाएर टक्रयाएका थिए ।
एनआरएनए यूकेले मे २५ मा जानकारीसभा तथा अन्तरक्रिया कार्यक्रम गर्ने
‘हान्टाभाइरस’ प्रभावित पानीजहाज स्पेन पुग्दै, स्थानीयलाई नआत्तिन आग्रह
बेलायतमा कमलबहादुर गुरुङ फेरि काउन्सिलरमा निर्वाचित
बेलायत निवासी शान्ति लिम्बुको ‘थेम्सको लहरमा तमोरको स्पर्श’ कवितासंग्रह विमोचन
बेलायतमा स्थानीय निर्वाचन : सत्तारुढ दल लेबरलाई झड्का, नेपालीमुलका उम्मेदवार को को भए निर्वाचित ?
स्याङ्जा समाज यूकेको संरक्षकमा मेजर कुमार गुरुङ र प्रमुख सल्लाहकारमा विजयबहादुर गुरुङ मनोनीत
बेल्जियममा श्रम संस्कृति पार्टीको प्रवास तदर्थ समिति गठन
डायमण्ड बु्द्धिष्ट सेन्टर यूकेद्वारा तमु लामा बौद्ध धर्म समाजलाई १६ लाख १३ हजार हस्तान्तरण
पत्रकारितामा एआई प्रयोगलाई रचनात्मक र मर्यादित बनाउनेबारे नेपाल पत्रकार महासंघ युकेको प्रशिक्षण
तेह्रथुम समाज यूकेको वार्षिक भेला २०२६ सम्पन्न