लण्डन । बीबीसी मास्टरसेफ २०२० का उपविजेता सन्तोष साहको नेपाली खानाका बारेमा कुकबुक बजारमा आउने भएको छ ।
‘अइला’ नाम दिइएको सो पुस्तक डीके पब्लिकेसनले बजारमा ल्याउन लागेको हो । पुस्तक फेब्रुअरी २०२२ मा बजारमा आउने अपेक्षा गरिएको छ ।
साहले सो पुस्तक बजारमा आउने जानकारी गराउन पाउँदा ओैधी हर्ष लागेको बताएका छन् ।
पुस्तकमा नेपाली खानाको रेसिपी उपलब्ध हुनेछ । सो रेसिपी अनुभवी र सिकारु सबैलाई उपयोग हुने आशा गरिएको छ । नेपालका खानेकुराहरु लोकप्रिय हुँदाहुँदै पनि छिमेकी देशहरुका खानाका कारण ओझेलमा परेकाले सो पुस्तक ल्याउनु परेको साहले बताएका छन् ।
सो पुस्तकमा खानाको रेसिपीका साथसाथै साहले आफ्नै अनुभव र खानाको इतिहासका बारेमा पनि लेखेका छन् ।
२४० पेजको सो पुस्तक अंग्रेजी भाषामा हुनेछ । अमाजोन लगायतका प्लाटफर्ममा पनि सो पुस्तक उपलब्ध हुनेछ ।
सिराहाका साह विगत केही वर्षदेखि लण्डनमा छन् । उनी बीबीसी मास्टरसेफ प्रोफेसनल्सको फाइनलसम्म पुगेका थिए । उनले प्रतियोगितामा मौलिक नेपाली खाना पकाएर टक्रयाएका थिए ।
एनआरएनएको १२औँ अन्तर्राष्ट्रिय महाधिवेशन आगामी फेब्रुअरी तेस्रो साता
अष्ट्रेलिया सिड्नीमा गोलीकाण्ड, कम्तीमा ११ जनाको ज्यान गयो
यस्तो चयन हुनेछ एमालेको केन्द्रीय कमिटीको संरचना
बेलायतका घरधनीहरूलाई नयाँ नियमबारे जानकारी राख्न आग्रह
एनपिएल दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सलाई
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
अस्ट्रेलियाको एडिलेड विश्वविद्यालयले दियो नेपाली युवा श्यामसुन्दर श्रेष्ठलाई ‘ब्राइट स्पार्क अवार्ड’
नेपाल सरकार र जेनजी प्रतिनिधिबीच १० बुँदे सहमति, के के छन् ?
नेपाली प्रतिभा प्रतिष्ठान बेलायतद्वारा किराती र चौधरीलाई सम्मान तथा पुरस्कार