लण्डन । विदेशबाट नेपाल आउँदा अब दुवै डोज कोरोना खोप लगाएकाहरुले घरमै क्वारेन्टिनमा बस्न पाउने भएका छन् ।
नागरिक उड्डयन प्राधिकरणले आज एक विज्ञप्ति प्रकाशित गर्दै हवाई मार्गबाट नेपाल प्रवेश गर्ने यात्रुहरुले पालना गर्नुपर्ने क्वारेन्टिनका बारेमा नयाँ नियम जारी गरेको हो ।
प्राधिकरणका अनुसार खोप लगाएका यात्रुहरुले त्यस्तो खोप लगाएको प्रमाण पेश गर्नुपर्नेछ ।
यस्तै आफन्तको मृत्यु लगायतका अत्यावश्यक कामका कारण नेपाल आएका तर उनीहरुको कोभिड टेष्ट नेगेटिभ आएमा र स्थानीय निकायको सिफारिस भएमा पनि उनीहरु सोझै घरमा क्वारेन्टिनमा बस्न पाउने छन् । साथै विरामीहरु, उनीहरुका रेखदेखकर्ताहरु, ७० वर्ष माथिका नागरिकहरु, ५ वर्षमुनीका बालबालिका भएकाहरुले पनि एन्टीजेन टेष्टमा नेगेटिभ रिजल्ट आएमा र स्थानीय निकायको सिफारिस भएमा घरमै क्वारेन्टिनमा बस्न पाउने छन् ।
यसैगरी, सुरक्षाकर्मीहरु, कुटनीतिज्ञहरु, सरकारी कर्मचारीहरु, उद्दारकर्ताहरु र उनीहरुका परिवारका सदस्यहरुले पनि घरमै क्वारेन्टिनमा बस्न पाउनेछन् । यस्तै विदेशबाट डिपोर्टेसनमा पठाइएका नागरिकहरुले पनि घरमै क्वारेन्टिनमा बस्नसक्ने बताइएको छ ।
अपडेट गरिएको नियमअनुसार यसरी घरमै क्वारेन्टिनमा बस्दा १० दिन बस्नपर्नेछ भने सातौँ र ११ ओैं दिनमा कोभिड टेष्ट गर्नपर्नेछ ।
एनआरएनएको १२औँ अन्तर्राष्ट्रिय महाधिवेशन आगामी फेब्रुअरी तेस्रो साता
अष्ट्रेलिया सिड्नीमा गोलीकाण्ड, कम्तीमा ११ जनाको ज्यान गयो
यस्तो चयन हुनेछ एमालेको केन्द्रीय कमिटीको संरचना
बेलायतका घरधनीहरूलाई नयाँ नियमबारे जानकारी राख्न आग्रह
एनपिएल दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सलाई
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
अस्ट्रेलियाको एडिलेड विश्वविद्यालयले दियो नेपाली युवा श्यामसुन्दर श्रेष्ठलाई ‘ब्राइट स्पार्क अवार्ड’
नेपाली प्रतिभा प्रतिष्ठान बेलायतद्वारा किराती र चौधरीलाई सम्मान तथा पुरस्कार
नेपाल सरकार र जेनजी प्रतिनिधिबीच १० बुँदे सहमति, के के छन् ?