लण्डन । बेलायती महारानीको जन्मोत्सवको अवसरमा एक गोरखा अधिकृतले उच्च सम्मान पाएका छन् ।
बेलायती सेनाको क्वीन्स ओन गोरखा लजिस्टिक रेजिमेण्ट (क्यूओजीएलआर)मा कार्यरत क्याप्टेन विवेकजंग शाहको नाम महारानीको जन्मोत्सवमा मेम्बर अफ द अर्डर अफ द ब्रिटिश इम्पायर (एमबीई) सम्मान पाउनेको सूचीमा परेको छ । उनलाई स्थानीय समुदाय र आर्मी रेजिमेण्टलाई जोखिमपूर्ण पूर्वाधार परियोजनाहरुमार्फत निपूण तवरले जोडेकोमा सो सम्मान दिइएको हो । उनले ती योजनाहरु स्थानीय एबिङडोन स्टेशनमा गरेको बताइएको छ । जहाँ क्यूओजीएलआरको सपोर्ट स्क्वायरडन अवस्थित छ ।
उनलाई दिइएको सम्मानमा क्याप्टेन शाहले अक्सफोर्डसायरको नेपाली सँस्कृतिमा अतुलनीय र महत्वपूर्ण योगदान दिएको बताइएको छ ।
शाहले आफूले शान्ति र प्रेमको सन्देश फैलाउनमा जोड दिएको बताएका छन् । उनले आफ्ना पुर्खाहरुले बेलायत र महारानीलाई दिएको योगदानलाई निरन्तरता दिनु र त्यसलाई कायम राख्नु आफ्नो कर्तब्य भएको बताएका छन् । साँस्कृतिक चेतनामार्फत सबैलाई एकीकृत गर्नु र समाजमा शान्ति र प्रेमको सन्देश छर्नु नै आफ्नो लक्ष्य रहेको उनले बताएका छन् ।
नेपालगंजमा जन्मिएका शाह सन् १९९९ मा गोरखा सैन्यमा भर्ती भएका थिए । उनले कोसोभो, अफगानिस्तान, इराक लगायतका सातवटा अपरेसनल टूर पूरा गरेका छन् ।
सम्मान पाउनेको सूचीमा परेको थाहा पाएपछि शाहले आफ्नो मिहिनेत र समर्पण चेन अफ कमाण्डले बुझेकोमा खुशी लागेको बताएका छन् । यो आफूले कल्पना गरेको सबैभन्दा ठूलो अवार्ड भएको पनि उनले प्रतिक्रिया दिए । आफ्नो परिवारका लागि मात्र नभई क्यूओजिएलआर र गोरखा ब्रिगेडकै लागि यो खुशीको कुरा भएको उनको भनाइ छ ।
शाह अहिले अल्डरसटमा कार्यरत छन् ।
यात्रुलाई अमर्यादित व्यवहार गर्ने ट्याक्सी र चालकलाई पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा प्रवेशमा रोक
नेपाली दूतावास लन्डनमा पहिलो पटक ध्यान शिविर आयोजना, करिब ४० जना सहभागी
आइसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोट:खेल तालिका सार्वजनिक
अमेरिकामा भएको नेपाली गायन र नृत्य प्रतियोगितामा आर्या र खुसी विजयी
बेलायतमा ईलमपोखरी समाज यूकेले भव्य रुपमा मनायो ‘त ल्हो’ल्होछार
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
नेकपा एमालेको अध्यक्षमा ओली र महासचिवमा पोखरेल निर्वाचित
बेलायत पठाउने भन्दै ५२ लाख ठगी गर्ने पोखराका बराइली पक्राउ
नेकपा एमालेको ११ औं महाधिवेशन : धमाधम मतगणना, कसलाई कति मत ?
६ वर्षे एमबीबीएसको पूर्ण छात्रवृत्तिका लागि एनआरएनएद्वारा आवेदन आह्वान