लन्डन । कोरोना महामारीबीच पनि सावधानीपूर्वक गोर्खा भिसी कप सम्पन्न भएको छ ।
गत साता लन्डनस्थित फेल्थाम कम्युनिटी कलेज मैदानमा सो फुटबल प्रतियोगिता भएको हो । गत वर्ष भने कोरोना महामारीका कारण भिसी कप स्थगित गरिएको थियो ।
गोर्खा नेप्लिज कम्युनिटी हन्स्लोको आयोजनामा सम्पन्न ११ औं भिसी कपमा लन्डन बरो हन्स्लोका मेयर बिष्णुबहादुर गुरुङ प्रमुख अतिथी थिए । कार्यक्रममा भिसी गजे घलेका सुपुत्र डम्मर घलेको पनि विशेष उपस्थिति थियो ।
भिक्टोरिया क्रसबाट विभूषित १३ जना गोर्खालीको सम्झना र सम्मानस्वरुप भिसी कपसहित भिसी मेमोरियल गर्ने संस्था सम्भवतः गोर्खा नेपलिज कम्युनिटी लन्डन बरो अफ हन्स्लो मात्र एक हो । कार्यक्रममा बोल्दै प्रमुख अतिथि मेयर गुरुङले भने ’म स्वयंले स्थापित गरेको भिसी कपको ११ औं श्रृंखलामा प्रमुख अतिथि हुन पाउँदा उत्साहित र अत्यन्त खुशी छु । कार्यक्रमलाई निरन्तरता दिंदै आएकोमा गोर्खा नेप्लिज कम्युनिटीलाई धन्यबाद पनि दिन चाहन्छु ।’
सन् २००९ देखि १३ जना भिसीहरुको सम्मान र सम्झनास्वरूप भिसी कप आयोजना हुँदै आएको हो, जसको स्थापना हाल लन्डन बरो अफ हन्स्लोका मेयर बिष्णुबहादुर गुरुङले गरेका थिए । भिसी कपलाई निरन्तरता दिन र सफल बनाउन आफूले सक्दो सहयोग दिने गुरुङले प्रतिवद्धता गरे । भिसी कप सफल बनाउन कम्युनिटीका विभिन्न व्यक्तिको मिहिनेत, परिश्रम र लगनशीलताका कारण नै सम्भव भएको उनले प्रष्ट पारे ।
कोभिड १९ का कारण यसपटकको भिसी कपमा १० फुटबल टोलीहरुको प्रतिष्पर्धा थियो । बेलायतको सबैभन्दा पुरानो तथा ठूलो आर्म्ड फोर्सेस च्यारिटी संस्था साफा (एसएसएएफए) ले समेत भिसी कपमा ऐक्यवद्धता जनाउँदै आएको छ । यसपटकको प्रतियोगितामा साफा नर्थवेष्टले ट्रफी स्पोन्सर गरेको थियो । यसपटक भेट्रान तर्फको उपविजेता पोखरा युनाइटेड एफसी भयो भने मूल प्रतिस्पर्धामा ब्रिगेड ब्वाइज क्लब विजयी भएको छ । भेट्रानतर्फ सबैभन्दा धेरै गोल गरेर टप स्कोरको उपाधि धरान ११ का उत्तम राईले पाए भने म्यान अफ दि म्याच ब्रिगेड बोइज क्लबका सुरेश गुरुङले पाएका छन् । सबैभन्दा राम्रो म्यानेजरलाई एउटा विशेष पुरस्कार राखिएको थियो जुन पुरस्कार भेट्रानका म्यानेजर पोखरा युनाइटेडका बासु गुरुङले हात पारे ।
संस्थाका सल्लाहकार मन थापा, सल्लाहकार मन गुरुङ, कोषाध्यक्ष पिताम्बर राना, सचिव धनबहादुर सार्की, प्रोपर्टी सचिव सुनिल गुरुङ, खेलकुद सहसचिव साहस गुरुङ र सहकोषाध्यक्ष राधा गुरुङले महामारीका समयमा फुटबल खेल खेलाउन विशेष भूमिका निर्वाह गरेका थिए । कार्यक्रममा छिमेकी संस्था हेज एण्ड हार्लिङ्टन कम्युनिटीका प्रतिनिधि पूर्ण नेपाली, नर्थ वेष्ट लण्डन साफाका चेयरमेन लगायतको उपस्थिति थियो ।
संस्थाका अध्यक्ष डोल मल्लको अध्यक्षतामा गरिएको कार्यक्रम संयोजकको भूमिका संस्थाका खेलकुद सचिव लाल रोकाले गरेका थिए । संस्थाका महासचिव बम थापा (सूर्यवंशी) ले कार्यक्रम सञ्चालन गरेका थिए भने संस्थाका वरिष्ठ उपाध्यक्ष शिवकुमार पालुङ्गवाले व्यवस्थापन सम्बन्धि महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए । कार्यक्रमका प्रमुख अतिथि रहेका लन्डनको हन्स्लो बरोका ५६ औं मेयर बिष्णुबहादुर गुरुङ लेडी मेयर श्रीमती गुरुङलाई समेत संस्थाका तर्फबाट बधाई तथा शुभकामना दिइएको थियो । मेयर गुरुङ लण्डनमा मेयर हुने नेपाली मूलका पहिलो पूर्व गोर्खा हुन् । उनी गोर्खा नेप्लिज कम्युनिटी हन्स्लोका संस्थापक अध्यक्ष समेत हुन् ।
एनआरएनए यूकेले मे २५ मा जानकारीसभा तथा अन्तरक्रिया कार्यक्रम गर्ने
‘हान्टाभाइरस’ प्रभावित पानीजहाज स्पेन पुग्दै, स्थानीयलाई नआत्तिन आग्रह
बेलायतमा कमलबहादुर गुरुङ फेरि काउन्सिलरमा निर्वाचित
बेलायत निवासी शान्ति लिम्बुको ‘थेम्सको लहरमा तमोरको स्पर्श’ कवितासंग्रह विमोचन
बेलायतमा स्थानीय निर्वाचन : सत्तारुढ दल लेबरलाई झड्का, नेपालीमुलका उम्मेदवार को को भए निर्वाचित ?
स्याङ्जा समाज यूकेको संरक्षकमा मेजर कुमार गुरुङ र प्रमुख सल्लाहकारमा विजयबहादुर गुरुङ मनोनीत
बेल्जियममा श्रम संस्कृति पार्टीको प्रवास तदर्थ समिति गठन
डायमण्ड बु्द्धिष्ट सेन्टर यूकेद्वारा तमु लामा बौद्ध धर्म समाजलाई १६ लाख १३ हजार हस्तान्तरण
पत्रकारितामा एआई प्रयोगलाई रचनात्मक र मर्यादित बनाउनेबारे नेपाल पत्रकार महासंघ युकेको प्रशिक्षण
तेह्रथुम समाज यूकेको वार्षिक भेला २०२६ सम्पन्न