लन्डन । कोरोना महामारीबीच पनि सावधानीपूर्वक गोर्खा भिसी कप सम्पन्न भएको छ ।
गत साता लन्डनस्थित फेल्थाम कम्युनिटी कलेज मैदानमा सो फुटबल प्रतियोगिता भएको हो । गत वर्ष भने कोरोना महामारीका कारण भिसी कप स्थगित गरिएको थियो ।
गोर्खा नेप्लिज कम्युनिटी हन्स्लोको आयोजनामा सम्पन्न ११ औं भिसी कपमा लन्डन बरो हन्स्लोका मेयर बिष्णुबहादुर गुरुङ प्रमुख अतिथी थिए । कार्यक्रममा भिसी गजे घलेका सुपुत्र डम्मर घलेको पनि विशेष उपस्थिति थियो ।
भिक्टोरिया क्रसबाट विभूषित १३ जना गोर्खालीको सम्झना र सम्मानस्वरुप भिसी कपसहित भिसी मेमोरियल गर्ने संस्था सम्भवतः गोर्खा नेपलिज कम्युनिटी लन्डन बरो अफ हन्स्लो मात्र एक हो । कार्यक्रममा बोल्दै प्रमुख अतिथि मेयर गुरुङले भने ’म स्वयंले स्थापित गरेको भिसी कपको ११ औं श्रृंखलामा प्रमुख अतिथि हुन पाउँदा उत्साहित र अत्यन्त खुशी छु । कार्यक्रमलाई निरन्तरता दिंदै आएकोमा गोर्खा नेप्लिज कम्युनिटीलाई धन्यबाद पनि दिन चाहन्छु ।’
सन् २००९ देखि १३ जना भिसीहरुको सम्मान र सम्झनास्वरूप भिसी कप आयोजना हुँदै आएको हो, जसको स्थापना हाल लन्डन बरो अफ हन्स्लोका मेयर बिष्णुबहादुर गुरुङले गरेका थिए । भिसी कपलाई निरन्तरता दिन र सफल बनाउन आफूले सक्दो सहयोग दिने गुरुङले प्रतिवद्धता गरे । भिसी कप सफल बनाउन कम्युनिटीका विभिन्न व्यक्तिको मिहिनेत, परिश्रम र लगनशीलताका कारण नै सम्भव भएको उनले प्रष्ट पारे ।
कोभिड १९ का कारण यसपटकको भिसी कपमा १० फुटबल टोलीहरुको प्रतिष्पर्धा थियो । बेलायतको सबैभन्दा पुरानो तथा ठूलो आर्म्ड फोर्सेस च्यारिटी संस्था साफा (एसएसएएफए) ले समेत भिसी कपमा ऐक्यवद्धता जनाउँदै आएको छ । यसपटकको प्रतियोगितामा साफा नर्थवेष्टले ट्रफी स्पोन्सर गरेको थियो । यसपटक भेट्रान तर्फको उपविजेता पोखरा युनाइटेड एफसी भयो भने मूल प्रतिस्पर्धामा ब्रिगेड ब्वाइज क्लब विजयी भएको छ । भेट्रानतर्फ सबैभन्दा धेरै गोल गरेर टप स्कोरको उपाधि धरान ११ का उत्तम राईले पाए भने म्यान अफ दि म्याच ब्रिगेड बोइज क्लबका सुरेश गुरुङले पाएका छन् । सबैभन्दा राम्रो म्यानेजरलाई एउटा विशेष पुरस्कार राखिएको थियो जुन पुरस्कार भेट्रानका म्यानेजर पोखरा युनाइटेडका बासु गुरुङले हात पारे ।
संस्थाका सल्लाहकार मन थापा, सल्लाहकार मन गुरुङ, कोषाध्यक्ष पिताम्बर राना, सचिव धनबहादुर सार्की, प्रोपर्टी सचिव सुनिल गुरुङ, खेलकुद सहसचिव साहस गुरुङ र सहकोषाध्यक्ष राधा गुरुङले महामारीका समयमा फुटबल खेल खेलाउन विशेष भूमिका निर्वाह गरेका थिए । कार्यक्रममा छिमेकी संस्था हेज एण्ड हार्लिङ्टन कम्युनिटीका प्रतिनिधि पूर्ण नेपाली, नर्थ वेष्ट लण्डन साफाका चेयरमेन लगायतको उपस्थिति थियो ।
संस्थाका अध्यक्ष डोल मल्लको अध्यक्षतामा गरिएको कार्यक्रम संयोजकको भूमिका संस्थाका खेलकुद सचिव लाल रोकाले गरेका थिए । संस्थाका महासचिव बम थापा (सूर्यवंशी) ले कार्यक्रम सञ्चालन गरेका थिए भने संस्थाका वरिष्ठ उपाध्यक्ष शिवकुमार पालुङ्गवाले व्यवस्थापन सम्बन्धि महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए । कार्यक्रमका प्रमुख अतिथि रहेका लन्डनको हन्स्लो बरोका ५६ औं मेयर बिष्णुबहादुर गुरुङ लेडी मेयर श्रीमती गुरुङलाई समेत संस्थाका तर्फबाट बधाई तथा शुभकामना दिइएको थियो । मेयर गुरुङ लण्डनमा मेयर हुने नेपाली मूलका पहिलो पूर्व गोर्खा हुन् । उनी गोर्खा नेप्लिज कम्युनिटी हन्स्लोका संस्थापक अध्यक्ष समेत हुन् ।
एनआरएनएका अधिकार कार्यान्वयनका लागि सरकार सकारात्मक छः मन्त्री इङ्नाम
अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा बिबिसीविरुद्ध १० अर्ब डलरको मुद्दा
एमालेको ११औँ राष्ट्रिय महाधिवेशन : नयाँ नेतृत्वका लागि ८० विद्युतीय उपकरणबाट मतदान गरिँदै, उम्मेदवारको अन्तिम नामावली सार्वजनिक
एनआरएनएको १२औँ अन्तर्राष्ट्रिय महाधिवेशन आगामी फेब्रुअरी तेस्रो साता
अष्ट्रेलिया सिड्नीमा गोलीकाण्ड, कम्तीमा ११ जनाको ज्यान गयो
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
क्यान्सरपीडित पत्रकार सेर्मालाई पाँचथर समाज सेवा यूकेबाट २ लाख ४८ हजार सहयोग
नेपाल सरकार र जेनजी प्रतिनिधिबीच १० बुँदे सहमति, के के छन् ?
अस्ट्रेलियाको एडिलेड विश्वविद्यालयले दियो नेपाली युवा श्यामसुन्दर श्रेष्ठलाई ‘ब्राइट स्पार्क अवार्ड’
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने