लण्डन । नेपाल आदिवासी जनजाति महासंघ बेलायत (नेफिन यूके) को चौथो अधिवेशनबाट कमान सिङ कर्मा पहाडी शेर्पा अध्यक्षमा निर्वाचित भएका छन । शनिवार भर्चुअल रुपमा सम्पन्न अधिवेशनमा ११ वटा संस्थाको अध्यक्षहरुको मतदानबाट ६ संस्थाको भोट प्राप्त गरि शेर्पा निर्वाचित भएका हुन । उनका प्रतिद्धन्दी धन रोगुलाई ४ संस्थाले भोट गरेका थिए । बेलायतमा स्थापित ११ वटा संस्थाहरु महासंघमा आवद्ध छन् ।
पदाधिकारीहरुमा वरिष्ठ उपाध्यक्ष श्रीमति लिला सेलिङ माबो, उपाध्यक्ष श्रीमति सरला रानामगर, सचिव श्रीमति विमला कुमारी राई र सदस्यहरुमा क्रमशः विष्णु जिमी, हिमाना दुरा, इन्द्रजंग दुरा, अभिषेक सुनुवार, देबेन्द्र आङबो, शान्त शेर्पा, गनवीर थापामगर, रेन्जी शेर्पा लामा लगायत चयन भएका छन । संगीत क्षेत्रमा समेत विशेष प्रतिभा रहेका शेर्पा वेलायतस्थित नेपाली समुदाय माँझ परिचित छन् ।
दुई चरणमा भएको अधिवेशनमा पहिलो चरणमा अतिथिहरुले शुभकामना व्यक्त गरेका थिए । अधिवेशनको बन्द सत्रमा सहमतिको प्रयास सफल हुन नसकेपछि मतदान मार्फत नेतृत्व चयन गरिएको थियो । निर्वाचन परिणाम घोषणा लगतै अध्यक्ष लगायत निर्वाचित पदाधिकारीलाई निर्वाचन मण्डलका संयोजक भक्त दुराले सपथ ग्रहण गराएका थिए । निर्वाचन मण्डलका सदस्यद्वय धर्म तामाङ र थर्क रानाले मतदानको टेक्स प्राप्त गरेका थिए । अधिवेशनमा मोबाइल टेक्स्ट मार्फत मतदान गराइएको थियो ।
अध्यक्ष जंगबहादुर सुनुवारको सभापतित्व सम्पन्न पहिलो चरणको कार्यक्रम महासचिव खुसि लिम्बुले संचालन गरेका थिए। उक्त अधिवेशनमा नेपाल , युके र बिभिन्न देशमा रहेका महासंघ संग सम्बद्ध संघ संस्थाहरु, एनआरएनए , नेपाल पत्रकार महासंघ बेलायतलगायतका अध्यक्षहरुले अधिवेशनको सफलताका लागि शुभकामना व्यक्त गरेका थिए।
एनपिएल दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सलाई
नेकपा एमालेको ११औँ महाधिवेशन भव्य समारोहबीच भक्तपुरमा उद्घाटन
नेपालमा थप चार मन्त्री नियुक्त
बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुन्छ : बीसीसी
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने
बेलायतको प्रोपर्टी मार्केटमा हुँदै गरेको परिवर्तनमा बारेमा निशुल्क वेभिनार
हङकङको आगलागीमा बितिन् एनआरएनए युकेका पूर्व अध्यक्ष अशोक श्रेष्ठकी पत्नी
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा अनियमितता प्रकरण : ५ जना पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा