लण्डन। गैरआवासीय नेपाली संघ (एनआरएनए) यूकेको पंजिकृत सदस्यको लागि आवेदन दिने करीव १२ हजार पुगेका छन । गत कार्यकालमा झण्डै १४ हजार सदस्य रहेकोमा यस पटक २ हजारले कमि आएको हो । अनलाईन मार्फत सदस्यता आवेदनका लागि तय गरिएको समय सीमा सोमबार मध्यरातसम्मको ११ हजार ६ सयले आवेदन दिएको एनआरएनए यूकेले जानकारी दिएको छ ।
पहिलोपटक एनआरएनए आइसीसीको ‘एमआइएस सिस्टम’ अन्तर्गत अनलाइनमार्फत् सदस्यता वितरण गरिएको थियो । एनआरएनए यूकेको आगामी कार्यसमिति चयनका लागि आउंदो जुलाई ३१ तारिखका दिन निर्वाचन हुँदैछ । भावी अध्यक्षका लागि अहिलेसम्म प्रेम गाहामगर, रोजिना प्रधान राई र दीपक श्रेष्ठ मैदानमा देखिएका छन् ।
यसैबीच, एनआरएनए यूकेले एक वक्तव्यमार्फत् सदस्यताको लागि आवेदन गर्ने बेलायतवासी सबै नेपालीमा धन्यवाद ज्ञापन गरेका छन ।

एनआरएनएको १२औँ अन्तर्राष्ट्रिय महाधिवेशन आगामी फेब्रुअरी तेस्रो साता
अष्ट्रेलिया सिड्नीमा गोलीकाण्ड, कम्तीमा ११ जनाको ज्यान गयो
यस्तो चयन हुनेछ एमालेको केन्द्रीय कमिटीको संरचना
बेलायतका घरधनीहरूलाई नयाँ नियमबारे जानकारी राख्न आग्रह
एनपिएल दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सलाई
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
अस्ट्रेलियाको एडिलेड विश्वविद्यालयले दियो नेपाली युवा श्यामसुन्दर श्रेष्ठलाई ‘ब्राइट स्पार्क अवार्ड’
नेपाली प्रतिभा प्रतिष्ठान बेलायतद्वारा किराती र चौधरीलाई सम्मान तथा पुरस्कार
नेपाल सरकार र जेनजी प्रतिनिधिबीच १० बुँदे सहमति, के के छन् ?