लण्डन । कोरोना भाइरसका कारण बेलायतमा लामो समयदेखि लागू यात्रा तथा भेटघाट आदिमा रहेको प्रतिबन्ध अझै चार साता रहने भएको छ ।
यसअघि यही जुन २१ मा कोरोना भाइरससम्बन्धी सबै प्रतिबन्धात्मक व्यवस्था अन्त्य गरेर जनजीवन सामान्य बनाउने सरकारको योजना रहेको भए पनि कोरोना भाइरसको डेल्टा भेरियन्टका कारण संक्रमण बढ्दै गएपछि सो म्याद चार साता पर सारिएको छ ।
बेलायती प्रधानमन्त्री बोरिस जोन्सनले सोमबार चार सातामा अझ धेरै मानिसहरुमा खोप लगाउने बताएका छन् । यसअघि स्वास्थ्यविद्हरुले डेल्टा भेरियन्टको संक्रमण दरका कारण पर्नसक्ने प्रभावलाई नजरअन्दाज नगर्न चेतावनी दिएका थिए । उनीहरुले चारसातामा डेल्टा भेरियन्टको संक्रमण उच्च विन्दूमा पुगेर घट्न थाल्ने पनि बताएका छन् ।
प्रधानमन्त्री जोन्सनले वैवाहिक समारोहमा उपस्थित हुन तोकिएको संख्या भने हटाएका छन् । उनले सम्बन्धित स्थललाई नै कति मानिसलाई उपस्थित हुन दिने निर्क्यौल गर्न अधिकार दिइएको बताएका छन् । तर घरभित्र हुने भेटघाटमा भने दुई घरका सदस्य वा बढीमा छ जनासम्मलाई मात्र भेट्न दिने हद भने कायमै छ । यसैगरी घरबाहिर ३० जना मात्र भेट्न पाइने नियम पनि कायमै रहने छ । साथै सम्भव भए घरबाटै काम गर्नु भन्ने सल्लाह पनि जारी नै छ ।
सरकारले अन्तिम समयमा पूर्ववत् निर्णय परिवर्तन गर्दा अतिथि सत्कार उद्योगमा भने नकारात्मक असर पर्ने बताइएको छ ।
कम्बोडियाबाट २० नेपालीको उद्धार
नेपाली कांग्रेस सभापति थापाद्वारा राजीनामा
लन्डनमा ए स्टार नेपाल बास्केटबल लिगको पाँचौँ संस्करण सुरु
यस्ता छन् एनआरएनएको नयाँ कार्यसमितिको पहिलो बैठकका निर्णयहरु
एनआरएनए आईसीसीको नयाँ कार्यसमितिमा बेलायतबाट अध्यक्ष र प्रवक्तासहित १० जना निर्वाचित
भूतपूर्व गोर्खा समस्याबारे लन्डनमा सोमबार फेरि त्रिपक्षीय वार्ता हुने
नेपाल आदिवासी जनजाति महासंघको ११औँ महाधिवेशन चैत ५ र ६ मा हुने
बेलायती मन्त्री सीमा मल्होत्रासँग नेपाली कार्यवाहक राजदूत विपिन दुवाडीको भेटवार्ता
‘स्ट्रेट अफ हर्मुज’बारे अर्को हप्ता लन्डनस्थित आइएमओको मुख्यालयमा ‘विशेष सत्र’
एनआरएनए अध्यक्षमा यूके निवासी डा. हेमराज शर्मा निर्विरोध