
Queen Elizabeth II appears on a screen via videolink from Windsor Castle, where she is in residence, during a virtual audience to receive His Excellency Lokdarshan Regmi, the Ambassador of Nepal, and his wife Chandra Kala Regmi, at Buckingham Palace, London. Picture date: Wednesday June 9, 2021. PA Photo. See PA story ROYAL Queen . Photo credit should read: Yui Mok/PA Wire
लण्डन । बेलायतका लागि नेपाली राजदुत लोकदर्शन रेग्मीले बेलायती महारानीसमक्ष भर्चुअलरुपमा आफ्नो ओहोदाको प्रमाणपत्र पेश गरेका छन् ।
बकिङघम प्यालेसमा आज आयोजित एक समारोहमा राजदुत रेग्मीले सो प्रमाणपत्र पेश गरेको दुताबासले जनाएको छ ।
प्रमाणपत्र बुझाएपछि राजदुत रेग्मीले महारानीसमक्ष नेपालका राष्ट्रपति र प्रधानमन्त्रीको सन्देश पनि बताएका थिए । सन्देशमा राष्ट्रपति र प्रधानमन्त्रीले महारानीको सुस्वास्थ्यका साथै बेलायतको प्रगति र बेलायती जनताको सम्वृद्धिको कामना गरेका थिए ।
ओहोदाको प्रमाणपत्र ग्रहण गर्दै महारानीले राजदुत रेग्मीलाई सफल कार्यकालका लागि शुभकामना दिएकी थिइन् । बेलायत र नेपालबीच विशेष सम्बन्ध रहेको उल्लेख गर्दै उनले नेपालको विकास प्रयासमा सहयोग गर्नु बेलायतको प्राथमिकता रहेको बताइन् । उनले आफ्नो दुई नेपाल भ्रमणको स्मरण गर्दै अहिले कोभिड १९ का कारण नेपालको अवस्था र खोप बारेमा चासो व्यक्त गरेकी थिइन् ।
राजदुत रेग्मीले बेलायत र नेपालबीच दुई शताब्दी लामो सम्बन्धको चर्चा गर्दै बेलायतले नेपाललाई सामाजिक तथा आर्थिक विकासमा पुर्याएको सहयाेग तथा हालै कोभिड १९ विरुद्धको नेपालको लडाइँमा पुर्याएको सहयोगका लागि धन्यवाद दिए ।
विशेष समारोहमा महारानी भिडियो लिङ्कबाट जोडिएकी थिइन् । हाल महारानी विन्जर क्यासलमा बसोबासरत छिन् ।

Queen Elizabeth II appears on a screen via videolink from Windsor Castle, where she is in residence, during a virtual audience to receive His Excellency Lokdarshan Regmi, the Ambassador of Nepal, and his wife Chandra Kala Regmi, at Buckingham Palace, London. Picture date: Wednesday June 9, 2021. PA Photo. See PA story ROYAL Queen . Photo credit should read: Yui Mok/PA Wire
एनआरएनएको १२औँ अन्तर्राष्ट्रिय महाधिवेशन आगामी फेब्रुअरी तेस्रो साता
अष्ट्रेलिया सिड्नीमा गोलीकाण्ड, कम्तीमा ११ जनाको ज्यान गयो
यस्तो चयन हुनेछ एमालेको केन्द्रीय कमिटीको संरचना
बेलायतका घरधनीहरूलाई नयाँ नियमबारे जानकारी राख्न आग्रह
एनपिएल दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सलाई
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
अस्ट्रेलियाको एडिलेड विश्वविद्यालयले दियो नेपाली युवा श्यामसुन्दर श्रेष्ठलाई ‘ब्राइट स्पार्क अवार्ड’
नेपाल सरकार र जेनजी प्रतिनिधिबीच १० बुँदे सहमति, के के छन् ?
नेपाली प्रतिभा प्रतिष्ठान बेलायतद्वारा किराती र चौधरीलाई सम्मान तथा पुरस्कार