
Queen Elizabeth II appears on a screen via videolink from Windsor Castle, where she is in residence, during a virtual audience to receive His Excellency Lokdarshan Regmi, the Ambassador of Nepal, and his wife Chandra Kala Regmi, at Buckingham Palace, London. Picture date: Wednesday June 9, 2021. PA Photo. See PA story ROYAL Queen . Photo credit should read: Yui Mok/PA Wire
लण्डन । बेलायतका लागि नेपाली राजदुत लोकदर्शन रेग्मीले बेलायती महारानीसमक्ष भर्चुअलरुपमा आफ्नो ओहोदाको प्रमाणपत्र पेश गरेका छन् ।
बकिङघम प्यालेसमा आज आयोजित एक समारोहमा राजदुत रेग्मीले सो प्रमाणपत्र पेश गरेको दुताबासले जनाएको छ ।
प्रमाणपत्र बुझाएपछि राजदुत रेग्मीले महारानीसमक्ष नेपालका राष्ट्रपति र प्रधानमन्त्रीको सन्देश पनि बताएका थिए । सन्देशमा राष्ट्रपति र प्रधानमन्त्रीले महारानीको सुस्वास्थ्यका साथै बेलायतको प्रगति र बेलायती जनताको सम्वृद्धिको कामना गरेका थिए ।
ओहोदाको प्रमाणपत्र ग्रहण गर्दै महारानीले राजदुत रेग्मीलाई सफल कार्यकालका लागि शुभकामना दिएकी थिइन् । बेलायत र नेपालबीच विशेष सम्बन्ध रहेको उल्लेख गर्दै उनले नेपालको विकास प्रयासमा सहयोग गर्नु बेलायतको प्राथमिकता रहेको बताइन् । उनले आफ्नो दुई नेपाल भ्रमणको स्मरण गर्दै अहिले कोभिड १९ का कारण नेपालको अवस्था र खोप बारेमा चासो व्यक्त गरेकी थिइन् ।
राजदुत रेग्मीले बेलायत र नेपालबीच दुई शताब्दी लामो सम्बन्धको चर्चा गर्दै बेलायतले नेपाललाई सामाजिक तथा आर्थिक विकासमा पुर्याएको सहयाेग तथा हालै कोभिड १९ विरुद्धको नेपालको लडाइँमा पुर्याएको सहयोगका लागि धन्यवाद दिए ।
विशेष समारोहमा महारानी भिडियो लिङ्कबाट जोडिएकी थिइन् । हाल महारानी विन्जर क्यासलमा बसोबासरत छिन् ।

Queen Elizabeth II appears on a screen via videolink from Windsor Castle, where she is in residence, during a virtual audience to receive His Excellency Lokdarshan Regmi, the Ambassador of Nepal, and his wife Chandra Kala Regmi, at Buckingham Palace, London. Picture date: Wednesday June 9, 2021. PA Photo. See PA story ROYAL Queen . Photo credit should read: Yui Mok/PA Wire
कम्बोडियाबाट २० नेपालीको उद्धार
नेपाली कांग्रेस सभापति थापाद्वारा राजीनामा
लन्डनमा ए स्टार नेपाल बास्केटबल लिगको पाँचौँ संस्करण सुरु
यस्ता छन् एनआरएनएको नयाँ कार्यसमितिको पहिलो बैठकका निर्णयहरु
एनआरएनए आईसीसीको नयाँ कार्यसमितिमा बेलायतबाट अध्यक्ष र प्रवक्तासहित १० जना निर्वाचित
भूतपूर्व गोर्खा समस्याबारे लन्डनमा सोमबार फेरि त्रिपक्षीय वार्ता हुने
नेपाल आदिवासी जनजाति महासंघको ११औँ महाधिवेशन चैत ५ र ६ मा हुने
बेलायती मन्त्री सीमा मल्होत्रासँग नेपाली कार्यवाहक राजदूत विपिन दुवाडीको भेटवार्ता
‘स्ट्रेट अफ हर्मुज’बारे अर्को हप्ता लन्डनस्थित आइएमओको मुख्यालयमा ‘विशेष सत्र’
एनआरएनए अध्यक्षमा यूके निवासी डा. हेमराज शर्मा निर्विरोध