लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) युकेको सदस्यता आवेदन मिति थप गर्ने बिषय विवादमा परेको छ । दुइ दिनपछि अर्थात आगामी जुन १० बिहिबार एनआरएनए युके सदस्यता आवेदन म्याद सकिन लाग्दा कार्यसमितिका भित्र विवाद उत्पन्न भएको हो ।
स्रोतका अनुसार कार्यसमितिको ग्रुपमा सदस्यता आवेदन मितिका बारेमा एनआरएनए अध्यक्ष पुनम गुरुङले राखेको प्रस्तावमा पदाधिकारी तथा सदस्यहरुले म्याद थप गर्ने वा म्याद थप नगर्ने बिषयमा पक्षविपक्षमा धारणा राखिरहेका छन । सोमबार अध्यक्ष गुरुङले राखेको दुई प्रस्ताबमा सदस्यता आवेदनको म्याद थप गर्ने र इंग्ल्याण्ड राज्य समन्वय परिषद् अध्यक्ष दीपक श्रेष्ठलाई प्रमाणिकरणको अधिकार दिने बिषय समेटिएका छन् ।
एनआरएनए युकेको सदस्यता लिने आवेदनकहरु न्युन भएकाले जनताको चाहाना र सवै पक्षको सल्लाहमा पुर्व अध्यक्षहरु सम्मिलित संरक्षक परिषद्ले आगामी जुन ३० सम्म सदस्यता आवेदन म्याद बढाउने सिफारिस भएको अध्यक्ष गुरुङको प्रस्ताब उल्लेख छ ।
उनले वेल्स, स्कटल्याण्ड र नर्दन आयरल्याण्ड राज्य समन्वय परिषद्का बारेमा केही उल्लेख नगरि इंग्ल्याण्ड राज्य समन्वय परिषद् अध्यक्षको श्रेष्ठलाई मात्र सदस्यता प्रमाणिकरणको दिने प्रस्ताव गरेकी छिन । चार राज्य समन्वय परिषद् मध्ये इंग्ल्याण्डको मात्र किन सिफारिस गरेको भन्दै कार्यसमितिको पदाधिकारी तथा सदस्यहरुले आलोचना गरेको स्रोतले बतायो । कार्यसमितिका एक सदस्यका अनुसार मंगलबार नै एनआरएनए युकेले सदस्यता लिने म्याद बढाउने बारेमा सुचना जारी गर्ने संभावना छ ।
एनआरएनएको १२औँ अन्तर्राष्ट्रिय महाधिवेशन आगामी फेब्रुअरी तेस्रो साता
अष्ट्रेलिया सिड्नीमा गोलीकाण्ड, कम्तीमा ११ जनाको ज्यान गयो
यस्तो चयन हुनेछ एमालेको केन्द्रीय कमिटीको संरचना
बेलायतका घरधनीहरूलाई नयाँ नियमबारे जानकारी राख्न आग्रह
एनपिएल दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सलाई
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
अस्ट्रेलियाको एडिलेड विश्वविद्यालयले दियो नेपाली युवा श्यामसुन्दर श्रेष्ठलाई ‘ब्राइट स्पार्क अवार्ड’
नेपाली प्रतिभा प्रतिष्ठान बेलायतद्वारा किराती र चौधरीलाई सम्मान तथा पुरस्कार
नेपाल सरकार र जेनजी प्रतिनिधिबीच १० बुँदे सहमति, के के छन् ?