एनआरएन यूकेका अध्यक्षका प्रत्यासी प्रेम गाहामगरद्वारा १५ स्थानबाट सदस्यता अभियान

लण्डन ।  गैरआवासीय नेपाली संघ (एनआरएनए) यूकेको  अध्यक्ष पदका प्रत्यासी प्रेम गाहामगरले सदस्यता अभियानलाई तीव्र पारेका छन् ।

सन् २०२१–२०२३ कार्यकालका लागि अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका गाहा मगरले बेलायतका विभिन्न १५  स्थानबाट सदस्यता अभियान सञ्चालन गरेका हुन् ।

सोही क्रममा उनले नेपाली समुदायको बाक्लो बसोबास रहेको अल्डरशटमा सम्पर्क कार्यालय स्थापना गरेका छन् भने अन्य स्थानमा पनि सम्पर्क कार्यालय स्थापना गर्ने तयारी गरेका छन् ।

राजधानी लण्डनसहित चार वटै राज्य परिषद्लाई समन्वय गर्ने गरी सदस्यता अभियान सञ्चालन गरिएको उनले बताए । पहिलो चरणमा अल्डरशटस्थितमा सम्पर्क कार्यालय स्थापना गरिएको र प्रतिवद्ध स्वयम्सेवकहरुले सदस्यता दर्तामा सहयोग गरिरहेको उनले जानकारी दिए ।

दुई वर्षका लागि कार्यालय

भूतपूर्व गोर्खा सैनिकहरुको न्याय र समानताका साथै नेपाली नागरिकताको निरन्तरता र नेपालमा रहेको सम्पत्ति सुरक्षा लगायतका विभिन्न ६ वटा अजेण्डासहित नेतृत्वको दौडमा होमिएका अध्यक्षका प्रत्यासी प्रेम गाहामगरले 31 Wellington Street, Aldershot, Hampshire, GU11 1DX स्थित सम्पर्क कार्यालयबाट आगामी दुई वर्षसम्म नै नेपाली समुदायलाई सेवा प्रदान गर्ने बताए।

एनआरएन युके इंगल्याण्ड राज्य परिषदका उपाध्यक्ष रबिन ( एलबीजेड) गुरुङ (फोन 07988320082) को नेतृत्व मा संचालित उक्त कार्यालयमा सन्तोष राई (फोन  07490939696) र अनिल मल्ल  ( फोन 07453328716) स्वयम्सेवकका रुपमा रहेका छन् ।

त्यसैगरी 65 Conway Road, Plumstead, London, SE18 1AS  स्थित कार्यालयमा चेत राना (फोन 07786162618),     106 Beaver Road, Ashford, Kent, TN23 7ST  स्थित कार्यालयमा रुद्र थापा ( फोन 07490202021) र 70 Cove Road, Farnborough, GU14 0EN स्थित कार्यालयमा सुमन पुन (फोन 07495 832589 ) स्वयम्सेवकको रुपमा रहेका छन्।

‘यो कार्यालय चुनावका लागि मात्रै होइन’, उनले भने ‘म चुनावमा जिते पनि, हारेपनि यो कार्यालय कम्तीमा दुई वर्षसम्म रहन्छ र मैले नेपाली समुदायलाई यो कार्यालयबाट सेवा प्रदान गर्ने छु  ।’

आफू अध्यक्षमा निर्वाचित भए एनआरएनएको कार्यालयसँगै अल्डरसटको कार्यालयबाट पनि सेवा दिने उनले स्पष्ट पारे । पराजित भएपनि आगामी दुई वर्ष बेलायतवा सी नेपाली समुदायको हितमा नै आफूँले काम गर्ने उनले बताए । ‘जिते पनि हारे पनि अबको दुई वर्ष पूर्ण रुपमा नेपाली समुदायको हित र सेवामा नै बिताउँछु,’ उनले भने ‘आगामी दुई वर्ष पूर्ण रुपमा समाजसेवामा नै बिताउने छु ।’

सदस्यता अभियान तीव्र

नयाँ नेतृत्व चयनका लागि आगामी जुलाई ३१ तारिखमा निर्वाचन हुँदैछ । आगामी जुन १० भित्र संघले तोेकेको एमआइएस सिस्टममा दर्ता भएका सदस्यहरुले मात्रै नेतृत्व चयन प्रक्रियामा सहभागी हुन पाउने छन् । त्यसपछि पनि सदस्यता लिन सक्ने भएपनि उनीहरुले नेतृत्व चयन प्रक्रियामा भने सहभागी हुन पाउने छैनन् ।

जुन १० भित्रै सबै योग्यता पुगेका नेपालीहरुलाई सदस्यता दिलाउने र एनआरएन अभियानमा सहभागी गराउने प्रेम गाहा मगरको योजना रहेको छ ।

त्यसका लागि विभिन्न पन्ध्र वटा स्वयम्सेवक समूह परिचालन गरिएको सदस्यता अभियानको नेतृत्व गरिरहेका एनआरएन अभियन्ता शेर सुनारले जानकारी दिए ।

‘हामीले छुट्टा छुट्टै समूह बनाएर सदस्यता दर्ता प्रक्रियामा सहजीकरण गरिरहेका छौं,’ उनले भने, ‘तोकिएको मिति भित्रै अधिकतम नेपालीहरुलाई एनआरएन अभियानमा सहभागी गराउने छौं’ ।

सदस्यता अभियान सञ्चालन गरिरहँदा बेलायतमा रहेका विभिन्न सामाजिक संघ संस्थाहरुसँग पनि समन्वय र सहकार्य गरिएको उनले जानकारी दिए । एनआरएनसँगै सामाजिक संघ संस्थाहरुको साथ र सहयोगमा मात्रै सदस्यता दर्ता अभियान सफल र प्रभावकारी हुने  उनको भनाइ छ ।

सुनार यसअघिको निर्वाचनमा अध्यक्षका प्रत्यासी थिए । निर्वाचनमा पराजित घोषणा गरीए पनि उनी एनआरएन अभियानमा भने सक्रिय छन् । आगामी कार्यकालको नेतृत्वका लागि सुनारले गाहा मगरलाई समर्थन गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री