लण्डन । बेलायतको मिडल्याण्डमा शुरु हुन लागेको ‘गोल्डेन एभरेष्ट मिडल्याण्ड क्रिकेट लिग’ प्रतियोगिता सञ्चालनमा सहयोगार्थ गैरआवासीय नेपाली संघ, बेलायत (एनआरएनए एनसीसी, यूके ) का उपाध्यक्ष प्रेम गाहा मगरले ५ सय १ पाउण्ड प्रदान गरेका छन् ।
एनआरएन यूकेको आगामी कार्यकालका लागि अध्यक्ष पदका प्रत्याशी गाहा मगरले प्रतियोगिता सहज रुपले सञ्चालन होस् भन्ने उद्देश्यले आर्थिक सहयोग प्रदान गरेका हुन् । ‘यस्ता प्रतियोगितालाई प्राथमिकतामा राख्नुपर्छ र प्रोत्साहन गर्नुपर्छ,’ उनले भने ।
खेलकुद र युवाहरुको कार्यक्रमलाई विगतदेखि नै प्राथमिकतामा राख्ने गरेका गाहामगरले यसपटक पनि सोही परम्परालाई निरन्तरता दिएका हुन् ।
नटिङ्घम टिमका पूर्व कप्तान तथा नटिङ्घम समाजका अध्यक्ष दीपक सापकोटाले गाहा मगरको सहयोगले खेलाडीहरुको हौसला बढेको बताए ।
बेलायतमा लकडाउन खुकुलो भएसँगै ‘गोल्डेन एभरेष्ट मिडल्याण्ड क्रिकेट लिग’ प्रतियोगिता सञ्चालन हुन लागेको हो ।
लिगको दोश्रो संस्करण यही मे २३ बाट शुरु हुँदै छ । पहिलो संस्करण भने ६ अप्रिल २०१९ बाट सञ्चालन भएको छ । पहिलो संस्करणको उद्घाटन बेलायतका लागि तत्कालिन नेपाली राजदूत दुर्गाबहादुर सुवेदीले गरेका थिए ।
२३ मेबाट शुरु हुने लिगको दोश्रो संस्करणमा नटिङघम, बर्मिङ्हम, लेस्टर, ग्रान्थाम र पिटरब्रो गरी ४ टिमबीच प्रतिस्पर्धा हुने भएको छ । २६ खेल हुने लिग करिव तीन महिना चल्ने जनाइएको छ ।
नेपाली समुदायद्वारा सञ्चालित यो प्रतियोगिता मिडल्याण्डवासीसहित बेलायतमा रहेका समग्र नेपालीहरूका लागि आकर्षण बनेको छ ।
आयोजकका अनुसार प्रतियोगिता २३ मेबाट शुरु हुने भएपनि औपचारिक उद्घाटन समारोह भने गरिने छैन । लकडाउन खुले पनि कोभिड महामारीको त्रास कायमै रहेकाले उद्घाटनका लागि औपचारिक समारोहको आयोजना नगरिने सापकोटाले जानकारी दिए । तर, समापनका अवसरमा भने भव्य समारोह आयोजना गरिने जनाइएको छ ।
यस्तो छ नेपालको १५ सदस्यीय नयाँ मन्त्रिपरिषद्
नेपालका नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाहबाट शपथ ग्रहण
रास्ट्रिय स्वतन्त्र पार्टीका संसदीय दलका नेता बालेन्द्र शाह प्रधानमन्त्रीमा नियुक्त
विश्वका नेपाली मूललाई नेपालसँग जोड्न पहल गर्छुः कांग्रेस सभापति थापा
राष्ट्रिय स्वतन्त्र पार्टी संसदीय दलको नेतामा बालेन्द्र शाह चयन
एनआरएनए नेतृत्वद्वारा परराष्ट्रमन्त्रीसँग शिष्टाचार भेट
बेलायतद्वारा अमेरिकालाई सैन्य सहयोग
एनबीसी यूकेले अपांग बालबालिकाको सहयोगार्थ १२ अप्रिलमा ‘शुभकामना साँझ’ गर्ने
वैदेशिक रोजगारी कल्याणकारी कोषलाई १० करोड पुर्याउने एनआरएनएको लक्ष्य निर्धारण [यस्ता छन् २५ निर्णय]
नेपाल आदिवासी जनजाति महासंघको अध्यक्षमा निमा लामा ह्योल्मो निर्वाचित