लण्डन । कोभिड-१९ को दोस्रो लहरका कारण अक्सिजनको अभावमा कयौँले ज्यान गुमाउनु परेको अवस्थालाई ध्यानमा राख्दै गैरआवासीय नेपाली संघ स्कटल्याण्ड राज्यसमितिले १५ वटा अक्सिजन कन्सन्ट्रेटर नेपाल पठाउने भएको छ ।
समितिको आइतबार बसेको कोभिड राहत समितिको बैठकले १० वटा अक्सिजन कन्सन्ट्रेटर मेसिन नेपाल पठाउने निर्णय गरेको थियो तर दाताहरुले हालसम्ममा १५ वटा मेसीनका लागि सहयोग प्रदान गरेका छन् ।
ती मेसिनहरु गैरआवासीय नेपाली संघ युके तथा नेपाली राजदुतावाससंग सहकार्य गरी नेपाल पठाइने गैरआवासीय नेपाली संघ स्कटल्याण्ड राज्य समितिकै अध्यक्ष छबिलाल अर्यालले जानकारी दिएका छन्।
स्कटल्याण्डमा रहेका गैर आवासीय नेपाली संघ, स्कटल्याण्ड, नेपाल स्कटल्याण्ड एसोसिएसन (एडिनवरा), ग्लासगो नेपाली एसोसिएसन (ग्लास्गो ), स्कट स्पोर्ट्स क्लब ( एडिनवरा), दियो क्लब बेलायत ( ग्लास्गो), नेपाली स्कटिस् सोसाइटी (ग्लास्गो ), हिमालयन कला र संस्कृति केन्द्र (एडिनवरा), फाईफ् नेपाली समुदाय (फाईप), नेपाली साऊथ साईद समुदाय, (ग्लासगो), नेपाली हिमालयन एसोसिएशन एबरडीन, हरियाली आमा समूह (ग्लास्गो), फोर्थ भ्यालि नेपाली संघ ( फलक्रिक), जीएस कला र संस्कृति (ग्लास्गो ), अर्गनाईजेसन फ़र नेपलीज कल्चर एन्ड वेलफ़ेयर (ओएनसीडब्लु ) (एवरडीन ) लगायतको संलग्नतामा कोभिड राहत समिति गठन गरिएको थियो ।
हालसम्ममा स्कटल्याण्ड कोभिड राहत समितिका तर्फबाट £2500.00, एनआरएनए स्कटल्याण्ड समिति £ 1500.00, छबिलाल अर्याल (अध्यक्ष) £ 700.00, शिवकान्त खराल (सदस्य) £700.00, कृष्ण देवकोटा ( सल्लाहकार) £700.00, नेपाली युथ स्कटल्याण्ड (संयोजक कल्याण अर्याल)£ 1400.00 सहयोग प्राप्त भएको बताइएको छ ।

अधिवक्ता खत्री एनआरएनका विषयमा कलम चलाउँछन् ।
सर्वोच्च अदालतको प्रधानन्यायाधीशमा डा. मनोजकुमार शर्मा नियुक्त
सिमी भ्यालीमा डढेलोको कहर, हजारौँ विस्थापित हुने जोखिम
तमु समाज युकेको १९औँ वार्षिक साधारणसभा : के के भए निर्णय ?
बेलायतमा नवनिर्वाचित काउन्सिलर कमलबहादुर गुरुङलाई तमु समाज यूकेको सम्मान
किरात सुनुवार सेवा समाज यूकेले मनायो उभौली पर्व
गैरआवासीय नेपाली नागरिकतासम्बन्धी विधेयकमा गोर्खा शब्द राखिएकोमा सीएनसीबीजीको आपत्ति
पहिचान पुरस्कारका लागि कृति आह्वान, जेठ मसान्तसम्म समयसीमा
एनआरएनएको नर्दन आयरल्यान्ड बैठक : सल्लाहकार थपियो, विधान संयोजन समिति पुनर्गठन
‘लाहुरेनी सौन्दर्य’ भित्र के के रैछन् त ? [प्रतिक्रिया]
ई–बिडिङ प्रकरणमा पूर्वमन्त्री विक्रम पाण्डेसहित ११ जनालाई धरौटीमा छाड्न आदेश