रोल्पा।त्रिवेणी गाउँपालिका वडा नं २, ३ र ६ का ३६ घरधुरी अग्निपीडितलाई राहत सामग्री हस्तान्तरण गरिएको छ । वडा नं २ मा आयोजित कार्यक्रममा उनीहरुलाई रु २५ लाख ४० हजार ४४८ बराबरको राहत सामग्री हस्तान्तरण गरिएको हो ।
अग्निपीडितलाई सामग्रीसहितको सुरक्षित बास बस्नका लागि टेन्ट, कपडा, भाँडाकुँडा, विद्यार्थीका लागि कापीकलमसहितको झोला र नगद प्रदान गरिएको हो । रोटरी क्लब अफ महाबौद्ध पाटन, रोटरी इन्टरनेशलन ३२९२ नेपाल–भूटान, रोटरी क्लब अफ दरबारमार्ग काठमाडौँ, रोटरी क्लब अफ काठमाडौँ मेट्रो, रोटरी क्लब अफ ल ब्रान्च वर्ग अमेरिकालगायत विभिन्न सङ्घसंस्थाको संयुक्त आयोजनामा उक्त राहत सङ्कलन गरिएको थियो ।
नगद तथा जिन्सी सामान राहतस्वरुप सङ्कलन गरी अग्निपीडितलाई प्रदान गरिएको अग्निपीडित सहयोग समिति रोल्पा–काठमाडाँैका सहसंयोजक ईश्वरी जिएमले जानकारी दिनुभयो । सोही अवसरमा गोरखा पब्लिक हस्पिटल दाङले निःशुल्क स्वास्थ्य शिविरसमेत सञ्चालन गरेको थियो ।
गोरखा ग्रुप र रिडी ग्रुपका अध्यक्ष तथा अग्निपीडित सहयोग समिति रोल्पा–काठमाडौँका संयोजक मानबहादुर बुढा, सहयोग समितिका सहसंयोजक तथा राप्ती समाज युकेका सहकोषाध्यक्ष हरि बुढामगरको विशेष पहलमा विभिन्न व्यक्ति तथा सङ्घसंस्थाबाट सहयोग सङ्कलन गरिएको थियो । आगलागीका कारण सबै समान जलेर नष्ट भएपछि दैनिकी चलाउन मुस्किल भएका बेला पाएको सहयोगले आफूहरुलाई राहत मिलेकोे अग्निपीडित पार्वती सेनले बताउनुभयो ।
बस्ती नजिकैबाट सल्किएको आगलागीबाट चेत्रे, धानवाङ, कापडाँडा, पिराले, वुर्तिवाङ तथा रुन्टीगढी गाउँपालिका–९ गुनामका ३७ घर र ११ गोठ जलेर नष्ट भएका थिए । आगलागीबाट ३७ परिवारका १७० जना प्रभावित भएका छन् ।
एनआरएनएका अधिकार कार्यान्वयनका लागि सरकार सकारात्मक छः मन्त्री इङ्नाम
अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा बिबिसीविरुद्ध १० अर्ब डलरको मुद्दा
एमालेको ११औँ राष्ट्रिय महाधिवेशन : नयाँ नेतृत्वका लागि ८० विद्युतीय उपकरणबाट मतदान गरिँदै, उम्मेदवारको अन्तिम नामावली सार्वजनिक
एनआरएनएको १२औँ अन्तर्राष्ट्रिय महाधिवेशन आगामी फेब्रुअरी तेस्रो साता
अष्ट्रेलिया सिड्नीमा गोलीकाण्ड, कम्तीमा ११ जनाको ज्यान गयो
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
क्यान्सरपीडित पत्रकार सेर्मालाई पाँचथर समाज सेवा यूकेबाट २ लाख ४८ हजार सहयोग
नेपाल सरकार र जेनजी प्रतिनिधिबीच १० बुँदे सहमति, के के छन् ?
अस्ट्रेलियाको एडिलेड विश्वविद्यालयले दियो नेपाली युवा श्यामसुन्दर श्रेष्ठलाई ‘ब्राइट स्पार्क अवार्ड’
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने