लण्डन । अल्डरसटस्थित बुद्धिष्ट कम्युनिटी सेन्टर (बीसीसी) युके र रस्मुर बरो काउन्सिलबीच बैठक सम्पन्न भएको छ । स्थानिय रस्मुर बरो काउन्सिलले अल्डरसटस्थित बिसीसी युकेको गुम्बासंगै जोडिएर रहेको परसन व्यारेक नामक कारपार्क बिक्रि गरी भवन निर्माण प्रक्रिया अघि बढाएपछि सो कारपार्कको आवश्यकताबारे जानकारी गराउने उद्देश्यले सो बैठक बसेको हो ।
गत बुधबार १३ मे साँझ बीसीसी युकेको गुम्बा परिसरमा सम्पन्न बैठकमा बिसीसी युकेका पब्लिक रिलेशन अफिसर मेजर खिम गौचनले उक्त गुम्बाबाट दैनिक रुपमा सम्पन्न हुने धार्मिक पूजापाठ, अन्त्येष्टी, वैवाहिक कार्यक्रम, साँस्कृतिक कार्यक्रम, भक्तजनहरुको सहभागिता लगायतको बिषय पावर पोइन्टमार्फत जानकारी गराउँदै कार पार्कको आवश्यकताबारे औल्याएका थिए । साथै, उनले कारपार्क बिक्री प्रक्रियामा रहेको जानकारी पाउनासाथ आफूहरुले बिक्री नगर्न तुरुन्तै काउन्सिललाई पत्राचार गरिएको तर काउन्सिलबाट कुनै पनि प्रतिक्रिया प्राप्त नभएको गुनासो व्यक्त गरे ।
सो अवसरमा काउन्सिल लिडर काउन्सिलर डेबिड क्लीफोर्डले सो कार पार्क बिक्रीबाट पर्न गएको असुविधा प्रति दुःख व्यक्त गर्दै उक्त कारपार्कमा भवन निर्माणका लागि प्लानिङ्ग प्रमिशन प्रक्रिया अन्तिम चरणमा पुगिसकेको भएतापनि आफ्नो ठाउँबाट सक्दो सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे । साथै, उनले सो कार पार्क बारे १९ मे भित्र पुनः छलफल गर्न आफू तत्पर रहेको बताउँदै बीसीसी युकेलाई बैठकका लागि निम्तो दिए ।
उक्त बैठकमा बीसीसी युकेका अध्यक्ष धर्म तामाङ्ग, संस्थापक अध्यक्ष ले.रि. काजी शेर्पा, उपाध्यक्ष हर्क गुरुङ, रोबिन गुरुङ, महासचिव क्या. देब घले, कोषाध्यक्ष मेजर हितमान गुरुङ, पब्लिक रिलेशन अफिसर मेजर खिम गौचन, असिस्टेन्ट पब्लिक रिलेशन अफिसर जोया कम्बेल, ट्रष्टीज मेजर कुल थापा, आमा समूहकी सचिव शारदा गुरुङ, सदस्य पवित्र गुरुङ लगायतको उपस्थिति रहेको थियो ।
त्यस्तै, रस्मुर बरो काउन्सिलको तर्फबाट काउन्सिल लिडर काउन्सिलर डेबिड क्लीफोर्ड, काउन्सिलर आलेक्स क्राफोर्ड, नवनिर्वाचित काउन्सिलर जीवनारायण बेल्बासे, काउन्सिलर नेम थापा, एक्ज्युक्युटिभ डाइरेक्टर अफ रस्मुर बरो काउन्सिल (भर्चुयल) केरिन एडवर्क, अल्डरसट फुटबल क्लवका शाहिद अजिम लगायतको उपस्थिति रहेको थियो ।
सन् २००७ सालमा स्थापना भएको बीसीसी युकेले उक्त भवन सन् २०१२ मा खरीद गरी मर्मत संभार गरी सन् २०१५ देखि संचालनमा ल्याएको थियो भने सन् २०२० मा तल थप गरी अहिलेको महामारीको अवस्थामा समेत भक्तजनहरुलाई सेवा दिँदै आएको छ ।
दुर्गा थापाको नेतृत्वमा एनआरएनए लक्जेम्बर्ग गठन
नेपालका राष्ट्रपति पौडेलद्वारा प्रतिनिधिसभाका ज्येष्ठ सदस्य केसीलाई शपथ
ठगीमा परेका ५१ नेपालीको कम्बोडियाबाट उद्धार
लन्डनमा एम्बुलेन्समा आगजनी, छानबिन गर्ने बेलायती प्रहरीको भनाइ
नेपाली कांग्रेसको १५औँ महाधिवेशन भदौ आगामी २४ देखि २६ गतेसम्म गर्ने प्रस्ताव
कसरी भयो बेलायतमा बेरोजगारी ५ वर्षकै उच्च ?
एनआरएनए आईसीसीको नयाँ कार्यसमितिमा बेलायतबाट अध्यक्ष र प्रवक्तासहित १० जना निर्वाचित
एनआरएनए नेतृत्वद्वारा परराष्ट्रमन्त्रीसँग शिष्टाचार भेट
यस्ता छन् एनआरएनएको नयाँ कार्यसमितिको पहिलो बैठकका निर्णयहरु
अन्तर्राष्ट्रिय शान्ति कायम गर्ने जिम्मेवारी चीन र बेलायतको : चिनियाँ विदेशमन्त्री