
लन्डन। नेपालीहरुको घनाबस्ति रहेको रश्मोर बरोमा नेम थापा र रश्मोर बरोकै अल्डरसट वेलिङटन वडामा कन्जरभेटिभ पार्टीबाट जीव बेल्वासे काउन्सिलर निर्वाचित भएका छन । रश्मोर बरोको फार्नबरो चेरिवुड वडामा कन्जरभेटिभ पार्टीबाट उम्मेदवार नेम थापा ८ सय ९८ मत प्राप्त गर्दै विजयी बने भने रश्मोर बरोको वेलिङटन वडामा कन्जरभेटिभ पार्टीबाट उम्मेदवार बेल्वासे ५ सय ८७ मत प्राप्त गर्दै विजयी बनेका हुन ।
बेल्बासेका निकटतम प्रतिद्वन्द्वी लेबोर पार्टीका हलेहकुलेस्तानीले ४०२ मत पाएका थिए भने लिबडेम पार्टीका ओलिभ जेम्सले ८१ मत पाए ।
यसैगरी थापाका निकटतम प्रतिद्वन्द्वी लेबोर पार्टीका क्लाइभ प्याट्रिक ग्लाटनले ८०६ मत पाएका थिए ।
नेपाल मूलका बेलायती थापा फार्नबरो र बेल्वासे अल्डरसटमा बसोबास गर्छन् ।
काउन्सिलर निर्वाचित थापा ग्रेटर रश्मोर नेपाली कम्युनिटीमा हाल उनी उपाध्यक्ष छन् । उनी मगर संघ यूकेका पूर्व अध्यक्ष हुन् ।
बेल्वासे ग्रेटर रश्मोर नेपाली कम्युनिटीका पूर्व अध्यक्ष तथा एनआरएनए यूकेका पूर्व प्रवक्ता हुन् । बेल्वासेले स्थानीय समुदायमा पुर्याएको योगदानको कदरस्वरुप अवार्ड समेत पाएका थिए ।
एनआरएनए यूकेले मे २५ मा जानकारीसभा तथा अन्तरक्रिया कार्यक्रम गर्ने
‘हान्टाभाइरस’ प्रभावित पानीजहाज स्पेन पुग्दै, स्थानीयलाई नआत्तिन आग्रह
बेलायतमा कमलबहादुर गुरुङ फेरि काउन्सिलरमा निर्वाचित
बेलायत निवासी शान्ति लिम्बुको ‘थेम्सको लहरमा तमोरको स्पर्श’ कवितासंग्रह विमोचन
बेलायतमा स्थानीय निर्वाचन : सत्तारुढ दल लेबरलाई झड्का, नेपालीमुलका उम्मेदवार को को भए निर्वाचित ?
बेल्जियममा श्रम संस्कृति पार्टीको प्रवास तदर्थ समिति गठन
डायमण्ड बु्द्धिष्ट सेन्टर यूकेद्वारा तमु लामा बौद्ध धर्म समाजलाई १६ लाख १३ हजार हस्तान्तरण
पत्रकारितामा एआई प्रयोगलाई रचनात्मक र मर्यादित बनाउनेबारे नेपाल पत्रकार महासंघ युकेको प्रशिक्षण
तेह्रथुम समाज यूकेको वार्षिक भेला २०२६ सम्पन्न
निवर्तमान गृहमन्त्री सुधन गुरुङबारे तमु समाज यूकेले भन्यो – ‘निष्पक्ष छानबिन सुनिश्चित गरियोस्’