रश्मोरबाट नेम थापा र जीव बेल्वासे काउन्सिलरमा विजयी


लन्डन। नेपालीहरुको घनाबस्ति रहेको रश्मोर बरोमा नेम थापा र रश्मोर बरोकै अल्डरसट वेलिङटन वडामा कन्जरभेटिभ पार्टीबाट जीव बेल्वासे काउन्सिलर निर्वाचित भएका छन । रश्मोर बरोको फार्नबरो चेरिवुड वडामा कन्जरभेटिभ पार्टीबाट उम्मेदवार नेम थापा ८ सय ९८ मत प्राप्त गर्दै विजयी बने भने रश्मोर बरोको वेलिङटन वडामा कन्जरभेटिभ पार्टीबाट उम्मेदवार बेल्वासे ५ सय ८७ मत प्राप्त गर्दै विजयी बनेका हुन ।

बेल्बासेका निकटतम प्रतिद्वन्द्वी लेबोर पार्टीका हलेहकुलेस्तानीले ४०२ मत पाएका थिए भने लिबडेम पार्टीका ओलिभ जेम्सले ८१ मत पाए ।

यसैगरी थापाका निकटतम प्रतिद्वन्द्वी लेबोर पार्टीका क्लाइभ प्याट्रिक ग्लाटनले ८०६ मत पाएका थिए ।

नेपाल मूलका बेलायती थापा फार्नबरो र बेल्वासे अल्डरसटमा बसोबास गर्छन् ।

काउन्सिलर निर्वाचित थापा ग्रेटर रश्मोर नेपाली कम्युनिटीमा हाल उनी उपाध्यक्ष छन् । उनी मगर संघ यूकेका पूर्व अध्यक्ष हुन् ।

बेल्वासे ग्रेटर रश्मोर नेपाली कम्युनिटीका पूर्व अध्यक्ष तथा एनआरएनए यूकेका पूर्व प्रवक्ता हुन् । बेल्वासेले स्थानीय समुदायमा पुर्याएको योगदानको कदरस्वरुप अवार्ड समेत पाएका थिए ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री