लण्डन । बैँक अफ इङल्याण्डले लकडाउन हटेपछि बेलायतको अर्थतन्त्र विगत ७० वर्ष यताकै उच्च वृद्धि हुने अनुमान गरेको छ ।
बैँकका अनुसार यस वर्ष बेलायतको अर्थतन्त्र ७.२५ प्रतिशतले वृद्धि हुनसक्ने छ । बैँकका अनुसार यो वृद्धिदर सन् १९४९ यताकै सबैभन्दा उच्च हुनेछ । यसबाट सरकारलाई बेरोजगारी र व्यवसायहरुलाई आर्थिक सुविधा दिन थप सहयोग पुग्ने छ।
तथापि बेलायतको अर्थतन्त्र गत वर्ष १० प्रतिशतले खुम्चिएको थियो । जुन विगत ३०० वर्षकै उच्च गिरावट थियो ।
बेलायतका शहरका पसलहरु खुलेसँगै आर्थिक सुधारको गतिको संकेत देखिएको बैँकले जनाएको छ ।
बेलायतमा कोरोनाविरुद्धको खोप लगाउनमा गरिएको व्यापकताले ग्राहकहरुमा आत्मविश्वास बढाएको र यस वर्षको अन्त्यसम्ममा महामारी पूर्वको अवस्थामा फर्कन सक्ने पनि बैँकको निस्कर्ष छ ।
बेलायत निवासी शुभ नेम्बाङ र काजी साम्युद्वारा पाँचथरको सत्यहाङमा माविमा ५ लाखको अक्षय कोष स्थापना
काठमाडौं चिल्ड्रेन्स हस्पिटलको सहयोगार्थ बेलायतमा च्यारिटी कार्यक्रम आयोजना गरिँदै
नेकपा एमालेकी लुम्बिनी प्रदेशसभा सांसद रेखा शर्मा पक्राउ
पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकलाई पाँच दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति
नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री दीपक खड्का पक्राउ
चार भन्ज्याङ तमु समाज यूकेको १६औँ च्यारिटी डिनर नाइट सम्पन्न
मध्यपूर्वमा रहेका नेपालीको समस्याबारे एनआरएनए र वैदेशिक रोजगार व्यवसायी संघबीच छलफल
तमु धीं यूकेको गुडविल एम्बासडरमा कराते खेलाडी एरिका गुरुङ
लन्डनमा एम्बुलेन्समा आगजनी, छानबिन गर्ने बेलायती प्रहरीको भनाइ
दुर्गा थापाको नेतृत्वमा एनआरएनए लक्जेम्बर्ग गठन