लण्डन । बैँक अफ इङल्याण्डले लकडाउन हटेपछि बेलायतको अर्थतन्त्र विगत ७० वर्ष यताकै उच्च वृद्धि हुने अनुमान गरेको छ ।
बैँकका अनुसार यस वर्ष बेलायतको अर्थतन्त्र ७.२५ प्रतिशतले वृद्धि हुनसक्ने छ । बैँकका अनुसार यो वृद्धिदर सन् १९४९ यताकै सबैभन्दा उच्च हुनेछ । यसबाट सरकारलाई बेरोजगारी र व्यवसायहरुलाई आर्थिक सुविधा दिन थप सहयोग पुग्ने छ।
तथापि बेलायतको अर्थतन्त्र गत वर्ष १० प्रतिशतले खुम्चिएको थियो । जुन विगत ३०० वर्षकै उच्च गिरावट थियो ।
बेलायतका शहरका पसलहरु खुलेसँगै आर्थिक सुधारको गतिको संकेत देखिएको बैँकले जनाएको छ ।
बेलायतमा कोरोनाविरुद्धको खोप लगाउनमा गरिएको व्यापकताले ग्राहकहरुमा आत्मविश्वास बढाएको र यस वर्षको अन्त्यसम्ममा महामारी पूर्वको अवस्थामा फर्कन सक्ने पनि बैँकको निस्कर्ष छ ।
तमु धीं यूकेले भव्य रुपमा मनायो ल्होछार
इराकमा कार्यरत नेपालीलाई अभिलेखीकरणमा ल्याउने नेपाल सरकारको निर्णय अत्यन्त स्वागतयोग्य : एनआरएनए
रास्वपा सभापति र काठमाडौं महानगर प्रमुखबीच राजनीतिक सहमति, भावी प्रधानमन्त्रीको उम्मेदवार बालेन्द्र शाह
जनवरी १ मा लन्डनमा टोपी दिवस मनाइने
नेपालमा सवा ९ लाख मतदाता थपिए
बेलायतको प्लमस्टिडमा मोहन गुरुङको टिमद्वारा ‘एसियन ओरिएन्टल सुपरमार्ट’ सञ्चालन
अमेरिकामा भएको नेपाली गायन र नृत्य प्रतियोगितामा आर्या र खुसी विजयी
बेलायतमा ईलमपोखरी समाज यूकेले भव्य रुपमा मनायो ‘त ल्हो’ल्होछार
नेपाली दूतावास लन्डनमा पहिलो पटक ध्यान शिविर आयोजना, करिब ४० जना सहभागी
आइसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोट:खेल तालिका सार्वजनिक