लन्डन । एनआरएनए युके अध्यक्ष पदका उम्मेदवार दीपक श्रेष्ठले साउथ इस्ट लन्डनको प्लमस्टिडमा अनलाइन सदस्यता फारम भर्न सहयोग गर्ने भएका छन ।
प्लमस्टिड हाइ स्ट्रिटस्थित अस्मिता एशोसिएट्सको कार्यालय रहेको भवनमा मंगलबारदेखि श्रेष्ठले केही कोठा लिएर फारम भर्न सहयोग गर्न लागेका हुन ।
एनआरएनए युकेको ‘मेम्बरसिप ड्राइभ’ र आफ्नो उम्मेद्वारी दुबैको प्रवर्द्धनको उद्धेश्यका लागि उक्त कार्य गरिएको इंग्ल्याण्ड परिषद अध्यक्ष समेत रहेका एनआरएनए युके अध्यक्ष उम्मेदवार श्रेष्ठले बताए ।
उनका अनुसार कार्यालय हरेक दिन खुला रहनेछ । कार्यालयबाट एनआरएनए युकेको सदस्यता फारम भर्ने कार्यमा सहयोग गर्नका साथै संस्थासँग सम्बन्धित सबै जानकारी र सूचनाहरु वितरण गरिनेछ ।
एनआरएनए युकेले अहिले पहिलोपटक एमआइएस प्रविधिबाट सदस्यता वितरण गर्दैछ । ‘अनलाइनबाट सदस्यता लिने प्रक्रिया सहज रहेपनि विशेषगरी कयौं बुवाआमाहरुलाई अनलाइन फारम भर्न असहज बनेको महशुस भएको छ ’, अध्यक्ष उम्मेदवार श्रेष्ठले भने । उनकाअनुसार सदस्यता लिंदा कुनै समस्या परेमा वा अन्य कुनै जानकारी, परामर्श आवश्यक छ भने जो कसैले हाम्रो कार्यालयमा सम्पर्क राख्न सक्नु हुनेछ ।
सदस्यता फारम भर्न सम्पर्क कार्यालयमा आउंदा बैंक कार्ड आफ्नो परिचय खुल्ने फोटो आइडी, एड्रेस प्रुफ ( ड्राइभिङ लाइसेन्सले दुवै काम गर्ने ) र बैंक कार्ड समेत लिएर आउन आग्रह गरिएको छ ।
बेलायतमा ईलमपोखरी समाज यूकेले भव्य रुपमा मनायो ‘त ल्हो’ल्होछार
बेलायतको प्लमस्टिडमा मोहन गुरुङको टिमद्वारा ‘एसियन ओरिएन्टल सुपरमार्ट’ सञ्चालन
बेलायतमा अरुले कमाउँछन्, म सेवा गर्छु : पुनम गुरुङ
सहारा यूकेको अध्यक्षमा शारदा गुरुङ चयन
दुर्घटनामा मृत्यु भएका युबिन तामाङको बेलायतमै अन्त्येष्टि
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
एमालेको ११औँ राष्ट्रिय महाधिवेशन : नयाँ नेतृत्वका लागि ८० विद्युतीय उपकरणबाट मतदान गरिँदै, उम्मेदवारको अन्तिम नामावली सार्वजनिक
बेलायत पठाउने भन्दै ५२ लाख ठगी गर्ने पोखराका बराइली पक्राउ
नेकपा एमालेको अध्यक्षमा ओली र महासचिवमा पोखरेल निर्वाचित
अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा बिबिसीविरुद्ध १० अर्ब डलरको मुद्दा