काठमान्डौ । गत साता काठमाडौंमा हालै सम्पन्न नेपाल सर्ट फिल्म अवार्ड २०७७ मा अभिनेता ध्रुब दत्तले उत्कृष्ट अभिनेताको अवार्ड जित्न सफल भएका छन् । अभिनेता ध्रुब दत्तले बेलायतमा निर्मित सर्ट फिल्म सहाराबाट उत्कृष्ट अभिनेताको अवार्ड जितेका हुन् । बेलायतमा रहेर कलाकारितामा सक्रिय कलाकार ध्रुब दत्तले तीन घुम्ती, आवेग, बिरताको चिनोलगायतका दर्जन बढी ठूलो पर्दाका फिल्मीमा अभिनय गरेका छन । कुशल अभिनय गरेर दर्शकको मन जित्न सफल अभिनेता दत्त प्रवासमा रहेर पनि निरन्तर रुपमा कलारितामा सक्रिय छन् ।
त्यस्तै अभिनेता सरोज खनालले उत्कृष्ट निर्देशकको अवार्ड जितेका छन् । अभिनेता खनालले पहिलो पटक निर्देशन मै यो अवार्ड जितेका हुन् । यस्तै प्रतियोगितामा उत्कृष्ट सर्ट फिल्मको अवार्ड तेजेन्द्र प्रसाद कँडेल निर्मित देशमाथीले जितेको छ । स्टार वान इन्टरनेटमेन्ट र विलक्षण क्रियनसले गत बैशाख १४ गते आयोजना गरेको नेपाल सर्ट फिल्म प्रतियोगितामा १९ वटा सर्ट फिल्म सहभागी थिए ।
जसमध्ये ८ वटा सर्ट फिल्म अवार्डमा चयन भएको कार्यक्रम निर्देशक एवम् नेपाल चलचित्र संयोजक समाजका उपाध्यक्ष राजु अधिकारीले बताए ।
त्यस्तै उत्कृष्ट सर्ट फिल्म कथाकारका रुपमा पुरु राईले अवार्ड हात पारे । बिजेताहरुलाई पूर्व प्रधानसेनापति राजेन्द्र क्षत्री, अभिनेता रविन्द्र खड्का, रमेश बुढाथोकी, नवल खड्कालगायतले एक समारोहबीच अवार्ड प्रदान गरेका थिए ।
सर्वोच्च अदालतको प्रधानन्यायाधीशमा डा. मनोजकुमार शर्मा नियुक्त
सिमी भ्यालीमा डढेलोको कहर, हजारौँ विस्थापित हुने जोखिम
तमु समाज युकेको १९औँ वार्षिक साधारणसभा : के के भए निर्णय ?
बेलायतमा नवनिर्वाचित काउन्सिलर कमलबहादुर गुरुङलाई तमु समाज यूकेको सम्मान
किरात सुनुवार सेवा समाज यूकेले मनायो उभौली पर्व
गैरआवासीय नेपाली नागरिकतासम्बन्धी विधेयकमा गोर्खा शब्द राखिएकोमा सीएनसीबीजीको आपत्ति
पहिचान पुरस्कारका लागि कृति आह्वान, जेठ मसान्तसम्म समयसीमा
एनआरएनएको नर्दन आयरल्यान्ड बैठक : सल्लाहकार थपियो, विधान संयोजन समिति पुनर्गठन
‘लाहुरेनी सौन्दर्य’ भित्र के के रैछन् त ? [प्रतिक्रिया]
ई–बिडिङ प्रकरणमा पूर्वमन्त्री विक्रम पाण्डेसहित ११ जनालाई धरौटीमा छाड्न आदेश