लन्डन। बेलायतले भारतसँग करिब एक अर्ब पाउन्ड अर्थात् एक अर्ब ४० करोड अमेरिकी डलर बराबरको नयाँ व्यापार तथा लगानी सम्झौता घोषणा गरेको छ ।
नयाँ व्यापार एवं लगानी सम्झौतामा कोभिड–१९ र अन्य रोग विरुद्धका खोप उत्पादनमा सघाउन भारतस्थित खोप उत्पादक कम्पनी सेरम इन्स्टिच्यूटलाई थप मद्दत गर्ने समेत उल्लेख छ ।
बेलायती प्रधानमन्त्री बोरिस जोन्सन र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच मङ्गलबार भएको भिडियो कन्फरेन्स बैठक अघि बेलायतका तर्फबाट यस्तो घोषणा गरिएको हो । यस बैठकमा दुई देशबीच स्वतन्त्र व्यापार सम्झौताका लागि सम्झौताहरु हुने अनुमान गरिएको छ ।
बेलायत सरकारले युरोपेली युनियनबाट अलग भएपछि विभिन्न देशसँग व्यापार बृद्धिका लागि सम्झौताहरु गर्न थालेको छ । सोमबार अबेर घोषणा गरिएको बेलायतको यस घोषणाले बेलायमा छ हजार ५०० भन्दा बढी रोजगारी सिर्जना हुने बेलायत सरकारको अपेक्षा छ ।
यस प्याकेज अन्तर्गत सेरमको बेलायतस्थित प्लान्टमा २४ करोड पाउन्ड स्टर्लिङ लगानी गरिने छ जसबाट क्लिनिकल ट्रायल, अनुसन्धान र खोप उत्पादनमा खर्च गरिनेछ । सेरम इन्स्टिच्यूटले कोडाजेनिक्ससँगको साझेदारीमा कोभिड–१९ विरुद्ध एक डोज लगाए पुग्ने खोपको विकास गर्न थालेको छ । नाकबाट दिइने यो खोपको परीक्षण प्रारम्भिक अवस्थामै रहेको छ ।
प्रधानमन्त्री जोन्सनले विज्ञप्तिमा भन्नुभएको छ, “बेलायत–भारत सम्बन्धका विभिन्न आयाम रहेझैं यस लगानीबाट दुई देशका हाम्रा जनतालाई थप बलियो र सुरक्षित बनाउने छ । यस लगानीबाट सिर्जना हुने ६ हजार ५०० नयाँ रोजगारीले बेलायती र भारतीय परिवारलाई लाभ पुग्नेछ ।”
बेलायत र भारतबीचको वार्षिक व्यापार करिब २३ अर्ब पाउन्डको छ । यो युरोपेली युनियनसँग बेलायतको व्यापारभन्दा ५ प्रतिशत मात्र कमी हो ।
नेपाल सरकारले अब दुई कार्यदिनभित्रै राहदानी उपलब्ध गराउने
यात्रुलाई अमर्यादित व्यवहार गर्ने ट्याक्सी र चालकलाई पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा प्रवेशमा रोक
नेपाली दूतावास लन्डनमा पहिलो पटक ध्यान शिविर आयोजना, करिब ४० जना सहभागी
आइसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोट:खेल तालिका सार्वजनिक
अमेरिकामा भएको नेपाली गायन र नृत्य प्रतियोगितामा आर्या र खुसी विजयी
नेकपा एमालेको अध्यक्षमा ओली र महासचिवमा पोखरेल निर्वाचित
नेकपा एमालेको ११ औं महाधिवेशन : धमाधम मतगणना, कसलाई कति मत ?
६ वर्षे एमबीबीएसको पूर्ण छात्रवृत्तिका लागि एनआरएनएद्वारा आवेदन आह्वान
दुर्घटनामा मृत्यु भएका युबिन तामाङको बेलायतमै अन्त्येष्टि
बेलायतको अल्डरसटमा नेपाली दूतावासको घुम्ती शिविर, राहदानी र कन्सुलर सेवा एकै ठाउँमा