लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) युके भित्र देखिएको विवाद समाधानका लागि संरक्षक मण्डल (प्या ट्रान्स काउन्सिल) सकारात्मक पहल अघि बढाउन तयार भएको छ । मंगलबारको संरक्षक मण्डलको भर्चुअल बैठकले एनआरएनए युके भित्रको विवाद समाधान गर्न पहल लिने निर्णय गरेको हो ।
एनआरएनए युके अध्यक्ष पुनम गुरुङले संस्था भित्रको विवाद समाधानका लागि छलफल गर्न मंगलबार ‘संरक्षक मण्डल’ को बैठक डाकेकी थिइन् । ‘संस्था भित्रको विवाद समाधानका लागि पहल गर्न संरक्षकहरु तयार हुनु भएको छ । यो अत्यन्तै सकारात्मक कुरा हो,’ एनआरएनए युके अध्यक्ष पुनम गुरुङले वीनेपाली संग भनिन् ।
एनआरएनए युके भित्र देखिएका समस्या समाधान गर्ने र संस्थाका हितमा काम गर्न सल्लाह सुझाव दिने सर्वाेच्च निकाय संरक्षक मण्डल हो । जसमा एनआरएनए युके ‘संरक्षक मण्डल’मा प्रमुख संरक्षक मे. रि. डम्मर घले तथा संरक्षकहरुमा महन्त श्रेष्ठ, अशोक श्रेष्ठ, सूर्य गुरुङ, कुल आचार्य, योगेन वहादुर क्षेत्री, महेन्द्र कंडेल, मुछेत्र गुरुङ र योगकुमार फगामी छन् । बैठकमा घले, गुरुङ, आचार्य, क्षेत्री, कंडेल, फगामी र वर्तमान अध्यक्ष गुरुङ तथा महासचिव फडिन्द्र भट्टराईको उपस्थिति रहेको थियो ।
‘संरक्षकज्युहरुले सवै सँग छलफल गरेर केही दिनभित्रै निकास दिने गरि पहल गर्ने आश्वासन दिनु भएको छ। मलाई आशा छ, अब चाडै एनआरएनए युके भित्रको विवाद समाधान हुनेछ’, अध्यक्ष गुरुङले भनिन् । आर्थिक अनियमिततालगायतका बिषयमा एनआरएनए युकेको विवाद अदालतमा प्रवेश गरेपछि पहिलो पटक ‘संरक्षक मण्डल’को बैठक बसेको हो ।
बैठकमा अध्यक्ष गुरुङले ‘संरक्षक मण्डल’लाई कार्यसमितिका जिम्मेबार साथीहरुबाट नै आर्थिक अनियमितताका बिषयलाई लिएर अदालतमा मुद्दा दर्ता समेत गराएको जानकारी गराइकी थिइन ।
एनआरएनए युके भित्र २०१७-१९ कार्यकालमा आर्थिक अनियमितता भन्ने दावी गर्दै दायर गरिएको मुद्दा डार्टफोर्ड काउन्टी कोर्टमा विचाराधीन छ । संघकै चारजना उपाध्यक्षहरु प्रेम गाहामगर, रामचन्द्र पोखरेल, मोहन कार्की, नारायण कंडेल तथा पूर्व उपाध्यक्ष शेर सुनार र इंग्ल्याण्ड राज्य समन्वय परिषद् उपाध्यक्ष एलविजेड गुरुङले संस्था मा आर्थिक अनियमितता भएको भन्दै मुद्दा दायर गरेका हुन् ।
एनआरएनए यूकेले मे २५ मा जानकारीसभा तथा अन्तरक्रिया कार्यक्रम गर्ने
‘हान्टाभाइरस’ प्रभावित पानीजहाज स्पेन पुग्दै, स्थानीयलाई नआत्तिन आग्रह
बेलायतमा कमलबहादुर गुरुङ फेरि काउन्सिलरमा निर्वाचित
बेलायत निवासी शान्ति लिम्बुको ‘थेम्सको लहरमा तमोरको स्पर्श’ कवितासंग्रह विमोचन
बेलायतमा स्थानीय निर्वाचन : सत्तारुढ दल लेबरलाई झड्का, नेपालीमुलका उम्मेदवार को को भए निर्वाचित ?
बेल्जियममा श्रम संस्कृति पार्टीको प्रवास तदर्थ समिति गठन
डायमण्ड बु्द्धिष्ट सेन्टर यूकेद्वारा तमु लामा बौद्ध धर्म समाजलाई १६ लाख १३ हजार हस्तान्तरण
पत्रकारितामा एआई प्रयोगलाई रचनात्मक र मर्यादित बनाउनेबारे नेपाल पत्रकार महासंघ युकेको प्रशिक्षण
तेह्रथुम समाज यूकेको वार्षिक भेला २०२६ सम्पन्न
निवर्तमान गृहमन्त्री सुधन गुरुङबारे तमु समाज यूकेले भन्यो – ‘निष्पक्ष छानबिन सुनिश्चित गरियोस्’