लण्डन । गोरखाहरुले बेलायतकाे राजमुकुटको सेवा गर्न शुरु गरेको २०६ वर्ष पुगेको अवसरमा ब्रिटिश गोरखा भेट्रान्स एसोसिएसन ननिटनले विशेष कार्यक्रम आयोजना गरेको छ ।
स्थानीय रिभर्सली पार्कमा आयोजित कार्यक्रममा एसोसिएसनका अध्यक्ष ओमबहादुर गुरुङ एमबीईले गोरखा भर्तीका बारेमा जानकारी दिएका थिए ।
विगतमा बेलायतस्थित राजदुतको प्रमुख आतिथ्यमा हुने गरेको सो कार्यक्रम यसपटक कोभिडका कारण सीमित संख्यामा मात्र मनाइएको थियो । स्थानीय अन्य रेजिमेन्टहरुको झण्डासहित प्रतिनिधिहरु र एसोसिएनका पदाधिकारी र सदस्यहरुको उपस्थितिमा यस वर्षको सो कार्यक्रम गरिएको थियो ।
एसोसिएसनले गोरखाहरुले बेलायतको सेवा शुरु गरेको २०० वर्ष पुगेको अवसरमा सो पार्कमा गोरखा स्मारक स्थापना गरेपछि हरेक वर्ष यो कार्यक्रम गर्दै आएको छ । विगतमा बेलायती राजपरिवारका सदस्यहरु, गोरखा न्यायिक अभियानकी कलाकार जोअना लम्ले पनि यस्ता कार्यक्रमहरुमा सरिक भइसकेका छन् भने स्थानीय सांसदहरु, लर्डहरु, लर्ड लेफ्टिनेण्ट, मेयर, काउन्सिलरहरुको उपस्थिति रहने गर्दथ्यो ।
सो कार्यक्रम स्थानीय ननिटन एण्ड वेडवर्थ काउन्सिलको मुख्य कार्यक्रममा परिसकेको छ ।
बेलायती सेनामा गोरखाहरुको पहिलो रेजिमेण्ट खडा भएको अप्रिल महिनामा सो कार्यक्रम गर्ने गरिन्छ ।
एसोसिएसनका महासचिव क्याप्टेन भीम सारुले एसोसिएसनले आगामी दिनमा स्थानीय पार्कमा १३ वटा मेमोरियल बेन्चहरु राख्ने बताए । ती बेन्चहरु तयार भइसकेको र कोभिड सकिनासाथ राखिने उनले जानकारी दिए । यस्तै, १३ गोरखा भिसीहरु, गोरखा रेजिमेन्टबाट भिसी पाएका अरु १३ जना गैरगोरखा भिसीहरु र स्थानीय २ भिसीहरुको अनुहारको स्केच र व्यक्तित्व सहितको पर्खाल पनि गोरखाहरुको स्मारक सँगै राखिने उनले बताए ।
सर्वोच्च अदालतको प्रधानन्यायाधीशमा डा. मनोजकुमार शर्मा नियुक्त
सिमी भ्यालीमा डढेलोको कहर, हजारौँ विस्थापित हुने जोखिम
तमु समाज युकेको १९औँ वार्षिक साधारणसभा : के के भए निर्णय ?
बेलायतमा नवनिर्वाचित काउन्सिलर कमलबहादुर गुरुङलाई तमु समाज यूकेको सम्मान
किरात सुनुवार सेवा समाज यूकेले मनायो उभौली पर्व
गैरआवासीय नेपाली नागरिकतासम्बन्धी विधेयकमा गोर्खा शब्द राखिएकोमा सीएनसीबीजीको आपत्ति
पहिचान पुरस्कारका लागि कृति आह्वान, जेठ मसान्तसम्म समयसीमा
एनआरएनएको नर्दन आयरल्यान्ड बैठक : सल्लाहकार थपियो, विधान संयोजन समिति पुनर्गठन
‘लाहुरेनी सौन्दर्य’ भित्र के के रैछन् त ? [प्रतिक्रिया]
ई–बिडिङ प्रकरणमा पूर्वमन्त्री विक्रम पाण्डेसहित ११ जनालाई धरौटीमा छाड्न आदेश