लण्डन । गोरखाहरुले बेलायतकाे राजमुकुटको सेवा गर्न शुरु गरेको २०६ वर्ष पुगेको अवसरमा ब्रिटिश गोरखा भेट्रान्स एसोसिएसन ननिटनले विशेष कार्यक्रम आयोजना गरेको छ ।
स्थानीय रिभर्सली पार्कमा आयोजित कार्यक्रममा एसोसिएसनका अध्यक्ष ओमबहादुर गुरुङ एमबीईले गोरखा भर्तीका बारेमा जानकारी दिएका थिए ।
विगतमा बेलायतस्थित राजदुतको प्रमुख आतिथ्यमा हुने गरेको सो कार्यक्रम यसपटक कोभिडका कारण सीमित संख्यामा मात्र मनाइएको थियो । स्थानीय अन्य रेजिमेन्टहरुको झण्डासहित प्रतिनिधिहरु र एसोसिएनका पदाधिकारी र सदस्यहरुको उपस्थितिमा यस वर्षको सो कार्यक्रम गरिएको थियो ।
एसोसिएसनले गोरखाहरुले बेलायतको सेवा शुरु गरेको २०० वर्ष पुगेको अवसरमा सो पार्कमा गोरखा स्मारक स्थापना गरेपछि हरेक वर्ष यो कार्यक्रम गर्दै आएको छ । विगतमा बेलायती राजपरिवारका सदस्यहरु, गोरखा न्यायिक अभियानकी कलाकार जोअना लम्ले पनि यस्ता कार्यक्रमहरुमा सरिक भइसकेका छन् भने स्थानीय सांसदहरु, लर्डहरु, लर्ड लेफ्टिनेण्ट, मेयर, काउन्सिलरहरुको उपस्थिति रहने गर्दथ्यो ।
सो कार्यक्रम स्थानीय ननिटन एण्ड वेडवर्थ काउन्सिलको मुख्य कार्यक्रममा परिसकेको छ ।
बेलायती सेनामा गोरखाहरुको पहिलो रेजिमेण्ट खडा भएको अप्रिल महिनामा सो कार्यक्रम गर्ने गरिन्छ ।
एसोसिएसनका महासचिव क्याप्टेन भीम सारुले एसोसिएसनले आगामी दिनमा स्थानीय पार्कमा १३ वटा मेमोरियल बेन्चहरु राख्ने बताए । ती बेन्चहरु तयार भइसकेको र कोभिड सकिनासाथ राखिने उनले जानकारी दिए । यस्तै, १३ गोरखा भिसीहरु, गोरखा रेजिमेन्टबाट भिसी पाएका अरु १३ जना गैरगोरखा भिसीहरु र स्थानीय २ भिसीहरुको अनुहारको स्केच र व्यक्तित्व सहितको पर्खाल पनि गोरखाहरुको स्मारक सँगै राखिने उनले बताए ।
६ वर्षे एमबीबीएसको पूर्ण छात्रवृत्तिका लागि एनआरएनएद्वारा आवेदन आह्वान
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
बेलायत पठाउने भन्दै ५२ लाख ठगी गर्ने पोखराका बराइली पक्राउ
एनआरएनएका अधिकार कार्यान्वयनका लागि सरकार सकारात्मक छः मन्त्री इङ्नाम
अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा बिबिसीविरुद्ध १० अर्ब डलरको मुद्दा
अस्ट्रेलियाको एडिलेड विश्वविद्यालयले दियो नेपाली युवा श्यामसुन्दर श्रेष्ठलाई ‘ब्राइट स्पार्क अवार्ड’
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने
नेपाल सरकार र जेनजी प्रतिनिधिबीचको सम्झौता मन्त्रिपरिषद् बैठकबाट अनुमोदन
बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुन्छ : बीसीसी
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक