लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) युकेका चारजना उपाध्यक्षहरुले सामाजिक संस्था भित्र बसेर आर्थिक अनियमितता जस्ता गलत काम गर्ने विरुद्ध अदालत जानु परेको प्रस्टीकरण दिएका छन् ।
आइतबार भर्चुअल रुपमा आयोजित् खुल्ला बहसमा भाग लिंदै उनीहरुले आफुहरुको लडाई संस्था विरुद्ध नभई सामाजिक संस्थालाई कब्जामा लिंदै गलत कार्य गर्नेहरुका विरुद्ध भएको स्पष्ट पारे ।
‘खुल्ला बहस’ मा पत्रकारहरुले सोधेका प्रश्नको जवाफ दिदै उपाध्यक्ष प्रेम गाहामगरले बेलायतस्थित नेपाली समुदायले श्रम गरेर समाजसेवाका लागि खर्चेको रकम दुरुपयोग गर्ने विरुद्ध कानुनी लडाईमा जानु परेको बताए । ‘हामी समत पुरानो कार्यसमिति छानविनको दायरामा छ । म स्वयं पनि आर्थिक अनियमितता गर्नेमा परे भने कारवाहीको भागिदार हुनुपर्छ’, उनले भने। “आफ्नै संस्था विरुद्ध मुद्दा हाले भनेर केही व्यक्तिहरुले हल्ला चलाएका छन् । त्यो विल्कुल गलत र भ्रामक कुरा हो । हाम्रो लडाई संस्था विरुद्ध होइन, एनआरएनए युकेलाई दुरुपयोग गर्ने गलत व्यक्तिहरु विरुद्ध हो ,’ उनले भने।
उपाध्यक्ष गाहामगरले जो नेतृत्वमा आएपनि एउटै व्यक्तिले संस्थामा हालीमुहाली गर्दै आएको भन्दै आगामी दिनमा त्यस्तो सिण्डीकेट तोडने प्रतिवद्धता व्यक्त गरे । उनले संस्थामा दुरुपयोग गरिएको रकम संस्थाको खातामा फिर्ता ल्याउने दावी समेत गरे ।
अर्का उपाध्यक्ष नारायण कंडेलले एनआरएनए युकेलाई एक विश्वसनीय संस्थाका रुपमा विकास गर्न र त्यहाँ भएका आर्थिक दुरुपयोग रोक्न कानुनी लडाईंमा जानु परेको बताए । ‘बेलायतस्थित नेपाली समुदायले निर्वाचित गरेरै संस्था भित्र महत्वपूर्ण जिम्मेवारी पाएका छौं । त्यहाँ भएको विकृति हटाउन तपाइहरुको साथ चाहिएको छ,’ उनले भने। ‘एनआरएनए युकेलाई आर्थिक रुपमा एउटा विश्वसनीय संस्था बनाउने अभियानमा सहयोग गर्नुहोस् ।’ उपाध्यक्ष कंडेलले आर्थिक पारदर्शिताका लागि अभियान चलाउँदा गाली बेइज्जती सहनु परेको गुनासो गरे । उनले एनआरएनए युकेमाथि सम्मान रहेको जनाउदै संस्थालाई दुरुपयोग गरी समाजसेवाको नाममा पैसा कमाउनेलाई जनता माझ उभ्याई छाडने बताए ।
अर्का उपाध्यक्ष रामचन्द्र पोखरेलले एनआरएनए युके संस्थागत रुपमा चल्न नसकेको बताए । ‘निर्वाचित भएपछि पटक पटक आफुहरुले बैठकमा राखेको आर्थिक पारदर्शिताका बिषयलाई कुनै वास्ता नगरिएकाले कानुनी प्रक्रियामा अघि बढनु परेको हो,’ उनले भने, ‘आर्थिक पारदर्शिताको एजेण्डा बैठकमा राख्दा अध्यक्ष पुनम गुरुङ तल्लोस्तरमा ओर्लिएर गाली गलौज गरिन् ।’ उपाध्यक्ष पोखरेलले कार्यसमितिमा पर्याप्त छलफल गरि निर्णय लिने परिपाटी नरहेको जनाए । कार्यक्रममा उनले विवादको फेहरिस्त नै प्रस्तुत गरेका थिए ।
अर्का उपाध्यक्ष मोहन कार्कीले सदस्यता आवेदन गर्नेको प्रमाणLकरण समेत अध्यक्ष गुरुङले आफैसंग राखेर संस्था नियन्त्रणमा राख्न खोजेको आरोप लगाए ।
इंग्ल्याण्ड राज्य समन्वय परिषद् उपाध्यक्ष एलबीजेड गुरुङले संस्थापन पक्षले एनआरएनए युके भित्र आर्थिक पारदर्शिता अपनाउन आनाकानी गरि झुट र भ्रमको खेती गरिरहेको जनाए । त्यस्तै पूर्व उपाध्यक्ष शेर सुनारले एनआरएनए भित्रको आर्थिक घोटलामा संघका केन्द्रिय पदाधिकारी को समेत संरक्षण रहेको आरोप लगाउदै जवाफ माग गरेका थिए ।
एनआरएनए युकेका चारजना उपाध्यक्षहरुले संस्थापन पक्षले विधान विपरीत गठन गरेको आर्थिक अनियमितता छानविन समितिलाई आफुहरुले मान्यता नदिएको बताएका थिए । उनीहरुले आफैले बनाएको छानविन समितिको प्रतिवेदनले आर्थिक अनियमितता देखाएपछि नैतिकताका आधारमा राजीनामा आउनु पर्ने पनि बताए ।
एनआरएनए युके भित्र आर्थिक अनियमितता बिषयको मुद्दा बेलायतको डार्टफोर्ड काउन्टी कोर्टमा विचाराधीन छ ।
६ वर्षे एमबीबीएसको पूर्ण छात्रवृत्तिका लागि एनआरएनएद्वारा आवेदन आह्वान
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
बेलायत पठाउने भन्दै ५२ लाख ठगी गर्ने पोखराका बराइली पक्राउ
एनआरएनएका अधिकार कार्यान्वयनका लागि सरकार सकारात्मक छः मन्त्री इङ्नाम
अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा बिबिसीविरुद्ध १० अर्ब डलरको मुद्दा
अस्ट्रेलियाको एडिलेड विश्वविद्यालयले दियो नेपाली युवा श्यामसुन्दर श्रेष्ठलाई ‘ब्राइट स्पार्क अवार्ड’
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने
नेपाल सरकार र जेनजी प्रतिनिधिबीचको सम्झौता मन्त्रिपरिषद् बैठकबाट अनुमोदन
बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुन्छ : बीसीसी
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक