लन्डन — बार्नेट काउन्सिलले आफ्नो काउन्सिल अन्तर्गत बसोबास गर्ने नेपाली समुदायका लागि छुट्टै समाधिस्थल उपलब्ध गराएको छ। काउन्सिलका उपमेयर लक्ष्य गुरुङको सकृयतामा उक्त समाधिस्थल उपलब्ध गराइएको हो।
“भूतपूर्व गोर्खा सैनिक लगायत बेलायतमा बसोबास गर्ने नेपालीहरुको संख्या बढ्दै जांदा हामीले छुट्टै समाधिस्थलका लागि माग गर्दै आएका थियौं। अहिले आएर काउन्सिलले नेपाली समुदायका लागि अलग्गै समाधिस्थल उपलब्ध गराइ दिंदा खुसी लागेको छ,” उपमेयर गुरुङले भने।
त्यस्तै बर्न्टओक नेपाली समाजका अध्यक्ष बिष्णु गुरुङले छुट्टै समाधिस्थल उपलब्ध गराई दिएकोमा बार्नेट काउन्सिल तथा त्यसको लागि निरन्तर पहल गरेकोमा उपमेयर लक्ष गुरुङलाई धन्यवाद दिए।
मिलहिलस्थित वेस्टमिन्स्टर सिमेट्री नजिकै रहेको उक्त समाधिस्थलको समाजका पूर्व अध्यक्ष तथा उपमेयर गुरुङ, बर्न्टओक नेपाली समाजका अध्यक्ष बिष्णु गुरुङ, महासचिव दिलमाया गुरुङ तथा समाजका संस्थापक अध्यक्ष उदय गुरुङले शुक्रबार निरीक्षण गरेका थिए।
हेन्डन सिमेट्री एण्ड क्रीमेटरियमका ग्रोथ एण्ड ट्रान्सफर्मेसन म्यानजर एन्ड्रयु मिल्नले उपमेयर गुरुङ सहितको टोलिलाइ उक्त समाधिस्थलले ओगट्ने भूभाग तथा त्यहाँ निर्माण हुने संरचनाहरुबारे जानकारी दिएका थिए।
कुनै पनि स्थानीय निकायले बेलायतमा नेपाली समुदायका लागि छुट्टै समाधिस्थल उपलब्ध गराएको यो दोश्रो पटक हो। एसअघि हिलिंग्डन गोर्खाज नेप्लिज कम्युनिटीको पहलमा नेपाली/गोर्खा समुदायका लागि छुट्टै समाधिस्थल उपलब्ध गराइएको छ।
नेपालमा ‘विदेशी नागरिक व्यवस्थापन सूचना प्रणाली’ यही पुस १७ देखि लागु गरिँदै
इन्डोनेसियाको नर्सिङ होममा आगलागी, १६ जनाको मृत्यु
बेलायत निवासी साहित्यकार केदार संकेतको ‘अन्तिम साँझ’ कथासङ्ग्रह लोकार्पण
तमु धीं यूकेले भव्य रुपमा मनायो ल्होछार
इराकमा कार्यरत नेपालीलाई अभिलेखीकरणमा ल्याउने नेपाल सरकारको निर्णय अत्यन्त स्वागतयोग्य : एनआरएनए
नेपाली दूतावास लन्डनमा पहिलो पटक ध्यान शिविर आयोजना, करिब ४० जना सहभागी
आइसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोट:खेल तालिका सार्वजनिक
नेपाल सरकारले अब दुई कार्यदिनभित्रै राहदानी उपलब्ध गराउने
पेनिबा : युवाको प्रतिनिधि कथाहरू
यात्रुलाई अमर्यादित व्यवहार गर्ने ट्याक्सी र चालकलाई पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा प्रवेशमा रोक