लन्डन — बार्नेट काउन्सिलले आफ्नो काउन्सिल अन्तर्गत बसोबास गर्ने नेपाली समुदायका लागि छुट्टै समाधिस्थल उपलब्ध गराएको छ। काउन्सिलका उपमेयर लक्ष्य गुरुङको सकृयतामा उक्त समाधिस्थल उपलब्ध गराइएको हो।
“भूतपूर्व गोर्खा सैनिक लगायत बेलायतमा बसोबास गर्ने नेपालीहरुको संख्या बढ्दै जांदा हामीले छुट्टै समाधिस्थलका लागि माग गर्दै आएका थियौं। अहिले आएर काउन्सिलले नेपाली समुदायका लागि अलग्गै समाधिस्थल उपलब्ध गराइ दिंदा खुसी लागेको छ,” उपमेयर गुरुङले भने।
त्यस्तै बर्न्टओक नेपाली समाजका अध्यक्ष बिष्णु गुरुङले छुट्टै समाधिस्थल उपलब्ध गराई दिएकोमा बार्नेट काउन्सिल तथा त्यसको लागि निरन्तर पहल गरेकोमा उपमेयर लक्ष गुरुङलाई धन्यवाद दिए।
मिलहिलस्थित वेस्टमिन्स्टर सिमेट्री नजिकै रहेको उक्त समाधिस्थलको समाजका पूर्व अध्यक्ष तथा उपमेयर गुरुङ, बर्न्टओक नेपाली समाजका अध्यक्ष बिष्णु गुरुङ, महासचिव दिलमाया गुरुङ तथा समाजका संस्थापक अध्यक्ष उदय गुरुङले शुक्रबार निरीक्षण गरेका थिए।
हेन्डन सिमेट्री एण्ड क्रीमेटरियमका ग्रोथ एण्ड ट्रान्सफर्मेसन म्यानजर एन्ड्रयु मिल्नले उपमेयर गुरुङ सहितको टोलिलाइ उक्त समाधिस्थलले ओगट्ने भूभाग तथा त्यहाँ निर्माण हुने संरचनाहरुबारे जानकारी दिएका थिए।
कुनै पनि स्थानीय निकायले बेलायतमा नेपाली समुदायका लागि छुट्टै समाधिस्थल उपलब्ध गराएको यो दोश्रो पटक हो। एसअघि हिलिंग्डन गोर्खाज नेप्लिज कम्युनिटीको पहलमा नेपाली/गोर्खा समुदायका लागि छुट्टै समाधिस्थल उपलब्ध गराइएको छ।
नेकपा एमालेकी लुम्बिनी प्रदेशसभा सांसद रेखा शर्मा पक्राउ
पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकलाई पाँच दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति
नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री दीपक खड्का पक्राउ
लामिछाने, श्रेष्ठ र सिंहलाई एनएलडीसी पुरस्कार दिइने
को हुन् बादी समुदायबाट पहिलो मन्त्री बन्न सफल सीता ?
चार भन्ज्याङ तमु समाज यूकेको १६औँ च्यारिटी डिनर नाइट सम्पन्न
मध्यपूर्वमा रहेका नेपालीको समस्याबारे एनआरएनए र वैदेशिक रोजगार व्यवसायी संघबीच छलफल
तमु धीं यूकेको गुडविल एम्बासडरमा कराते खेलाडी एरिका गुरुङ
लन्डनमा एम्बुलेन्समा आगजनी, छानबिन गर्ने बेलायती प्रहरीको भनाइ
गायक तथा सर्जक वसन्त लम्सालको ‘मगर्नीको तीनपाने भाग २’ बजारमा