अल्डरसट । बेलायतमा रेकी दीक्षा सम्पन्न भएको छ।
हिमालयन योगा एन्ड रेकी मेडिटेसन स्टुडियो युकेमा सम्पन्न भएको सो कार्यक्रम बिहान ८ बजे सुरु भई २ बजे समापन भएको थियो । यसपटक रेकी दीक्षा लिनेहरुमा विश्वेश्वर राई, दुर्गा थापा घर्ती, पूजा थापा र गोमा राना थिए ।
दीक्षा ग्रहणपछि अनुभव आदानप्रदान गर्ने क्रममा सबैले शरीर हल्का भएको महसुस हुनुका साथै मनमा आनन्द आएको बताएका थिए । लामो समयसम्म ध्यान आसनमा बस्न सक्ने अनुभव उनीहरुले बताएका थिए ।
योग प्रशिक्षक एवम् रेकी मास्टर नगेन्द्र नेम्बाङ्गले दीक्षा पछि रेकीको उत्पति र इतिहास रेकीको प्रणेता डा. मिकाउ उसुइ, डा. योगी विकाशानन्द गुरुमा कमलेस्वरीको परिचय गराउँदै रेकीबाट शारिरिक तथा मानसिक रोगलाई उपचार गर्ने विधि हिलिङ गर्ने तरिका, रेकीबाट हुने फाइदाहरु प्रस्ट्याएका थिए ।
रेकी हिलरहरुलाई रेकी प्रथमको प्रमाण पत्र पनि हिमालयन योगा एन्ड रेकी मेडिटेसन स्टुडियो युकेले प्रदान गरेको थियो ।
६ वर्षे एमबीबीएसको पूर्ण छात्रवृत्तिका लागि एनआरएनएद्वारा आवेदन आह्वान
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
बेलायत पठाउने भन्दै ५२ लाख ठगी गर्ने पोखराका बराइली पक्राउ
एनआरएनएका अधिकार कार्यान्वयनका लागि सरकार सकारात्मक छः मन्त्री इङ्नाम
अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा बिबिसीविरुद्ध १० अर्ब डलरको मुद्दा
अस्ट्रेलियाको एडिलेड विश्वविद्यालयले दियो नेपाली युवा श्यामसुन्दर श्रेष्ठलाई ‘ब्राइट स्पार्क अवार्ड’
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने
नेपाल सरकार र जेनजी प्रतिनिधिबीचको सम्झौता मन्त्रिपरिषद् बैठकबाट अनुमोदन
बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुन्छ : बीसीसी
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक